×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको उपलब्धी - एक वर्षमा १ किलोमिटर ८२० मिटर सडक कालोपत्रे

साउन २७, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत आर्थिक वर्षमा नयाँ जनशक्ति खटाउन भएको पहिलो चौमासिकको ढिलाइले अपेक्षित बजेट खर्च गर्न नसकेको स्वीकार गरेका छन् ।

Muktinath Bank

मंगलवार वीरेन्द्रनगरमा गत वर्षको वार्षिक प्रगति विवरण सुनाउँदै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले ८० देखि ८५ प्रतिशत भौतिक र वित्तीय प्रगति गर्ने योजना बनाएका थियौं । तर हामी उक्त लक्ष्यमा पुग्न सकेनौं । ५४ प्रतिशत भौतिक प्रगति र ४८ प्रतिशत वित्तीय प्रगति मात्रै गर्न सक्यौं । पहिलो चौमासिक शून्यमा थियो । दोश्रो र तेश्रो चौमासिकमा काम गर्न प्रयास गर्दा गर्दै पनि लकडाउनका कारण हामीले काम भनेजस्तो गर्न सकेनौं,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

उनले तेश्रो चौमासिकमा कडा लकडाउन लगाएको, डोजरमार्फत काम गर्न खोज्दा सिडिओहरुले डोजर नै नियन्त्रणमा लिएको, काम गर्न संघीय सरकारले असहयोग गरेको, संघीय सरकारका कर्मचारीले हामीले भनेको नमानेको लगायतका कारण विकासको काममा वाधा पुगेको फेहरिस्त सुनाए ।

Vianet communication

उनले चालू आर्थिक वर्षमा कर्णाली सरकारलाई काम गर्ने कुनै पनि बहाना बाँकी नरहेको बताए ।

‘हावा आओस या हुरी आओस या कोभिड नै आओस । हामीले आत्मसमीक्षा गर्दै काम गर्नुको विकल्प छैन । हामी शतप्रतिशत काम गर्छौं । त्यसकालागि मन्त्रीसँग मैले, सचिवसँग मन्त्रीले र सचिवले दशै जिल्लाका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार सम्झौता अवको १५ दिनमा भइसक्नेछ,’ मुख्यमन्त्री शाहीले भने ।

हरेक महिनाको, हरेक दिनको हिसाब सफ्टवेयरमा हुने र हरेक महिनामा अहिले भएको सम्झौता अनुसार काम नभएको खण्डमा सचिव, कार्यालय प्रमुख वा मन्त्रीमाथि नै पुर्नविचार गरिने उनको भनाइ छ ।

उनले एक पनि टिप्पणी नउठाई वर्ष दिनको तलब खाने कर्मचारीले श्रममा भ्रष्टाचार गरेको बताउँदै आगामी दिनमा काम गर्नेलाई मात्रै प्रोत्साहित पार्ने बताए । मुख्यमन्त्री शाहीले अन्य प्रदेशका योजना बहुवर्षीयमा लिइएका कारण वित्तीय प्रगति बढि देखिएको बताउँदै आगामी दिनमा आफूहरु पनि त्यसरी नै विकास निर्माणमा लाग्ने प्रतिबद्धता जनाए ।

उनले कर्णालीमा अहिले पनि प्रमुख सचिव, मन्त्रालयका सचिवहरु रिक्त रहेको बताउँदै यो समस्याले सरकारलाई काम गर्न असहज बनाएको बताए । ‘चार महिना पछि सचिव आउँछन्, दुई महिना बस्छन् जान्छन्,’ उनले भने, ‘यसले पनि काम गर्न हामीलाई समस्या परेको छ ।’

मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनमा प्रमुख क्षेत्रहरुको प्रगति विवरण प्रस्तुत गर्दै एक वर्षमा जम्मा १ किलोमिटर ८२० मिटर सडक कालोपत्रे गरिएको बताए । उनका अनुसार कर्णालीमा ३८१.०३ किमि सडकको ट्रयाक विस्तार भएको, १५६.२६ किलोमिटर सडक थप विस्तार भएको र ४९ किमि सडक ग्राभेल भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x