×

NMB BANK
NIC ASIA

कोरोनाले निम्त्याएको सकस : साउनको सोमवार पनि मन्दिर छिर्न नपाएपछि गेटमै धूपबत्ती

साउन १२, २०७७

NTC
Premier Steels

गएरातिदेखि अविरल झरी रोकिएको थिएन । तैपनि साउनको सोमबार भएकाले अञ्जु गुरुङले भगवान् शिवको पूजा आराधनाका लागि मन्दिर जाने निधो गरिन् ।

Muktinath Bank

सबेरै उठेकी उनले आफ्ना २ साथीलाई पनि फोन गरिन् । साथीहरू उनको प्रस्तावमा सहमत हुँदै फेवाताल किनारको केदारेश्वर मन्दिर जाने भए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेनकोट लगाएका उनीहरू स्कूटर चढेर अञ्जुको घर पोखरा मियाँ पाटन आए । त्यतिबेलासम्म ६ बजिसकेको थियो । 


Advertisment
Nabil box
Kumari

अञ्जु पनि आफ्नो स्कूटर चढिन् । पोखरा १, गाईघाटस्थित सेदीनदी किनारबाट पवित्र जल उठाएर २ स्कूटरमा  हुँइकिँदै २०/२२ वर्षका ३ युवतीहरू ७ बजेतिर केदारेश्वर मन्दिर पुगे । तर मन्दिरको मूल गेटमै ताला लगाइएको थियो । 

Vianet communication

सुरक्षामा तैनाथ प्रहरीसमक्ष मन्दिर प्रवेशका लागि अनुनय गरे, तर कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेश दिइएन । उनीहरू निराश बने ।

मन्दिरको बाहिरी गेट छेउमै धूपबत्ती बाले र, भगवान् शिवको नाममा जल चढाएर फर्किए । 

अञ्जु र उनका साथीहरूमात्रै हैन, यहाँ सोमबार बिहानभर झण्डै १ हजार जना जति श्रद्धालु भक्तजन निराश हुँदै फर्किएका छन् ।

वर्षाका कारण रुझ्दैभिज्दै जसोतसो मन्दिर गेट पुगेका उनीहरू यसरी फर्किन बाध्य भएका हुन् । 

पछिल्लो समय पोखराको केदारेश्वर मन्दिर बोलबमधामका रूपमा चर्चित छ । झण्डै २ दशकदेखि यहाँ बोलबम मेला लाग्छ । मन्दिरमा हजारौं मानिसहरू साउनका हरेक सोमबार भगवान् शिवको पूजाआजा गरी शिवलिङ्गमा जल चढाउन आउँछन् ।

फाइल तस्वीर

यसपालि भने सो हुल छेकिन गएको हो । तैपनि मानिसहरू लकडाउन हटिसकेको अवस्थामा कोरोना संक्रमण जोखिम कम हुँदै गएको अनुमान गर्दै मन्दिर प्रवेश पाइन्छ कि भनी आउन छाड्दैनन् । 

यसबारेमा केदारेश्वर महादेवमणि सेवाश्रम समितिले पनि आधिकारिक सूचना जारी गरिसकेको छैन । 

सरकारले भने कोरोना जोखिम भन्दै मठमन्दिरहरूमा गत चैत ११ देखि लगाएको भीडभाड तथा पूजाआजा खुला गरेको छैन । 

मन्दिरमा अघिल्लो साता साउन पहिलो सोमबार भने केही संख्यामा भक्तजन मन्दिर प्रवेश गरी फर्केका थिए ।

केही घण्टाको लागि खुला गरिएको पूजाआजा यो साता भने प्रशासन आफैंले मन्दिर व्यवस्थापन समितिका नाममा सूचना टाँस गरी प्रवेशमा रोक लगाएको हो ।

भक्तजनले मन्दिर जान अटेर गरेपछि प्रहरीले केहीलाई त लाठीचार्ज गरेर धपाएको थियो ।

मन्दिर व्यवस्थापन समिति सचिव खिमबहादुर पहारीले सामाजिक दूरी कायम गरी पूजाआजामा छुट गर्नुपर्ने माग गर्दछन् । मन्दिरकै लागि भनी टाढाटाढाबाट भक्तजन आउने हुँदा यहाँ आएर गेटबाट फर्काउन नहुने उनको तर्क छ । आफूहरूलाई विना जानकारी प्रशासन आफैँले आएर मन्दिरको नाममा सूचना टाँस गरेको उनले बताए । 

मन्दिरमै भेटिएका विश्व हिन्दू महासंघ कास्कीका पूर्व सल्लाहकार विष्णुबहादुर राजभाटले धार्मिक आस्थाको केन्द्र केदारेश्वरको गेटबाट प्रशासनले भक्तजन फर्काउन नहुने बताए  । ‘रोक लगाउनु नै अर्थपूर्ण हैन, प्रहरी प्रशासन र स्वयंसेवकको सहयोगमा आवश्यक दूरी कायम गरी पूजाआजा खुला गरिनुपर्छ,’ उनले भने । 

‘बोलबमको ध्वनीले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ विगत वर्षमा सेती किनार गाईघाटबाट भक्तजन बाजागाजाका साथ जल चढाउन मन्दिर पुग्ने गर्दथे ।

हरेक वर्ष बोलबम संयोजक रही कार्य गरेका शंकर खरालले गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने ८ संयोगका कारण केदारेश्वर चर्चित बन्दै गएको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x