×

NMB BANK
NIC ASIA

मन्त्री केसीद्वारा ऐन नहेरी कार्यविधि बनाएको स्वीकार, एकीकृत कार्यविधि बनाउने प्रतिबद्धता

असार ५, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले धमाधम कार्यविधि बनाउँदा विनियोजन ऐनमा ध्यान दिन नसकिएको स्वीकार गरेकी छिन् । उनले मनलाग्दी ढंगले कार्यविधि निर्माण गरेको खुलासा लोकान्तरले गरेको थियो ।

Muktinath Bank

‘हामीलाई शुरूमै मुख्यमन्त्री, मुख्यसचिव, अर्थसचिव लगायतले कार्यविधि निर्माण गर्न र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका थिए,’ मन्त्री केसीले प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बोलाएको छलफल कार्यक्रममा भनिन्, ‘त्यही आधारमा बढीभन्दा बढी जनताको काम गर्ने हुटहुटीका कारण ऐन हेर्न पाएनौं, अब आगामी दिनमा हामी त्यो भूल सुधार गर्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफूहरूको नियत सफा भएको दाबी गर्दै मानवीय त्रुटि, अध्ययनको कमीका कारण यस्तो भएको बुझ्न समितिलाई आग्रह गरिन् ।


Advertisment
Nabil box
Kumari

त्यसअघि समितिका सदस्य जीवनबहादुर शाहीले सरकारले मनलाग्दी कार्यविधि बनाउँदा गलत थिति बस्ने भन्दै मन्त्रीको जवाफ मागेका थिए ।

Vianet communication

‘हामीले मन्त्रालयले बनाएका कार्यविधिहरू कानूनसम्मत नभएको पाएका छौं । विधि प्रक्रियासहित मात्रै सरकार अघि बढ्नुपर्छ, सरकारले मनलाग्दी गर्न पाइँदैन, सिमित कार्यविधि मात्रै बनाउनु पर्नेमा ४८ वटा कार्यविधि बनाइएको छ,’ उनले भने ।

अर्का सदस्य धर्मराज रेग्मीले मन्त्रालयले कानूनको कारखाना खोल्न थालेको हो कि भन्ने प्रश्न गरे । ‘हामी संसदहरू तपाईंहरूलाई आवश्यक कानून बनाउनका लागि तयार छौं । हामी खाली नै छौं,’ उनले भने, ‘नियममा नटेकेर जथाभावी कानूनको कारखाना नबनाउनुस् ।’ 

उनले अब डोल्पाका नागरिकले पनि सरकारले कानून बनाएको थाहा पाउनुपर्ने बताए ।

‘हामीले सुनेका छौं, कानूनको अज्ञानता क्षम्य हुँदैन । कानून थाहा पाएन भनेर कोही कसैले व्यक्ति हत्या गर्ने छूट लोकतन्त्रमा हुँदैन, किनकी कानूनको ज्ञान सहजै राज्यले नागरिकसँग पुर्‍याउनुपर्छ,’ उनले भने, ‘तर तपाईहरूले भने कानूनको बारेमा राजपत्रको प्रयोग नै गर्नुभएको पाइएन । अवैध तरिकाले सरकार चलाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

उनले सदनमा कार्यविधि निर्माणबारे आवाज उठाए पनि सरकारले नसुनेका कारण समितिमै बोलाउनुपरेको बताए । ‘शुरूमा नयाँ संरचना भएका कारण हामीले छूट दिएका हौं, अब तपाईंहरू हामीलाई विधेयक ल्याउनुस्, के समस्या पर्छ हामी वैधानिक रूपमा काम गर्न ऐन बनाइदिन्छौं ।’

सांसद चन्द्रबहादुर शाहीले सरकारले सदनलाई चिया चौतारीमा गफ गर्ने थलोको रूपमा लिएको बताए । उनले लोकतन्त्र विधिको शासन भएको बताउँदै मनपरितन्त्र स्वीकार नहुने बताए । सांसद देवी वलीले कथा सुनाइन् ।

‘एक महर्षिले २ जनालाई जमिन दिने सोच बनाए । उनले ती दुवै जनालाई जो जति जमिन छुन्छ, त्यति जमिन उसैलाई दिने भनेपछि ती दुवै जना दौडिए । एक जना विस्तारै ज्यान जोखिममा नराखेर दौडियो, अर्को ज्यान जोखिममा हालेर दौडियो । विस्तारै दौडिनेले जमिन पायो भने तीव्र दौडिनेको ज्यान गयो,’ उनले भनिन्, ‘मन्त्री केसीलाई पनि यस्तै बढीभन्दा बढी काम गर्ने हुटहुटी होला । कानूनसम्मत काम नगरेको खण्डमा भोलि समस्या आउन सक्छ । आजै कार्यविधि अवैध बनेर आइसकेका छन् ।’

उनले कानूनविपरीत बढ्न नहुने धारणा राखिन् ।

सांसद विन्दमान विष्ट, मिनासिंह रखालले पनि सरकारले मनपरी ढंगबाट नियम मिचेर कानून बनाउन नहुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x