पुस ३, २०८०
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
असार १९, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद दिनानुदिन उत्कर्षमा पुगिरहेको छ । विवाद समाधानकै निम्ति भनेर राखिएको पाचौं स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन मानिरहेका छैनन् ।
बिहीवार स्थायी कमिटी बैठक चल्दा चल्दै मन्त्रिपरिषद बैठकमार्फत ओलीले संसदको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गराए । संसद अधिवेशन अन्त्य गरिएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' माधव कुमार नेपाल समूहका नेताहरू थप सशंकित बनेका छन् ।
कतिपय नेताहरूले ओलीले पुनः अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने प्रयास गर्न सक्ने समेत आशंका गरेका छन् । यही प्रसङ्गमा रहेर लोकान्तरकर्मी ईश्वर अर्यालले नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालसँग संक्षिप्त कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
नेकपामा संकट आयो भन्ने छ, खासमा के हो यो संकट भनेको ?
पार्टीलाई संस्थागत ढंगले संचालन नगर्ने प्रवृत्ति नेकपामा संकट बनेर आएको हो । संस्थालाई प्रधान नमानेर व्यक्तिलाई प्रधान मान्ने प्रवृत्ति हाबी हुनु नै संकट हो । खास गरिकन अध्यक्ष तथा प्रधानमन्त्री पार्टीको मातहतमा रहन चाहनु भएन । मन्त्रिपरिषद्मा पनि त्यस्तै छ भन्ने सुनिन्छ । मन्त्रीहरू जान नपाउँदै उहाँले संसद अधिवेशन अधिवेशन अन्त्यको निर्णय गराएर राष्ट्रपति कहाँ द्रूत मार्गमा पठाउनुभयो । ओलीका गतिविधिले पार्टीभित्र संकट निम्तिएको हो ।
संकटको पृष्ठभूमि त होला नि ?
यसको पृष्ठभूमि त लामो छ । संकटका भ्रूणहरू पहिलेदेखि नै देखिएका थिए । सरकार बन्दादेखि सरकारमा संकट आयो भने पार्टी एकता हुँदाका दिनदेखि पार्टीमा संकट आएको हो ।
पूर्व एमालेमा मन्त्री बनाउँदा पार्टीमा संस्थागत निर्णय गर्ने चलन थियो । अहिले ओलीका खल्तीबाट मन्त्रीहरू बनेका छन् । अहिले मन्त्रीहरू प्रधानमन्त्रीको निगाहमा बनेजस्तो भयो । मन्त्री राख्ने फाल्ने व्यक्तिगत निर्णयकै आधारमा भएको छ ।
पार्टीमा संकट कसरी आयो भन्ने कुरामा केही उदाहरण दिन्छु जस्तै तत्कालीन एमालेको स्थायी कमिटीले ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई केन्द्रीय कमिटीमा नेता थप्ने जिम्मेवारी दिइएको थियो । ४५ जना थप्नुपर्ने थियो, २ जना बसेर सूची बनाउनु भयो । त्यो बीचमा माधवकुमार नेपाल विदेश जानुभयो । अनि ओलीले मापदण्ड नै नपुगेकाहरूलाई गोजीबाट टिपेर ल्याउनुभयो । पहिले तय गरेका मान्छेहरूलाई हटाउनुभयो र आफूखुसी थप्नुभयो । एकताको कमिटी बन्दा खेरिको कुरा हो ।
स्थायी कमिटी सदस्य हुनका निम्ति पोलिट ब्यूरो सदस्य हुनुपर्ने मापदण्ड थियो विधानमा । ओलीले एकपटक पनि पोलिट ब्यूरो सदस्य नबनेका रघुवीर महासेठलाई ल्याएर राख्नुभयो ।
यसरी मापदण्ड नपुगेका मान्छे ल्याउने, विधान तोड्ने कामको थालनी प्रारम्भदेखि नै भयो ।
दोस्रो कार्यविभाजनमा एक व्यक्ति एक पद लेखिएको छ र आवश्यकताअनुसार सहायक जिम्मेवारी दिन सक्ने भन्ने छ । तर ओलीले आफू निकटका साथीहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने । आफूनिकट नरहेका साथीहरूलाई कुनै पनि जिम्मेवारी नदिने खालको प्रवृत्ति देखाउनु भयो । शंकर पोखरेललाई मुख्यमन्त्री र प्रदेश इन्चार्ज बनाइयो भने युवराज ज्ञवालीलाई केही पनि दिइएन । संकटका ठूला ठूला पृष्ठभूमि यिनै हुन् ।
पार्टीभित्र आएको संकटमा तपाईंहरूले अध्यक्ष ओलीलाई मात्र जिम्मेवार देख्नुभयो, खासमा प्रचण्ड पनि उत्तिकै जिम्मेवार होइनन् र ?
प्रचण्ड त्यति धेरै जिम्मेवार हुनुहुन्न । किन भने दुईवटै अध्यक्षमध्ये ओलीले म पहिलो हो भनेर भनिसक्नु भएको छ । विधानले दुईवटै अध्यक्षलाई बराबर रूपमा चिन्छ ।
पछि प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने भन्ने सहमति भयो । त्यो कार्यकारी भन्ने कुरा नै गलत कुरा हो भनेर मैले भनेको थिए । हाम्रो विधानमा कार्यकारी अध्यक्ष भन्ने छैन । दुवै अध्यक्ष हो, दुवै बराबरी हो ।
कार्यकारी अध्यक्ष भनिए पनि निर्णय कार्यान्वयन भएन । उहाँलाई कार्यवाहक दिए जस्तो भयो । आफू नहुँदा कार्यवाहक चलाउने जस्तो देखियो ।
ओली उपचारका लागि सिंगापुर जाँदा यहाँ प्रचण्डको हस्ताक्षरमा एउटा अन्तरपार्टी निर्देशन जारी भयो । त्यसमा ओली असन्तुष्ट हुनुभयो । आफूलाई एक नम्बरमा राखेपछि सबैभन्दा ठूलो जिम्मेवारी त उहाँले नै लिनुपर्ने हुन्छ ।
बैठकका नाममा बालुवाटारमा भद्रगोल वातावरण देखिएको छ त्यो किन ? यता स्थायी कमिटी, उता क्याविनेट बैठक छ, कतिपय नेताहरूलाई के हुँदैछ भनेर थाहा नहुने अवस्था कसरी आयो ?
बिहीवार बिहान नै १२ बजे मन्त्रिपरिषद बैठक राखियो भनेपछि प्रचण्डले ओलीलाई फोन गर्नुभयो । फोन गरेर यता पार्टीको बैठक छ, तपाईंले क्याबिनेट राख्नुभएको रैछ । के छ विषय भनेर सोध्नुभयो ।
ओलीले संसद अन्त्य गर्ने विषय हो भनेर भन्नुभयो । प्रचण्डले यस्तो किन गर्न लाग्नुभयो रु २२ गते बस्ने भनेर भनेको छ प्रतिनिधिसभा बैठक छ । सबै कुरा छोडेर संसद अधिवेशन अन्त्य गर्न लाग्नुभयो । उहाँले नियत नै गलत राखेर यो सबै कुराहरू गरिरहनु भएको छ ।
प्रधानमन्त्री ओलीको कदम गलत छ भने त्यसको प्रतिवाद गर्ने रणनीति के छ तपाईंहरूसँग ?
हामीले त शुरूदेखि नै भन्दै आएका छौं कि पार्टीलाई मापदण्डअनुसार चलाइयोस् । अहिले जसरी अघि बढिरहेको छ, यो कम्युनिस्ट चरित्र भएन भनेर भनेका छौं । अहिले पनि हामीले उहाँलाई तपाईंले पार्टी निर्णय मान्छु भनेर आउनुस् । के निर्णय गर्ने कस्तो निर्णय गर्ने भनेर सबै बसेर गरौँ । हाम्रो कुरा सुन्न पनि तयार हुनुभएन ।
उहाँले हाम्रो कुरै नसुनेपछि हामीले औपचारिक बैठकमा कुरा उठाउने हो, उठाएका छौं ।
संसद अधिवेशन अन्त्य गर्ने सरकारको नियमित प्रक्रियाप्रति किन आशंका गरेर आतंकित बन्नुभयो ?
संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत शासन गर्न सकिन्छ कि भन्ने उहाँको नियत हो । उहाँले पहिला अध्यादेश ल्याउनुभएको पनि आफ्नै पार्टी फुटाउनकै लागि हो । त्यसमा सबै कुरा क्लीयर छ ।
पार्टी विभाजनका लागि दुवैतिर अंक गणित पुर्याउन सक्नुभएन । एकातिर पुर्याउन सके पार्टी फोड्न सकिन्छ कि भन्ने उहाँको नियत थियो । अहिले पनि त्यही नियत छ । उहाँले यसअघि पनि बैठकको सामना गर्न सकिन्न भनेर स्थगित गर्नुभएको थियो । पछि बैठक बोलाउन तयार त हुनुभयो तर कुरा सुन्न तयार हुनुभएन । पार्टी विभाजन गरेर अघि जाने उहाँको चाहना बेलाबेलामा प्रकट हुने गरेको छ ।
पार्टीको विवाद राष्ट्रपतिसमक्ष पुर्याएर सम्मानित संस्थालाई विवादमा ल्याउन खोजेको भन्ने पनि टिप्पणी भइरहेको छ नि ?
राष्ट्रपति कहाँ प्रचण्ड गएको त राष्ट्रपतिलाई गुहार्न होइन । उहाँलाई अध्यादेश आउने स्थितिमा रोक्नुपर्यो भन्न जानुभएको हो । हतारमा अध्यादेश जारी नगर्नुस् भन्न जानुभएको हो । हामीले सचिवालयका सदस्यहरूलाई कुरा गर्नुस भनेर भनेका थियौं । उहाँ एक्लै जानुभएको होइन । हाम्रो कुरा भन्न जानुभएको हो ।
पार्टी एकताताका दुई अध्यक्षले पूर्व समूहको प्रतिनिधित्व गर्ने भन्ने स्पिरिट थिएन र ?
पूर्व समूहलाई बचाइराख्ने हाम्रो स्पिरिट होइन । स्वभावैले एकता गर्दा दुई पूर्व पार्टीका प्रतिनिधित्वहरू हुन्छन् । तर एकता भइसकेपछि पार्टीमा पूर्व पार्टी रहिरहन्छ भन्ने हुँदैन । महाधिवेशनसम्मका लागि एक जना प्रधानमन्त्री हुने र एकजना प्रधानमन्त्री हुन्छ भनेर गएको भए पनि हुन्थ्यो । तर त्यहाँ चाहिँ दुवै अध्यक्ष हुने र एकजना प्रधानमन्त्री हुने भन्ने सहमति भयो ।
दुवै अध्यक्ष बस्ने, र सरकार आलोपालो गर्ने जेठ २ को सहमतिमा हस्ताक्षर गरेर प्रचण्डले पनि गल्ती गर्नुभएको छ । यो संस्थाको नियमअनुसार चल्ने कुरा हो । सबै व्यक्तिगत सहमति र समझदारी पार्टीमा मान्य हुनुपर्छ भन्ने छैन ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...