पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
पोखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित अस्थायी पर्यटक बसपार्कमा लाखौं मूल्य पर्ने पर्यटक बसहरू लहरै देखिन्छन् । बस चल्न नपाएको ६ महिना पुगिसक्यो ।
गत वर्षको चैत ११ गतेदेखि सरकारले लागू गरेको १२० दिने लकडाउनसँगै त्यसयता सार्वजनिक यातायात सञ्चालन रोकले चैत–वैशाखको गर्मीको राप तथा अहिलेको बर्खे झरी पनि बसहरूले झेलिसके ।
पार्किङ गरिराखेको स्थानमा झारपात पलाएको छ । महंगो मूल्य पर्ने गाडीका टायर बिग्रिसकेका छन्, मोबिल फेर्नुपर्ने छ । गाडीमा जडित टीभी तथा ब्याट्री चोरीका घटना समेत सुनिन्छन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि चैतमा पहिलो पटक १ हप्ताका लागि लकडाउन घोषणा गर्यो । कतिपय टुरिस्ट बसका चालकले अर्को हप्ता त खोलिहाल्ला नि भनी गन्तव्यमा गाडी पुर्याएर घरतिर गए । तर लकडाउन लम्बियो । केही चालक त फर्किन पाएनन् । गाडी खुला ठाउँमा रहँदा घामपानी खाए । महंगो मूल्य पर्ने पर्यटकस्तरका सुविधासम्पन्न गाडीहरू गुड्न नपाई त्यसै थन्किन बाध्य भएका हुन् ।
यस्तो अवस्था कहिलेसम्म त ? निश्चित छैन । कोरोनाको जोखिमका कारण मानिसको भीडभाड हुने भन्दै सरकारले लामो दूरीमा सार्वजनिक यातायात चलाउन दिएको छैन । केही जिल्लामा जिल्लाभित्र मात्र आंशिक रूपमा आवश्यक मापदण्ड कायम गरेर गुडेका छन् । लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधन भदौ १ गतेदेखि चलाउने यसअघि निर्णय फेरबदल गर्दै १५ गतेसम्म रोकियो ।
कोरोना संक्रमण दर बढ्दै गएपछि पुनः भदौ मसान्तसम्म गाडी चलाउन दिइएको छैन । तसर्थ पोखराका पर्यटक बस व्यवसायीहरू पनि अन्योलमा छन् । गाडी खरिद गर्दा बैंकबाट लिएको ऋणको किस्ताबन्दी खप्टिएको खप्टियै छ । सिजनको बेलामा आम्दानीको स्रोत नहुँदा व्यवसायी पनि चिन्तामा डुबेको बताउँछन् । व्यवसायीले ४५ प्रतिशत जति बैंक ऋणमा गाडी झिकेको पाइन्छ ।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा) गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोनाका कारण पर्यटक बस व्यवसायी मारमा परेको गुनासो गरे । उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भनेजस्तो कोरोनाविरुद्ध स्वास्थ्य सचेतना अपनाउँदा आवश्यक मापदण्ड कायम गरी सीमित संख्यामा भए पनि गाडी चलाउन दिनुपर्नेमा जोड दिन्छन् । ‘सरकारले भनेजस्तो आवश्यक प्रोटोकल पूरा गर्छौं, कम्तीमा सञ्चालन खर्च त उठाउने मौका दिनोस् भनेका छौं,’ अध्यक्ष सिग्देलले भने, ‘एउटा सिट छाडेर गाडीमा १६–१७ जना मात्र बोक्न दिइयो भने कम्तीमा २ जना मजदुरले रोजगार पाउँथे । समस्यामा परेका यात्रुले सुविधा पाउँथे । चर्को भाडा तिरेर सानो गाडीमा जानु पर्थेन ।’
तर सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको उनको आरोप छ । काठमाडौंबाट बाहिर जानेहोस् वा निश्चित गन्तव्यमा सीमित संख्यामा यात्रु चढाएर गाडी गुडाउन सकियो सहज हुने अध्यक्ष सिग्देल बताउँछन् ।
गण्डकी प्रदेशअन्तर्गत टूर एण्ड ट्राभल्स क्षेत्रमा करीब ३ अर्ब बराबरको लगानी रहेको र करीब १ हजार १०० जना प्रत्यक्ष रोजगाररत छन् । तर विषम परिस्थितिको मारमा पर्दा व्यवसायीको लगानी डुब्ने डर छ भने कतिपयले जागिर गुमाएका छन् ।
सरकारले अहिले व्यवसायीलाई नहेरेको र २०२० वर्ष त्यसै खेरै जाने हुँदा आगामी वर्षका लागि नयाँ योजनाका साथ अघि बढ्ने तयारीमा व्यवसायी छन् । अबका दिनमा तत्काल विदेशी पर्यटक भित्र्याउन नसके पनि अवस्था सहज भएपछि प्याकेज बनाएर आन्तरिक पर्यटकहरू विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याउन सकियो भने सबैलाई फाइदा पुग्ने भएकाले सोतर्फ ध्यान दिइएको उनले बताए ।
विदेशी पर्यटकलक्षित भएकाले सुविधासम्पन्न गाडी सधैं दुरुस्तै राख्नुपर्छ । लामो समय हिलोमा गडेका गाडीहरू गुडाउनु पर्दा मर्मत अनिवार्य छ । गाडीका टायरहरू बिग्रिसकेको र मर्मत नगरी चलाउँदा ‘पङ्चर’ हुने र जुनसुकै बेला दुर्घटनाको डर भएकाले मर्मत गर्नुपर्ने बस चालक बताउँछन् । खुला ठाउँमा घामपानीले सेकिँदै गएको गाडीको पछाडिका ४ र अगाडिको २ गरी ६ वटा टायर फेर्नुपर्दा एउटैको झण्डै ३० हजार रुपैयाँसम्म पर्ने रेन्बो टुर्स एण्ड ट्राभल्सको गाडीका चालक कृष्ण गुरुङले जानकारी दिए ।
‘मोबिलमा इन्जिन खेल्न पाएको छैन । मोबिल समेत फेर्नुपर्छ । मोबिल फेर्दा २०–२५ हजार रुपैयाँ लाग्छ । सबै टायर र मोबिल फेर्नुपर्दा २ लाख जति लाग्ला,’ उनले भने ।
२०४९ सालमा स्थापना भएको नाट्टा पोखरामा हाल १८१ जना सदस्य आवद्ध छन् । यहाँ टुरिस्ट बससहित जीप, भ्यान र हायस साना–ठूला गरी ३६१ गाडी छन् । तीमध्ये ठूला पर्यटक बस मात्र १२८ वटा छन् । कोरोना प्रभाव पर्नुअघि पोखराबाट काठमाडौं, सौराहा र लुम्बिनीका लागि दैनिक ३० वटा गाडी छुट्थे । त्यत्तिकै संख्यामा पर्यटक गाडीहरू त्यताबाट पोखरातर्फ आउँथे । सबैभन्दा बढी काठमाडौंका लागि २५, सौराहालाई ३ र लुम्बिनीलाई २ गाडी नाट्टा पोखरामा आबद्ध रहेका पर्यटक गाडीहरू चल्ने गरेको संस्थाले जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...