×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरको बजेट दुई अर्ब एक करोड: स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र रोजगारी प्राथमिकतामा

असार १०, २०७७

NTC
Premier Steels

 बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि दुई अर्ब एक करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

Muktinath Bank

 उपमेयर एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले बुधबार पस्तुत गरेकाे बजेटमा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत विनियोजन भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान समेतलाई समावेश गर्दै चालु आवभन्दा करिब ११ करोड बढी रकमको बजेट प्रस्तुत गरिएको हो। बुटवल उपमहानगरकाे चालु आवकाे बजेट एक अर्ब ९० करोड छ।


Advertisment
Nabil box
Kumari

 नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ।

Vianet communication

बुटवलले आय तर्फ आन्तरिक स्रोतबाट ४७ करोड १ लाख, राजश्व बाँडफाँडबाट २२ करोड ११ लाख ८२ हजार, ऋणबाट रु ५ करोड र चालू आवको अल्या ३० करोड अनुमान छ।

यस्तै संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष र समपुरक अनुदानबाट  ८५ करोड १० लाख ८५ हजार र प्रदेश सरकारबाट प्राप्त हुने शशर्त, समानीकरण, समपुरक तथा विशेष अनुदानबाट  १२ करोड ४० लाख ८६ हजार आय हुने अनुमान पेश गरिएको छ ।

बुटवलमा सञ्चालनमा रहेका राष्ट्रिय गौरव, प्रदेश गौरव र बुटवलको आफ्नै नगर गौरवका आयोजना र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्दै अधुरा योजनालाई पहिले पूरा गरिने भएको छ।

कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र आर्थिक सामर्थ्य  खुम्चिएकाले बुटवलको बजेटमा पनि त्यसको असर परेको बजेट भाषणमा बताइएको छ। 

‘उद्योग, व्यवसाय र लगानीमा गिरावट आएको छ । होटल, यातायात लगायतका कतिपय सेवा उद्योग व्यवसाय ठप्प प्रायः भएको छ। सिंगो समाज र अर्थतन्त्र पुर्न स्थापना र राहतको पर्खाईमा छन् । रोजगारी गुमेको छ रोजगारीका गन्तव्य फेरिन पुगेको छ। नयाँ रोजगारीका अवसर सिर्जना गर्दै कोभिड १९ लगायतका महामारी तथा विपदको सामना गर्दै, सामाजिक आर्थिक जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्वास्थ्य शिक्षा र खाद्य सुरक्षालाई जोड दिदै रोजगारीका अवसर सृजना गरी स्थानीय सेवालाई प्रभावकारी बनाउनु नै आजको प्रमुख कार्यभार र दायित्व हामीसँग रहेको तथ्यलाई मैले बुझेको छु र आर्थिक वर्ष २०७७÷०७८ को बजेट तर्जुमा गर्दा तिनै विषयलाई समेट्ने प्रयास गरिएको छ,’ बजेट भाषणमा उल्लेख छ।

बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल : खुसी जनता’ रहेको उल्लेख छ। उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसँगै यो आकारको बजेट प्रस्तुत भएको हो । 

प्रस्तुत बजेटमा चालूतर्फ ९७ करोड ४३ लाख ५७ हजार अर्थात् ४८ प्रतिशत, पुँजीगत तर्फ ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीय तर्फ पाँच करोड बजेट विनियोजन अर्थात् २.४८ प्रतिशत रहेको छ ।

अनिवार्य दायित्व, बहुवर्षीय क्रमागत योजना, चालु आवमा कोभिड–१९ का कारण सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयन, मर्मत सम्भार कोष, पूर्वाधार विकास, पूँजीगत भैपरी, वारुणयन्त्र, प्रकोप शैक्षिक विकासजस्ता विभिन्न कोषहरू समेटिएको छ । 

बजेटको प्राथिमकतामा शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सुरक्षा तथा संरक्षण, लैंगिक समानता तथा समावेशीकरण, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, आर्थिक विकास (कृषि पशुपंक्षी सिंचाइ भूमि व्यवस्था) वन वातावरण तथा विपत, खानेपानी तथा सरसफाई एवम् रोजगार, सहकारी, अनुगमन र सूचना प्रविधि शिर्षकका बजेट विनियोजन गरिएको छ । बजेटको धेरै रकम स्वास्थ्य क्षेत्र सुधार र पूर्वाधार विकासमा छ।

‘स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा लगानी बढाइ कोभिड–१९ ले ल्याएको समस्यासँग जुध्नसक्ने सामर्थ्य बढाउने गरी बजेट ल्याएका छौं,’ उपप्रमुख आचार्यले बजेट प्रस्तुत गर्दै बताइन्।

गत वर्षभन्दा यसवर्ष कोरोनाले खोसिएको रोजगारी प्रवद्र्धन गर्ने र खाद्य सुरक्षा ग्यारेन्टी गर्ने क्षेत्रमा धेरै बजेट केन्द्रीत गर्ने गरी बजेट विनियोजन गरेको मेयर शिवराज सुवेदीले बताए।

बुटवलको प्रस्तुत बजेटबाट पूर्वाधार विकासका लागि ३५ करोड ९८ लाख २५ हजार छुट्याइएको छ । यस्तै वन वातावरण, हरियाली प्रवद्र्धन सरसफाई तथा विद् व्यवस्थापन एवम् सूचना प्रविधिका लागि चार करोड ९० लाख बजेट विनियोजन गरिएको छ । यसैगरि वडास्तरीय कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन भएको छ ।

सामाजिक विकास र सामाजिक सुरक्षातर्फ २६ करोड, शिक्षा, युवा तथा खेलकुद र जनस्वास्थ्य २९ करोड ३२ लाख ४२ हजार रुपैयाँ र स्वास्थ्यका लागि चार करोड ४० लाख ५० हजार रकम विनियोजन भएको छ । यस्तै स्थानीय सेवा मानव संसाधन तथा सुशासन प्रवद्र्धन तर्फ २८ करोड २६ लाख, राजस्व प्रशासन सुधार, सार्वजनिक निजी साझेदारी विभाज्य तथा वित्तिय सेवा समेतका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ । 

बजेटका सिद्धान्त र प्राथमिकता 
बजेटले अंगिकार गरेका सिद्धान्तका रुपमा समन्यायिक विकास, लैङ्गिक समानता, समावेशीकरण तथा सामाजिक न्याय, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन र सहिष्णुताको प्रवद्र्धन, सास्कृतिक विविधता बीच एकता, सार्वजनिक निजी तथा सहकारी क्षेत्रको सहभागितामा स्रोतको उच्चतम परिचालनलाई लिइएको छ । 

बजेटका प्राथमिकताका रुपमा आधारभूत शहरी पूर्वाधार विकास, शिक्षा तथा जनस्वास्थ्य, खानेपानी, सरसफाई तथा फोहरमैला व्यवस्थापन, पर्यटन, कृषि, उद्योग, वाणिज्य, सहकारी, श्रम तथा रोजगारी, वातावरण, हरियाली तथा सौन्दर्यकरण रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x