×

NMB BANK
NIC ASIA

एकाबिहानै एक अबोध बालिकाले सोधिन् – स्कूल कहिले खुल्छ अंकल ? मसँग यकिन मिति सहितको सत्य जवाफ थिएन । मैले जवाफ दिए – बन्दाबन्दी खुलेपछि ।

Muktinath Bank

भारतबाट आएर क्वारेन्टीनमा बसेका एक व्यक्तिले चिन्ता प्रकट गरे – परिवार कसरी पाल्ने होला ? भारतमा ज्याला–मजदुरीको काम पनि छोडेर आउनुपरेको छ । अब त हामी मर्ने भयौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक जना अभिभावकले आफ्नो फेसबूकमा स्टेटस लेखे, ‘जे परे पर्ला, बरु १ वर्ष ढिलो होला । म त आफ्ना छोराछोरीलाई स्कूल पठाउदिनँ, मलाई आफ्नो छोराछोरीलाई कोरोना संक्रमित बनाउनु छैन ।’


Advertisment
Nabil box
Kumari

यी प्रतिनिधिमूलक भनाइ मैले प्रत्यक्ष सुनेका र देखेका हुन् । यतिबेला किसानलाई खेतीपातीको चटारो छ । सरकार, जनप्रतिनिधिलाई क्वारेन्टीन व्यवस्थापनमा भ्याइँनभ्याइँ छ । स्थानीय सरकारको रुपमा रहेका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट बनाउने चटारो छ । कोरोना महामारीका बेला कस्तो खालको नीति तथा कार्यक्रम बनाउने भनेर जनप्रतिनिधिलाई चिन्ताको विषय पनि बनेको छ ।

Vianet communication

कोरोना भाइरस महामारीको विषम परिस्थितिमा सरकार, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी लगायतले के बुझ्न जरुरी छ भने जति–जति बेला विपद्को अवस्था आउँछ, त्यति–त्यति बेला मानव प्राणीको मन विचलित हुन्छ । अब के गरु ? सबै सखाप भयो । कस्तो भाग्य लिएर आएका छौं ? हाम्रै पालामा हुनुपर्ने लगायतका विषयले मानिसलाई सताउने गर्छ । त्यसले गर्दा मान्छेका मनमा बेचैनी हुन्छ । बेचैनी मनले अनेक खालको समस्या निम्त्याइदिन सक्छन् ।

यसपालि बेचैनी बनाउने भाइरसको विपद चाँडै सकिनेवाला पनि देखिँदैन । अहिलेको वर्तमान परिस्थितिमा सबै क्षेत्रलाई तहसनहस बनाएको छ । मैले माथि उल्लेख गरे जस्तै बालबालिका, युवा, महिला, शिक्षक, अभिभावक, ज्येष्ठ नागरिक लगायत अन्य क्षेत्रका व्यक्तिमा पनि भिन्नाभिन्नै कुराले मन भयभीत भई बेचैनी बनाइरहेको उदाहरण प्रशस्तै पाउन सकिन्छ ।

कोरोना महामारीका कारण मुलुक बन्दाबन्दीको अवस्थामा हुँदा अहिले बालबालिकामा स्कूल जान नपाउनुको पीडा छ । किशोरकिशोरीमा आफ्नो भविष्यको चिन्ता छ । अभिभावकलाई आफ्ना सन्तानको भविष्य के हुने हो भन्ने तनाव छ । कृषक, व्यापारी, उद्योगी, युवा लगायतकाले आफ्ना नियमित काम गर्न पाएका छैनन् । यस्तो अवस्थामा आर्थिक संकटदेखि लिएर अन्य सामाजिक समस्या निम्त्याउने खतरा छ । तसर्थ यस्तो अवस्थामा स्थानीय निकायले तपसिल बमोजिम नीति तथा कार्यक्रम बनाउन सके राम्रो हुने देखिन्छ ।

– सर्वसाधारण र उच्च जोखिममा रहेका व्यक्ति तथा समूह जस्तै ज्येष्ठ नागरिक, धेरै खालका स्वास्थ्य समस्या भएका दीर्घरोगी, अग्रपंक्तिमा रहेर सेवा गर्ने व्यक्ति, बालबालिका, वैदेशिक रोजगारबाट फर्केका व्यक्ति तथा परिवारका सदस्य, लैंङ्गिक हिंसा प्रभावित व्यक्ति, अपाङ्गता भएका व्यक्ति (मनोसामाजिक अपाङ्गता भएका व्यक्तिसहित) का लागि कोभिड–१९ को  कारण उत्पन्न तनाव, डर र त्रास कम गर्न र मानसिक स्वास्थ्यको प्रवद्र्धनको लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका सामग्री तयार गर्ने र अन्य कार्यक्रम बनाई समुदायस्तरसम्म पुर्‍याउने ।

– महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अभियान्ता र मिडिया समेतको सहयोग र सहकार्यमा कोरोनाको संक्रमणबाट निको भएका व्यक्तिको सफलताको कथा लगायत अन्य सन्दर्भ सामग्रीको प्रयोग गरेर कोभिड–१९ को कारण सिर्जित सामाजिक विभेदलाई कम गर्ने ।

– स्वास्थ्यका सबै खालका प्रतिकार्य कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सम्बन्धी प्रतिकार्य कार्यक्रम एकीकृत गर्दै लैजाने । कोभिड–१९ को उपचार हुने अस्पताल वा कोभिड–१९ बाट प्रभावित व्यक्तिलाई आवश्यक पर्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवा स्थानीयस्तरको स्वास्थ्य निकायबाट उपलब्ध गराउने । 
– स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि तथा सामाजिक सेवा प्रदायकलाई कार्यशाला गोष्ठी तथा तालिमको आयोजना गरी तनाव व्यवस्थापन, स्वःहेरचाहमा ध्यान दिँदै मानसिक सुस्वास्थ्यको प्रवद्र्धन गर्ने । 

– कोभिड–१९ को संक्रमण पछिको अवस्थामा स्वास्थ्य संस्थाबाट प्राथमिक स्वास्थ्य सेवासँगै प्रदान गरिने मानसिक स्वास्थ्य सेवालाई सुधार गर्दै लैजाने । यसको लागि मानसिक स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मीको तालिम, पुनर्ताजगी तालिम आयोजना गर्ने वा तालिम प्रदायक संस्थामा तालिमको लागि पठाउने । मानसिक बिरामीको लागि औषधिको नियमित आपूर्ति गर्ने । 

– कोभिड–१९ को संक्रमणका कारण विद्यालयमा अध्ययन गर्ने बालबालिका तथा किशोरकिशोरीमा देखापर्ने डर, त्रास, आघात, निराशापन लगायत अन्य खालको मनोसामाजिक समस्यालाई सम्बोधन गर्न मनोसामाजिक सहयोगको क्षेत्रमा शिक्षकको क्षमता अभिवृद्धि गर्ने । साथै अभिभावकको लागि यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई कसरी हेरचाह गर्ने भन्ने सम्बन्धमा मनोशिक्षा प्रदान गर्ने ।

– आत्महत्याको रोकथाम तथा नियन्त्रण गर्ने खालको कार्यक्रम बनाई जनस्तरमा जनचेतना फैलाउने 

– विदेशबाट फर्किएका, रोजगारी गुमाएका युवा, कृषक लगायतका लागि स्वदेशमा नै आयआर्जन गरी आत्मनिर्भर हुने खालको कार्यक्रम बनाई लागू गर्ने ।

– कृषि, उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्रबाट उत्पादित वस्तु तथा सेवालाई स्थानीय तथा राष्ट्रिय स्तरमा सहज खपतका लागि बजारीकरण क्षेत्र विस्तारका कार्यक्रम बनाई सञ्चालन गर्ने । 

उल्लेखित कुरालाई मध्यनजर गरी आगामी नीति तथा कार्यक्रममा स्थानीय तहले समावेश गर्न सके केही हदसम्म विचलित मनलाई सम्बोधन हुने देखिन्छ । यतिबेलाको विचलित मनलाई सम्बोधन गर्न सकेनौं भने समाजमा अझ बढी समस्या निम्तिने देखिन्छ । तसर्थ यसतर्फ समयमा नै सजग अग्रसरता बढाउन आवश्यक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x