भलिबलको मुख्य प्रशिक्षकमा सिंह

राष्ट्रिय खेलकुद परिषद्ले भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंहलाई नियुक्त गरेको छ। 

असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरितपत्रमा उल्लेख छ । भलिबल नेपालको राष्ट्रिय खेल हो।


Advertisement

उनी जिल्ला खेलकूद विकास समिति काठमाडौँमा भलिबल प्रशिक्षकका रुपमा कार्यरत थिए।  २०५२ मा सिंहले सहायक प्रशिक्षकका रुपमा आफ्नो जागिर शुरु गरेका थिए। २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका उनी यसअघि सलिना श्रेष्ठ भलिबलको मुख्य प्रशिक्षक थिए। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्