×

NMB BANK
NIC ASIA

सन्दर्भ : प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्रीमा परिपक्वता देखिएन, १०० मा ३२ अंक पनि दिन्नँ– जयराज आचार्य [अन्तर्वार्ता]

काठमाडाैं | जेठ २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ ।

Muktinath Bank

‘हाम्रो अपेक्षा, प्राथमिकता तथा एजेन्डा के थियो भन्ने प्रश्नमा प्रधानमन्त्रीको भारत भ्रमणलाई हेर्नुपर्छ,’ उनले भने, ‘भैरहवामा नेपालगञ्ज रुटबाट उडान अनुमति, पर्यटन विस्तारका लागि वनारस–पोखरा–मुक्तिनाथ उडानजस्ता विषय प्राथमिकतामै परेन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको ईपीजी प्रतिवेदनबारे कुरा नउठ्नुले पनि भ्रमण फलदायी भयो भन्ने अवस्था नदेखिने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘भारतसँग पेट्रोलियम लाइन विस्तारको कुराले झन् परनिर्भरता बढाउने काम गर्‍यो,’ उनी थप्छन्, ‘दूरगामी नेतृत्व हो भने १० वर्षभित्र पेट्रोल शून्य देश बनाउनुपर्ने हो, यहाँ त विद्युत् बेचेर पेट्रोल लाइन विस्तार गर्ने विषयमा सहमति भयो ।’ 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीलाई राज्यमन्त्रीले स्वागत गर्ने विषयलाई उनले ‘असन्तुलित प्रोटोकल’को संज्ञा दिएका छन् । ‘यो घट्दै गएको राजनीतिक र कूटनीटिक क्षमता प्रदर्शन हो,’ आचार्यले भने ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा संयुक्त प्रेस विज्ञप्ति आउनुपर्नेमा वक्तव्य मात्रै आएको प्रति पनि उनी सन्तुष्ट देखिएनन् ।

‘दुई देशका शीर्ष व्यक्तिबीच भेट हुँदा वक्तव्य मात्रै आउनु दुःखद् कुरा हो,’ आचार्यले भने, ‘यो क्रमले पछिल्लो समय निरन्तरता पाएको छ ।’ 

उनले कालापानी र लिपुलेकको विवाद समाधान गर्ने विषयमा सरकारसँग स्पष्ट एजेन्डा नभएको पनि बताए । ‘यो क्षेत्र शत् प्रतिशत नेपालको भूमि हो । त्यो भूमि छाड्ने कुरै हुँदैन । तर, नेपालले कुनै हालतमा फिर्ता लिन सक्ने अवस्था पनि देखिन्न,’ उनी भन्छन्, ‘जमिनै काटेर दिने हो कि के हो ? त्यसरी दिने सम्भावना पनि छैन । धेरै दिए भने निर्बाध रूपमा बाटो प्रयोग गर्न दिए राम्रो हुन्थ्यो । प्रधानमन्त्री यसमा नै स्पष्ट भएनन् जस्तो लाग्छ ।’

नेपालको पानीमा मात्रै भारतको रुचि रहेको उनको भनाइ छ ।

‘माथिल्लो कर्णालीजस्ता आयोजना हडपेर राख्ने मात्रै रणनीति हो,’ उनी भन्छन्, ‘बिजुली उत्पादनमा गर्ने भारतको रुचि थियो भने पञ्चेश्वर आजसम्म किन बनेन ?’

भरतसँग अहिले भएका सम्झौता कार्यान्वयन हुनेमा समेत उनले आशंका व्यक्त गरे । उनले प्रचण्डको भारत भ्रमणलाई पास मार्क्स पनि दिएनन् ।

‘प्रधानमन्त्री प्रचण्डमा सतप्रतिशत राजनीतिक अपरिपक्वता देखियो । म प्रोफेसर पनि भएको नाताले १०० मा ३२ अंक पनि दिन्नँ, उहाँ फेल हुनुभयो,’ उनले भनेका छन् ।

प्रचण्डले भारतमा लगाएको गेरुबस्त्र, प्रधानमन्त्री पुत्रीसहित भ्रमण दलका सदस्यले देखाएको गैरकूटनीतिक व्यवहार तथा भारतले थप बिजुली किन्ने भनी गरेको घोषणाका सम्बन्धमा पनि आचार्यले टिप्पणी गरेका छन् । 

प्रस्तुत छ, प्रा.डा. आचार्यसँग लोकान्तरका लागि ऋषि खतिवडा र विश्वास खनालले गरेको कुराकानीको सम्पादित अंश (भिडियोमा) :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x