मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
कर्णाली प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । सुर्खेत, मुगु, रुकुम पश्चिम, जुम्ला लगायतका जिल्लामा कोरोना संक्रमण समुदायमा नै फैलिन लागेको भन्दै सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा नगरपालिका, मुगुको गमगढी र जुम्लाको चन्दननाथ, जुम्लाको पातारासी गाउँपालिकामा निषेधाज्ञा जारी रहेको हो । यस्तै रुकुम–पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकामा पनि गत साताको
बुधवारदेखि निषेधाज्ञा जारी छ । दैनिकजसो बजारमा हुने भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् ।
निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध फेहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसायहरू सञ्चालन गर्न पाइने छ ।
कार्यालयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन् ।
निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइने छ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न नपाइने सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
एम्बुलेन्स, शवबाहन, दमकल, भीआईपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन तथा प्रेस तथा सञ्चारकर्मीका सवारी साधनहरू मात्र निषेधाज्ञा अवधिमा चलाउन पाइनेछ ।
‘पछिल्लो समयमा बजार क्षेत्रमा अस्वाभाविक भीड बढेको र त्यसले कोरोना संक्रमणको जोखिमलाई बढाएका कारण हामीले निषेधाज्ञा जारी गरेका हौं,’ उनले भने, ‘भदौ १ गते जारी भएको निषेधाज्ञालाई जनताले पूर्ण रूपमा पालना गरेका छन् । निषेधाज्ञा सरकारका लागि नभई नागरिकको भलाइका लागि भएकाले सबैबाट पालना हुने अपेक्षा छ ।’
वीरेन्द्रनगरमा जारी भएको निषेधाज्ञा आगामी भदौ ९ गते राति १२ बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...