×

NMB BANK
NIC ASIA

बुटवलको बैठौलिया कपरकट्टी ताल आकर्षक गन्तव्य, संरक्षण र व्यवस्थित गर्दै डुंगा सञ्चालन

असार १४, २०७७

NTC
Premier Steels

बुटवल उपमहानगरपालिकामा प्राकृत्तिक सिमसार छ र त्यो विशाल तालका रुपमा विकास गरिएको छ भन्दा धेरैलाई थाहा नहुन सक्छ । बुटवलमै सिमसारसहितको आकर्षक ताल रहेको छ ।

Muktinath Bank

जनप्रतिनिधि आएपछि यसक्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । ताललाई बुटवलको एउटा महत्वपूर्ण स्थलका रुपमा विकास गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल वडा नं. १६ सेमलारमा रहेको बैठौलिया कपरकट्टीताल प्राकृत्तिक सिमसार हो । तर, यो पुरिँदै, मासिँदै र अतिक्रमित हुँदै थियो । जब जनप्रतिनिधि चुनिए त्यसपछि यो सिमसार क्षेत्रको खोजी भयो, संरक्षण भयो, तत्कालै व्यवस्थित गर्न थालियो र अहिले यो अवस्थामा आइपुगेको हो ।


Advertisment
Nabil box
Kumari

‘झाडी, जलकुम्भी झार र माटोले चारैतिरबाट पुरिँदै गएको अवस्थामा थियो’ तालको निरिक्षणमा जाँदाको घटना स्मरण गर्दै प्रमुख शिवराज सुवेदीले ब्यस्त सहरको एउटा सम्भावनाको क्षेत्रका रुपमा शोंच बनाएर संरक्षण र विस्तारका काम एकैपटक सुरु गरेको बताए । उपमहानगरले तालको गुरुयोजना नै बनाएर संरक्षण र विस्तारको काम गरेको हो ।

Vianet communication

नील दहका नामले चिनिने र स्थानीय थारु समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो प्राकृत्तिक ताल क्षेत्र झण्डै सय वर्ष पुरानो मानिन्छ । यो ताल सुरुमा दुई बिघामा खुम्चिएको थियो । अहिले संरक्षण र झण्डै ३० विघामा फैलिएको छ । अतिक्रमणमा परेको क्षेत्रलाई तालमा ल्याइएको छ र त्यहाँको भरिएको गेग्रेटोसहितको माटो निकालिएको छ ।

झण्डै दुई किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको तालको गहिराई करिब सात मिटर जति रहेको छ । सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाउन लागिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । प्रदेश सरकारको सहकार्यमा यहाँ होमस्टेको समेत अवधारणा ल्याइएको उनको भनाइ छ । 

बुटवलले जितगढीलाई केन्द्रमा राखेर बुटवलका सबै पर्यटकीय र पर्यावरणीय क्षेत्र समेटिएको पर्यटन सर्किट बनाएको छ । बुटवल चक्रपथसंगै यो सर्किटमा साइकल लेन, पदमार्गको समेत अलग अलग अवधारणाका साथ काम भइरहेको छ । तल्लो सिद्धबाबा नजिकै झोलुङ्गे पुल निर्माण गरेर वारीपारीका पार्कहरुलाई जोड्ने, पार्कमा खुला व्यायामशाला निर्माण गर्नेसम्मका योजना तय भएका छन् । बुटवलका पर्यटकीय क्षेत्रका रुपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाएको छ । तालमा सञ्चालन गरिएको डुंगाको गत फागुनमा मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x