×

NMB BANK
NIC ASIA

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि गरिएको लकडाउनका बीच पनि उच्च अदालत तुलसीपुर बुटवल इजलास लक्ष्यअनुसारको मुद्दा फछ्र्यौट गर्न सफल भएको छ। 

Muktinath Bank

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत वार्षिक पछ्र्यौट लक्ष्य ६५.७६ प्रतिशत रहेकोमा आव २०७६÷७७ मा ६७.४ प्रतिशत लक्ष्य हासिल भएको अदालतका निमित्त रजिष्ट्रार सुवर्ण खनालले जानकारी दिए। 
खनालका अनुसार गत आवमा जिम्मेवारी सरेका ९ सय ७२ र नयाँ दर्ता १ हजार ५ सय २८ गरी २ हजार ५ सय मुद्दाका लगत रहेको थियो। त्यसमध्ये १ हजार ६ सय ८५ फछ्र्यौट भई ८ सय १५ बाँकी रहेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रणनीतिक योजनाअनुसार जिम्मेवारी सरेका सबै फछ्र्यौट हुनुपर्ने र नयाँ दर्तामध्ये कम्तीमा ५० प्रतिशत फछ्र्यौट हुनुपर्नेमा चार महिना लामो लकडाउनका कारण ८६ थान फछ्र्यौट हुन बाँकी रहेको खनालले बताए। 


Advertisment
Nabil box
Kumari

त्यसैगरी रिटतर्फ ९ सय ४० लगत रहेकोमा ८ सय ९४ फछ्र्यौट भएको छ भने वाणिज्यतर्फको जम्मा लगत १ सय ४१ लगत रहेकोमा ८५ थान फछ्र्यौट भएको उच्च अदालतले जनाएको छ। 

Vianet communication

त्यसैगरी मातहतका अदालतमध्ये रुपन्देही जिल्ला अदालत ५ हजार १ सय ८६ मध्ये २ हजार २ सय ७३ (४३.८२ प्रतिशत), कपिलवस्तु जिल्ला अदालत ३ हजार ३९ मध्ये १ हजार ९ सय ११ (६२.८८ प्रतिशत), नवलपरासी जिल्ला अदालत १ हजार ९ सय ८६ मध्ये ९ सय ३६ (४७.१२ प्रतिशत), गुल्मी जिल्ला अदालत ४ सय ५३ मध्ये २ सय ८७ (६३.१२ प्रतिशत), पाल्पा जिल्ला अदालत ४ सय ७२ मध्ये २ सय ७१ (५७.४१ प्रतिशत) र अर्घाखाँची जिल्ला अदालत ३ सय ४३ मध्ये १ सय ९४ (५६.५५ प्रतिशत) मुद्दा फछ्र्यौट गर्न सफल भएको खनालले जानकारी दिए। 

उच्च अदालतमा गत आवमा सबैभन्दा बढी जग्गासम्बन्धी मुद्दा ३ सय १६ थान रहेका थिए। 

त्यसैगरी लागू औषधका २ सय ५५, अंशसम्बन्धी २ सय २८, रिट २ सय ९, जबर्जस्तीकरणी १ सय ९१, जालसाजीका १ सय ४३, बैंकिङ कसुरका १ सय ३९, डाँका चोरीका १ सय ३१, लेनदेनका १ सय २, सवारी ज्यानका ९८, मानव बेचबिखनका ५२, मानाचामलका ४७, सम्बन्ध विच्छेदका ४५ र बहुविवाहका ४४ थान लगत रहेको खनालले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x