×

NMB BANK
NIC ASIA

कोरोना महामारीले रुपन्देहीका मात्र सयभन्दा बढी होटल बन्द, धमाधम पलायन हुँदै व्यवसायी

असोज ४, २०७७

NTC
Premier Steels

बुटवल नयाँ बसपार्कस्थित सनराइज होटल कोरोना कहरले गर्दा बन्द भएको छ । 

Muktinath Bank

विगत १६ वर्षदेखि होटल व्यवसायमा जमेका सञ्चालक रामप्रसाद गौतमले होटलको भाडा तिर्न नसक्दा होटल सधैँका लागि बन्द गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका गौतमले भने, ‘होटल खुल्ने कुनै ठेगान भएन, घरभाडा तिर्न सक्ने अवस्था पनि भएन । कतैबाट कुनै पनि क्षेत्रमा छूटको पाइएन, त्यहीँ भएर होटल खाली गरिदिए ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘पर्यटन क्षेत्रलाई राज्यले बुझ्न सकेन । व्यवसायी पलायन हुने अवस्था आयो । यही अवस्था अझै दुई महिना रह्यो भने धेरै व्यवसायी पलायन हुनेछन् ।’ 

Vianet communication

बसपार्ककै मनकामना होटल पनि महामारीकै कारण बन्द भएको छ ।

त्यस्तै बुटवल बसपार्ककै लोकप्रिय, होटल श्रीनगर पनि महंगो घरभाडा तिर्न नसक्दा बन्द भएका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । अध्यक्ष जिसीले भने, ‘गएको जेठ महिनायता रुपन्देहीमा १ सयभन्दा बढी स्तरीय होटलहरू बन्द भए ।’ 

कोरोना संकटले कर्मचारी पाल्न नसकिएको भन्दै रूपन्देहीको एक मात्र सञ्चालनमा आएको ‘फाइभ स्टार’ होटल टाइगर प्यालेस रिसोर्टले ४ सय कामदारलाई कामबाट निकालेको छ ।


कामदारहरू पुनर्बहालीको माग गर्दै आन्दोलित छन् । टाइगर अस्ट्रेलियन ‘सिल्भर हेरिटेज’ कम्पनीको लगानीमा सञ्चालित रिसोर्ट हो ।

बुटवलको होटल हवको रूपमा विकास भएको इँटाभट्टा र बसपार्क क्षेत्रका धेरै होटल महामारीले बन्द भएका छन् । 

पर्यटनलक्षित गरेर रूपन्देहीमा स्तरीय होटल खुल्ने क्रम तीव्र बनेको थियो । तर, महामारीले धेरै होटल बन्द हुने अवस्थामा छन् ।

सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात र होटल तथा रेस्टुरेन्ट पनि सञ्चालन गर्न दिएको छ । तर ग्राहकको खडेरी रहेकाले व्यवसायीमा खासै उत्साह छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा निर्माणधीन सम्मेलन केन्द्र, प्रदेश ५ को राजधानी बुटवल भएसँगै रुपन्देही अर्बौं लगानीमा स्तरीय होटलहरू सञ्चालन गर्ने होडबाजी थियो । तर, महामारीले गर्दा ठूलो लगानी गरी सञ्चालनमा आएका र आउने तयारीमा रहेका धेरै रिसोर्टहरू ठूलो आर्थिक संकटमा फसेका छन् । त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा धेरै होटलहरू पनि आर्थिक संकटले जोखिममा परेका छन् । 

दैनिक २ हजारभन्दा बढी पर्यटक आउने विश्व शान्तिको मुहान लुम्बिनीमा विगत छ महिनायता पर्यटक आएका छैनन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले कोरोना संकटले प्रदेशभरका १५ प्रतिशत सानाठूला होटल पलायन भएको बताए । 

उनले भने, ‘नजिकै रहेको प्रदेश सरकारले अप्ठ्यारोमा परेका व्यवसायीको पक्षमा कुनै योजना ल्याउन सकेन । संघीय सरकारले पनि कर छुटदेखि घरभाडामा सहुलियत समेत दिने भन्ने समेत योजना ल्याएन । लकडाउन खुकुलो भए पनि महामारी झनै बढेको छ, होटलमा पर्यटन र ग्राहक आउन अझै ६ महिनाभन्दा बढी लाग्छ ।’ 

छ महिना लामो लकडाउनको सबैभन्दा ठूलो मारमा होटल व्यवसायी परेको छन् । 

संघका महासचिव माधवकुमार खनालले अब होटल खोल्नुको विकल्प नभएपछि सरकारले बाध्य भएर लकडाउनलाई खुकुलो बनाएको बताए ।

रूपन्देहीमा १ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । रुपन्देहीमा ३० हजारभन्दा बढी होटल मजदुरहरूले रोजगारी गुमाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x