×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा कोरोनाले लियो हालसम्म १४ जनाको ज्यान, संक्रमणपछि ३ जनाको आत्महत्या

भदौ १०, २०७७

NTC
Premier Steels

बुधवार मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

Muktinath Bank

साउन ३२ गते मृत्यु भएका कैलालीको १ पुरुषमा मंगलबारको .पीसीआर रिपोर्ट अनुसार कोरोना पुष्टि भएको थियो । काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भएका थिए । अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि धनगढी ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै मृत्यु भयो । भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेकोमा मंगलवार कोरोना पुष्टि भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योसँगै  सुदूरपश्चिममा ३ महिनाको अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कैलालीका ६, अछामका ४, बाजुरा र बझाङका २/२ जना गरी १४ जनाको मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भने जेठ १८ गते भएको थियो । बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो । आमाबुवासँग भारतको नयाँ दिल्लीबाट आएकी २ बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो । उनको मृत्युपछि उनकी आमामा समेत संक्रमण देखिएको थियो ।

Vianet communication

जेठ २४ गते कोरोना भाइरसले सुदूरपश्चिममा दोस्रो मृत्यु भयो । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट आएको थियो ।

असार ३ मा कोरोना भाइरसको संक्रमणले कैलालीमा दोस्रो र सुदूरपश्चिममा तेस्रो मृत्यु भयो । कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो ।

सोही दिन कैलालीका थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु भयो । जिल्लाको गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो । उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । धनगढीको नवजीवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो । उनी बस व्यवसायी थिए ।

असार १३ गते कैलालीकै थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु भयो । क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृतक फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।

असार १६ गते कोरोना भाइरसको संक्रमणबाट अछाममा पहिलो मृत्यु भयो । ४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो । मृतक भारतबाट आएका थिए ।

साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो । बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो । उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युको २ दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

साउन २९ गते अछामका थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु भयो । रामारोशन गाउँपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटुरोगबाट ग्रसित थिए ।

तर सुुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले सुदूरपश्चिम घर भएर विभिन्न ठाउँमा मृत्यु भएकाहरुको रेकर्ड नभएको बताए ।

संक्रमणपछि आत्महत्या र आत्महत्यापछि संक्रमण

मृत्यु हुने १४ मध्ये ३ जनाले भने आत्महत्या गरेका थिए । २ जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो थियो । १ जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन् ।

बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका हुन् । खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन् ।

जेठ १९ गते भारतबाट आएका उनी क्यारेन्टाइनमा बस्दै आएका थिए । त्यहाँ रहेका २५ जना मध्ये कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पीसीआर गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो । कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन् ।

त्यस्तै, क्वारेन्टाइनमै आत्महत्या गरेका थप १ व्यक्तिमा कोरोना पुष्टि भएको थियो । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो ।

मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो । बडिमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार क्वारेन्टिनमा आत्महत्या गरेका थिए । उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए ।

क्वारेन्टाइनमा बसेका बेला आत्महत्या गरेका थप एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको थियो । अछाम घर भएका ४३ बर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्त कहाँ पुगेका थिए ।

आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो । त्यसपछि उनले क्वारेन्टिनमै आत्महत्या गरेका थिए भने मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

तर तिनीहरुको मृत्यु कोरोनाबाटै भएको भन्न नमिल्ने बताइएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने,‘उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । तर मृत्यु चाँही संक्रमणकै कारण भएको होइन, आत्महत्याले हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x