×

NMB BANK
NIC ASIA

निकृष्टताको हद पार गर्दै भारतीय मिडिया : कानूनी उपचार खोज्न किन ढिला गर्ने ?

असार २५, २०७७

NTC
Premier Steels

लिम्पियाधुरासम्मकै भूभाग नेपालको भएको ऐतिहासिक प्रमाणसहित नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विषवमन गर्न थालेका छन् ।

Muktinath Bank

चीनको उक्साहटमा आएर ओलीले यो कदम चालेको भन्ने झूटो तथा काल्पनिक खबर तथा विश्लेषणहरू भारतका अंग्रेजी तथा हिन्दी मिडियाहरूमा बग्रेल्ती आए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक जोड्नका लागि भारतले बनाएको सडकमा नेपालले आपत्ति जनाउनु अर्काको उक्साहटमा आएर उठाएको कदम भनी गैरजिम्मेवार अभिव्यक्ति दिएपछि भारतीय मिडियाले मसला पाएको हो ।


Advertisment
Nabil box
Kumari

भारतीय टेलिभिजन च्यानलका सबभन्दा कुख्यात प्रस्तोता अर्णव गोस्वामीले नक्सा प्रकरणमा चीनको इशारामा नेपाल चलिरहेको भन्ने अपमानजनक संकथनलाई जबर्जस्ती स्थापित गर्नका लागि लगातार रिपोर्टहरू प्रसारण गरिरहेका छन् । नेपाली विज्ञहरूलाई आफ्नो कार्यक्रममा बोलाएर उनले अपमानजनक ढंगले नेपाल अहिले चीनको कठपुतली बनिरहेको बताइरहे ।

Vianet communication

त्यसभन्दा पनि एक कदम अघि बढेर जी न्युज नामक भारतीय टीभी च्यानलले प्रधानमन्त्री ओलीका विषयमा अत्यन्तै अपमानजनक तथा मानमर्दन गर्ने किसिमको रिपोर्ट प्रसारण गरेको छ ।

प्रधानमन्त्री ओली चिनियाँ राजदूत होउ याङ्छीको 'हनी ट्र्याप'मा परेको र ओलीको आपत्तिजनक भिडियो चिनियाँसँग रहेको भनी आधारहीन तथा कपोलकल्पित रिपोर्ट जी न्युजले प्रसारण गरेको छ ।

जी न्युजका यस्ता दुईवटा भिडियो रिपोर्टहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । अर्को रिपोर्टमा चिनियाँ राजदूतलाई विषकन्या नाम दिएर ओली उनको पासोमा परेको झूटो दाबी गरिएको छ ।

प्रधानमन्त्री ओली र राजदूत यान्छीको कपोलकल्पित संवाद तयार पारी ओली याङ्छीसँग झूटो प्रेमजालमा फसेको दाबी पनि उक्त आपत्तिजनक भिडियोमा गरिएको छ ।

जी न्युजका यी रिपोर्टहरू सामाजिक सञ्जालमा आएका हावादारी पोस्टमा आधारित छन् । मेजर गौरव आर्य नामक भारतीय सेनाका एक रिटायर्ड सैनिक अधिकृतले अंग्रेजी भाषामा ओलीको मानमर्दन हुने गरी हनी ट्य्रापको षड्यन्त्र सिद्धान्त अघि सारेका थिए । त्यस्तै किसिमका अन्य पोस्टहरू पत्रकार रवीश कुमारको भाषामा भन्नुपर्दा भारतको 'ह्वाट्सयाप विश्वविद्यालय' बाट उत्पादन भएर सामाजिक सञ्जालमा वितरण गरिएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूतप्रतिको आक्रमण शुरू गर्ने श्रेय द प्रिन्ट नामक अनलाइन पत्रिकाकी राष्ट्रिय तथा रणनीतिक मामिला सम्पादक ज्योति मल्होत्रालाई जान्छ ।

द प्रिन्टमा जुन २ मा प्रकाशित एक विश्लेषणमा मल्होत्राले लेखिन्, 'होउको कामको महत्त्वपूर्ण पाटो भनेको नेपाललाई भारतको सभ्यतागत आलिंगनबाट मुक्त गरेर बेइजिङतर्फ आकर्षित गर्ने हो र उनी त्यसमा सफल पनि भइरहेकी छन् ।'

केही समयअघि नेकपामा केपी ओलीलाई संकट पर्दा होउले अन्य नेताहरूसँग भेटघाट गरेर संकटमोचन गरिदिएको र त्यही आड पाएर ओलीले नयाँ नक्सा जारी गर्ने तथा भारतको राष्ट्रिय चिह्न अशोक चक्रलाई अपमान गर्ने हिम्मत जुटाएका हुन् भनेर भारतीय पत्रकारहरूले व्याख्या गरिरहेका छन् ।

ओलीलाई सत्ताच्युत हुनबाट बचाउने पात्रका रूपमा स्थापित गरेर राजदूत होउप्रति नेपालीहरूमा घृणाभाव जगाउन तथा त्यसैक्रममा ओलीप्रति पनि विरक्ति उत्पन्न गराउन भारतीय संस्थापन पक्षको आड पाएको मिडियाले ‘मिथ्या सूचना अभियान’ (डिसइन्फर्मेसन क्याम्पेन) चलाएको स्पष्ट छ ।

सन् १९२३ मा सोभियत रुसमा तत्कालीन शासक जोसेफ स्टालिनले डिसइन्फर्मेसन क्याम्पेन शुरू गरेदेखि थुप्रै मुलुकले विदेशी राष्ट्रप्रमुख तथा राष्ट्रविरुद्ध घृणा जन्माउनका लागि झूटो प्रचारबाजी गर्ने रणनीति अपनाउन थालेका हुन् । निकै पछि अमेरिकाले लिबियाका राष्ट्रपति मुअम्मार गद्दाफीका विरुद्ध यस्तो अभियान चलाएको पाइन्छ ।

भारतीय संस्थापन पक्षको आवाज जस्ताको त्यस्तै प्रकाशन प्रसारण गर्ने मूलधारे सञ्चारमाध्यमहरू डिसइन्फर्मेसन क्याम्पेनका संवाहक बनेका छन् । सत्यतथ्य सूचना प्रवाह गर्ने भन्दा पनि संस्थापन पक्षइतरका सबै व्यक्तिको बेइज्जती तथा मानहानि गर्न उद्यत हुने मूलधारे सञ्चारमाध्यमको पहिचान नै बनिसकेको छ ।

सरकारका क्रियाकलापलाई आलोचनात्मक ढंगले विश्लेषण गर्ने द वायर, स्क्रोल, एनडीटीभीलगायतका सञ्चारमाध्यम पनि भारतमा नभएका हैनन् । ती सञ्चारमाध्यमले नेपालको जायज दाबीलाई पुष्टि गर्ने विश्लेषणहरू प्रकाशित समेत गरेका छन् ।

तर चिच्याईचिच्याई कपोलकल्पित तथ्य पेश गरेर घृणा फैलाउने सञ्चारमाध्यमका स्वरसामु ती दबेर बस्न बाध्य भएका छन् ।

त्यसैले त भारत प्रेस स्वतन्त्रता भएका मुलुकको सूचीमा निकै तल छ । रिपोर्टर्स विदाउट बोर्डर्सले निकालेको सन् २०१९ को प्रेस स्वतन्त्रता भएको मुलुकको सूचीमा कुल १८० देशमा भारत १४०औं स्थानमा छ जुन संसारको सबभन्दा ठूलो लोकतन्त्र कहलिने देशका लागि लाजमर्दो कुरा हो ।

अल्पसंख्यक समुदाय तथा सरकारका आलोचकहरूविरुद्ध सदैव विषवमन गरिरहने भारतका मूलधारे सञ्चारमाध्यमहरू (जनावरको शरीरमा प्रम ओलीको शिर जोड्ने कार्टून लगायत) बढी नै सुरो हुँदै गएर अन्य मुलुकका राष्ट्रप्रमुखको समेत गालीबेइज्जती गर्न उद्यत भएका देखिन्छन् ।

यी विदेशी सरकारप्रमुखको मानमर्दन हुने गरी मिडिया सामग्री बनाएर प्रसारण गर्ने कामले अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन गरेको छ ।

भारत तथा नेपाल दुवै पक्षराष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा २०(२) ले आफ्नो देशका मात्र नभई कुनै पनि देशको नागरिकप्रति घृणा उत्पन्न हुने कुनै पनि अभिव्यक्ति दिनबाट रोक लगाएको छ ।

भारतकै दण्डसंहिता (इन्डियन पिनल कोड) को धारा ४९९ मा मानहानिका विरुद्ध दण्डको व्यवस्था गरिएको छ । कुनै पनि व्यक्ति, समूह, सरकार, धर्म वा राष्ट्रको प्रतिष्ठालाई हानि पुर्‍याउने असत्य कथनलाई मानहानि पनि परिभाषित गरिएको छ । मानिसहरूले आधारहीन आलोचना नगरून् भन्नका खातिर यसको व्यवस्था गरिएको छ ।

यो प्रावधान भारतीय नागरिकको हकमा मात्र लागू नभई संसारका जोकोहीको पनि सन्दर्भमा लागू हुन्छ ।

भारतको उत्तराञ्चल विश्वविद्यालयबाट संवैधानिक कानूनमा स्नातकोत्तर गरी हाल जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा इजलास अधिकृत रहेका जीवेश झाका अनुसार, यस कानूनमा टेकेर भारतमा बस्ने कुनै नेपालीले मुद्दा दायर गरेमा भारतको अदालतले यसमा सुनुवाइ गर्छ ।

'दलीय स्वार्थभन्दा माथि उठेको भारतको सर्वोच्च अदालतले घृणास्पद अभिव्यक्ति तथा मानहानिविरुद्ध सशक्त नजिरहरू स्थापित गरेको छ, त्यसैले आपत्तिजनक टीभी सामग्रीविरुद्ध त्यहाँ मुद्दा दायर गरेमा न्याय पाइने सम्भावना रहन्छ,' उनले भने ।

जी न्युजले प्रधानमन्त्री ओली र चिनियाँ राजदूतका विषयमा प्रसारण गरेको सामग्री सरासर झूटो र प्रमाणरहित विषय भएको स्पष्ट छ । त्यसैले यसमा भारतीय दण्ड संहिताको धारा ४९९ आकर्षण हुने पक्का छ ।

भारतीय सञ्चारमाध्यमले दुई देशबीचको सम्बन्धमा खलल पुर्‍याउने किसिमका सामग्री लगातार प्रसारण गरिरहेकोमा अहिले सरकारप्रमुख विरुद्ध समेत आपत्तिजनक रिपोर्ट बनाएका छन् । यसविरुद्ध कारवाहीका लागि नेपालले सम्भव भएसम्मका कानूनी उपचार खोज्नुपर्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x