कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
साउन १६, २०७७
रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै विमानस्थल चिटिक्क देखिन थालेको छ ।
भौतिक संरचना निर्माण कार्य करीब सकिन लागेसँगै विमानस्थलले आकार लिएको तस्वीरहरूमा देख्न सकिन्छ ।
विमानस्थल आयोजनाले भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक पूर्वाधार निर्माण कार्य झण्डै सकिन लागेको बताए ।
‘हामी निर्माणको अन्तिमको चरणमा पुगेका छौं,’ अधिकारीले भने, ‘अब फिनिसिङ र उपकरण जडानको काममा मात्र बाँकी छ । भौतिक पूर्वाधारको काम भनेको धावनमार्ग वरिपरिको सडक (पेरिमिटर) बनाउने मात्र हो ।’
अहिलेसम्म विमानस्थलको काम ९१ प्रतिशत सम्पन्न आयोजनाको भनाइ छ ।
‘लकडाउन’मा पनि निर्माणको काम नरोकिएको विमानस्थलमा अहिले पनि ३० चिनियाँ सहित ३ सय कामदारले धमाधम काम गरिरहेका छन् । धावन मार्गका लागि लाइट र ‘कनभेयर बेल्ट’ (यात्रुका व्याग घुमेर आउने ठाउँ) का उपकरण जडान गर्ने काम बाँकी छ ।
ती उपकरण चीनबाट नेपालतर्फ पठाइएपनि ल्हासामा रोकिएका छन् । नेपालका लागि हिँडेका गाडी गएको असार १० गतेदेखि बाटोमै रोकिएका छन् । उपकरण नेपाल भित्र्याउनका लागि विभागीय रूपमा समन्वयको काम भइरहेको छ ।
महत्त्वपूर्ण मानिने उपकरण जडानका लागि चीन, थाइल्याण्ड, अमेरिका र अष्ट्रेलियाबाट इञ्जिनीयरहरू आउनुपर्ने हुन्छ । तर, कोरोना महामारीले विश्व नै आक्रान्त बनाएको अवस्था ती मुलुकहरूमा कहिले कामदार आउँछन्, कहिले जडान हुन्छ भन्ने प्रश्न अझै अनिश्चित जस्तै छ । सरकारले आउँदो भदौ १ गतेबाट अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको छ ।
चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत् विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।
आयोजना प्रमुख अधिकारीले लोकान्तरसँग थपे, ‘केही यस्ता उपकरणहरू हुन्छन्, जुन त्यो क्षेत्रको विज्ञ (इञ्जिनीयर)ले मात्र गर्न सक्छन् । महत्त्वपूर्ण केही उपकरण जडानको लागि युरोपीयन मुलुकबाट नै इञ्जिनीयरहरू ल्याएर जडान गर्नुपर्छ । हामी उडान सुचारू भएपछि उनीहरूसँग समन्वय गरेर सामान ल्याउनका लागि पहल थाल्नेछौँ ।’
विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । विमानस्थल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, ७, १०, ११ र मायादेवी गाउँपालिका वडा नम्बर ७ को ८१० बिगाहा क्षेत्रफलमा फैलिएको छ, जसमध्ये १ हजार ७४० परिवारको ५०० बिगाहा जग्गा स्थानीयको अधिग्रहण विमानस्थलका लागि प्रयोग गरेको थियो । आयोजनाले स्थानीयलाई मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ लाग्ने बताएको छ, त्यसमध्ये अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ वितरण गरिसकिएको छ ।
निर्माणको काम अन्तिम चरणमा पुग्दा समेत विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने ‘एयर रूट’ विषय टुंगो लाग्न सकेको छैन । एयर रूटका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ)सँग नेपाल र भारतको प्राविधिक टोलीले अध्ययन गरेर टुंगो लगाउनुपर्ने हुन्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले विमानस्थल सञ्चालनमा लागि आवश्यक एयर रुट परमिट टुंगो लाग्न नसकेको बताए । पौडेलले लोकान्तरसँग भने, ‘यो विषय छलफलकै क्रममा छ । नेपालले मात्र टुङ्ग्याएर हुँदैन, नेपाल, भारत र आईकाओसँग जोडिएको छ । विमानस्थल निर्माण पूरा भइसक्दा रुट अनुमतिको विषय पनि टुंगो लाग्छ ।’
विमानस्थलको निर्माणमा म्याद डिसेम्बरसम्मका लागि थप गरिएको छ ।
पछिल्लो दुई वर्षमा विमानस्थलले सबैभन्दा धेरै ४० प्रतिशत भौतिक प्रगति हासिल गरेको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए । पटक–पटकको विवादले दुई वर्ष विमानस्थल निर्माणको काम गिजोलिएको थिए ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री स्व. रवीन्द्र अधिकारीले स्थानीयको जग्गा अधिग्रहण गरेर दिनुपर्ने रकम भुक्तानी गरी सबै समस्या समाधान गरेपछि विमानस्थलले निर्माणको गति लिएको थियो ।
एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् ।
विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ ।
दैनिक १६ हजारका दरले वार्षिक करीब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आंकलन छ । विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गर्ने गरी काम अगाडि बढाइएको छ ।
एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिनेछ । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रूपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनी गरिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।
विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै यहाँको निजी क्षेत्र उत्साहित भएको छ । यहाँ पछिल्लोसमय पर्यटनलक्षित होटलमा ठूलो लगानी भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...