×

NMB BANK
NIC ASIA

सुर्खेतको बराहताल गाउँपालिका–५ सुनद्वारीका युवा भैसीपालनतिर आकर्षित भएका छन् ।

Muktinath Bank

रोजगारीका लागि मलेसियादेखि भारतका विभिन्न शहरमा जाने गरेका युवा हाल गाउँमै भैसीपालन गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँमा रहेको ‘सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह’का अध्यक्ष रत्नलाल सुवेदीले गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयासमा आफूहरू लागेको बताए । गाउँमा गरिने कृषि क्षेत्रमा यान्त्रीकरण गरी मशिनबाट खेती लगाउनेदेखि भित्र्याउनेसम्मको काम गर्ने तयारी भएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘गोरुले गर्ने काम मशिनले गर्छ, गोरु पाल्नुको सट्टा भैसी पाल्छौं, दूध बेचेर आम्दानी गर्छौं,’ उनले भने । यान्त्रीकरणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म प्रस्ताव गरेको अध्यक्ष सुवेदीले बताए । पशुपालनबाट मलको अभाव भोग्नु नपरेको बताउँदै उनले गोरुको ठाउँमा भैसी पाल्न थालेमा मल उत्पादनमा थप वृद्धि हुने बताए । 

Vianet communication

समूहका सचिव गोविन्द पौडेलले कृषकको योजना अनुसार कृषि यन्त्रको पर्याप्तताका लागि स्थानीयसँगै प्रदेश सरकारको विशेष सहयोग खाँचो रहेको बताए । स्नातकसम्मको अध्ययन गरेका पौडेल १ वर्षअघि मात्रै मलेसियाबाट फर्किएका हुन् । उनी आफैंले पनि ७ वटा भैंसी पालेका छन् । 

व्यावसायिक रुपमा भैंसीपालन गरेका पौडेलले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । सरकारी अनुदानसहित उनले भैसीपालनमा १३ लाख रुपैयाँ लगानी गरेका छन् ।

‘आफ्नो लगानी थोरै भए पनि सरकारी अनुदानको सहयोगले भैसीपालन शुरू गरेको छु,’ उनले भने, ‘मासिक ८४ हजार रुपैयाँसम्मको दूध बिक्री हुन्छ, खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुन्छ ।’

कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपंक्षी तथा कृषि निर्देशनालयको तर्फबाट अनुदानमा भैसी वितरण गरिएको छ । अध्यक्ष सुवेदीका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गरी ११० वटा भैसी वितरण गरिएको छ । २०७६ /७७ मा प्रदेश सरकारको १ लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी १ लाख ३२ हजार बराबरको भैसी वितरण गरिएको थियो ।

सुनद्वारी गाउँमा दूध बेचेबापत मासिक ५ लाख रुपैयाँसम्म भित्रिने गरेको छ । गाउँमा रहेको चिस्यान केन्द्रमा कृषकले दूध जम्मा गर्छन् । फ्याटका आधारमा दूधको पैसा पाउने कृषकले लिटरको १०५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् ।

‘पछिल्लो समय लकडाउनले केही समस्या पारेको छ, नत्र गाउँमा प्रतिमहिना ५ लाख रुपैयाँसम्म दूधबाट भित्रिन्छ,’ सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष पौडेलले भने, ‘कृषिबाट आत्मनिर्भर बनेको गाउँमा धेरै भैसी पाल्ने कृषकहरूका लागि जनशक्ति पाउन भने समस्या छ ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सुनद्वारीका युवा कृषकले खेती किसानी गरेर पनि मासिक रुपमा हजारौं आम्दानी गर्न सकिने प्रमाणित गरेको बताइन् । उनले कृषि क्षेत्र नै कर्णाली समृद्धिको पहिलो आधार भएको बताउँदै आगामी दिनमा पनि कृषि कर्ममा लाग्ने युवालाई सरकारले सहयोग गर्दै जाने बताइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x