कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
कोरोना भाइरस प्रभावका कारण लामो समय बन्द रहेका पोखराका होटल रेष्टुराँ बिहीबारदेखि आंशिक रुपमा खुल्न थालेका छन् । कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड बनाएर यहाँका होटल रेष्टुराँ खुल्न थालेका हुन् ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन गर्यो । १ सय २० दिनसम्म लामो लकडाउन बीचमा विभिन्न मोडालिटी अपनाएर लकडाउन खुकुलो पार्दै आएपनि अन्य ठूला व्यवसायसँगै होटल तथा रेष्टुरेन्ट पनि ठप्प थिए । लकडाउन गत साउन ७ देखि अन्त्य गरियो ।
होटल तथा रेष्टुराँले साउन १५ देखि आवश्यक मापदण्ड अनाएर सेवा दिन सकिने भनिएपछि शून्य बनेको पोखराको पर्यटन क्षेत्र होटल तथा रेष्टुराँ खुलेसँगै केही गति दिन सक्ने संकेत देखिन्छ । तर कोरोना भाइरस संक्रमण जोखिम नहटिसकेको, लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान प्रायः छ । यहाँका करिब १० प्रतिशत होटलमात्र बिहीबारदेखि संचालनमा आएको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।
संघका अध्यक्ष विकल तुलाचनका अनुसार होटल व्यवसायहरु खुल्ला गर्ने भनेर सूचना आएपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताउँछन् । उनले होटल चल्नेभन्दा पनि विस्तारै तयारीका लागि खुल्न थालेको बताए । लेकसाइडका ठूला होटलहरु खासै संचालनमा छैनन् । होटल ग्राण्ड, सांग्रिला, फिस्टेल, बाराही लगायत होटल अझै खुलेका छैनन् । उनीहरु पर्ख र हेरको अवस्थामा छन् ।
होटल बाराही संचालक विप्लव पौडेलले पर्यटकीय सिजन सुरु नभइञ्जेल बाराही होटल नखुल्ने बताए । उनले आफूहरु होटलमा रुमहरुको स्तरोन्नतिमा लागेको जानकारी दिँदै बाराही होटल सेप्टेम्बरतिरमात्र खोल्न सकिने जानकारी दिए । पोखराको पर्यटकीय स्तरको चर्चित होटल बाराहीमा ८० बेड क्षमताको हो । उनी संचालक रहेको सराङकोट माउण्टेन लज भने बिहीबारदेखि खुलेको छ ।
त्यस्तै, स्वीस इन्टरनेशनल होटल भने आंशिकरुपमा संचालनमा छ । विदेशबाट फर्केकाहरूलाई राख्न यहाँ क्वारेन्टाइनको रुपमा प्रयोग गरियो । अहिले क्वारेन्टाइन बस्नेहरु समेत घटेका छन् । मात्र १ कोठा प्रयोग भएको छ । यसरी आफूहरुले पहिलेदेखि नै एकतिहाइ कर्मचारी राखेर संचालनमा ल्याइएको संचालक भरत पहारीले बताए । उनका अनुसार कोरोना संक्रमण पूर्णरुपमा हट्यो भने पनि होटल साविक अवस्थामा पूर्णरुपमा संचालन गर्न अझै २ वर्ष कुर्नुपर्ने अनुमान छ ।
पोखरामा सबैभन्दा धेरै होटल रुम भएको होटल हो–होटल ल्याण्डमार्क । यहाँ १ सय बढी रुम छन् । तर सरकारको सूचना बमोजिम बिहीबारदेखि आफूहरुले आंशिकरुपमा कर्मचारी राखेर संचालनमा ल्याएको संचालक ओम पाण्डेले बताए । हाल यहाँ रेष्टुराँतिर सहित क्लीनर, हाउस किपिङ, सेक्युरिटी गरी २२ जना कर्मचारी बोलाइएको छ । हाल पहिले कुल १ सय ४ जना कर्मचारीले काम गर्थे । संचालक राजु पाण्डेले सबै कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर वा हात धुने व्यवस्था मिलाइएको बताए ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अहिलेकै अवस्थामा होटल खोलेर संक्रमण निम्त्याउन नहुने बताउँछन् । बरु पर्यटकीय सिजन लक्षित गरी तयारी गर्नुपर्ने भन्दै उनले राज्यको नीतिबिनै होटल खोल भनेर खोल्ने र नखोल्ने भनेर नखोल्ने गर्नु नहुने बताए । पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्ष समेत रहेका भट्टराईले सरकारले भने जसरी अहिले नै होटल व्यवसाय खोलेर बस्न अधिकांश होटल तथा रेष्टुरेन्टहरु तयारी नरहेको बताउँछन् ।
कोरोनाका कारण अहिले हरेक व्यवसायमा मन्दी नै लागेको छ । त्यसमा पनि यो अफ सिजनको समयमा व्यवसाय सञ्चालन गर्नु अर्काे ठूलो चुनौती रहेको व्यवसायहरूको गुनासो छ । लकडाउनको बेलामा धेरै कर्मचारीहरु गाउँघर गएको अवस्था छ । उनीहरुको टेष्ट स्वास्थ्य चेकजाँचको पनि कुराहरु आउँछन्, होटल सञ्चालन गरिसकेपछि सुरक्षाका पनि कुराहरु आउँछन्, त्यसलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्नु जरुरी रहेको होटल संघ अध्यक्ष विकल तुलाचनले बताए ।
अहिलेको अवस्थामा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सकिने होटल माउन्ट कैलाशका संचालक नरेश भट्टराईले बताए । पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रवर्द्धनलगायतका विषयमा केन्द्रित रहनुपर्ने उनी बताउँछन् ।
पोखरामा करिब ७ सय पर्यटकीय होटल रहेका छन्, तीमध्ये संघमा आवद्ध ४ सय पश्चिमाञ्चल होटल संघसँग आबद्ध छन् । यस्तै, पोखराका होटल तथा रेष्टुराँ व्यवसायमा व्यवसायीको लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब रहेको पाइन्छ । यहाँ १२ हजार २ सय ९८ ले रोजगारी पाएका छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...