×

NIC ASIA

हस्तान्तरण नहुँदै वडा कार्यालय भत्किन थालेपछि अख्तियारले छानविन गर्ने

असार २२, २०७७

Prabhu Bank
NTC
Premier Steels

कैलालीको कैलारी गाउँपालिका वडा नं. ७ मा ५ वर्ष लगाएर निर्माण भएको सरकारी भवन हस्तान्तरण नहुँदै भत्किन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भएको छ ।

लोकान्तर डटकममा ‘विकासको विद्रूप नमूना : ५ वर्षमा बनेको भवन हस्तान्तरण नहुँदै टुटफुट, १ वर्षदेखि अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि आयोगको कञ्चनपुर कार्यालयले छानविन गर्ने भएको हो ।
आयोगको कञ्चनपुर कार्यालयका निमित्त  प्रमुख महेश पाण्डेयले प्रकाशित समाचारलाई उजुरी कायम गरी छानविन गर्ने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साविक रतनपुर गाविस कार्यालयका लागि पटक–पटक म्याद थप गरेर बनाइएको सभा हल, प्रशासन कक्ष, पदाधिकारी कक्ष, अट्याच बाथरुम सहितको नयाँ भवन प्रयोगमा नआउँदै ठाउँ–ठाउँमा चिरा परेको छ । भवनको पिल्लर समेत भाँसिएर भत्किन थालेको छ । साविक गाविस कार्यालय प्रयोजनको लागि बनेको सो भवन हाल सो गाउँपालिकाको ७ नम्बर वडा कार्यालयको लागि प्रगोग गर्ने बताइएको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा साविक रतनपुर गाविस कार्यालयको लागि निर्मित भवन निर्माणमा प्रयोग भएको कमसल सामग्री र कमजोर इस्टिमेटले गर्दा गुणस्तरहीन बनेको स्थानीयको गुनासो छ । हस्तान्तरण हुन नपाउँदै भत्किन थालेपछि भवन निर्माणमा आर्थिक अनियमिता भएको आशंका गरिएको छ ।

Vianet communication

कैलारी गाउँपालिकाबाट प्राप्त जानकारी अनुसार साविक रतनपुर गाविस कार्यालयको लागि साविक जिल्ला प्राविधिक कार्यालय तथा जिल्ला विकास समिति र काफली कन्ट्रक्सन अमरगढी नगरपालिका–५ डडेल्धुराबीच भवन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । २०७२ असार २७ गते ३१ लाख १५ हजार १६ रुपैयाँमा १ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो तर भवन पटक–पटक म्याद थप गरेर बनाइएको छ । अन्तिम पटक २०७६ जेठ मसान्त पनि म्याद थप गरेको पाइएको छ ।

संघीयता कार्यान्वयनसँगै जिल्ला प्राविधिक कार्यालय कैलाली खारेज भएपछि जिल्ला प्राविधिक कार्यालय कैलालीबाट भवनको दायित्व सहितको स्वामित्व हस्तान्तरण भएको कैलारी गाउँपालिकाले २०७५ असोज ५ गतेदेखि २०७६ जेठ मसान्त पनि म्याद थप गरेको पाइएको छ तर थपिएको म्याद सकिएको १ वर्षसम्म पनि भवन अलपत्र नै रहेको छ ।

पढ्नुहोस् यो पनि :


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x