×

NMB BANK
NIC ASIA

कोरोना महामारीबीच बढ्दो लापरवाही : संक्रमण बढेको बढ्यै, तर छैन सावधानी !

असोज १६, २०७७

NTC
Premier Steels

रूपन्देही दैनिक सरदर ६५ जनामा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण पुष्टि भइरहेको छ, त्यसमध्ये सरदर ३५ जना प्रदेश राजधानी बुटवलकै हुन्छन् ।

Muktinath Bank

यो संक्रमण दर प्रदेशका सबै जिल्लामा संक्रमितको ६० प्रतिशतसम्म हुन आउँछ । शुक्रबारसम्म प्रदेश राजधानी बुटवलमा मात्रै संक्रमितको संख्या १ हजार ७२ जना पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाभरमा २ हजार ७०२ जनामा संक्रमण देखिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसका अलावा बुटवलको कोभिड अस्पतालमा दैनिकजसो एक जनाको कोरोना संक्रमणबाट मृत्यु हुन थालेको छ । प्रदेशका अन्य जिल्लामा संक्रमण दर कम देखिए पनि रुपन्देहीमा संक्रमितको संख्याले दिनहुँ थपिइरहेको छ । 

Vianet communication

कोरोना संक्रमितको संख्या तीव्र हुँदै गए पनि बजारमा कुनै स्वास्थ्य सावधानी अपनाइएको देखिँदैन ।

बजार र यातायात पूर्ण रूपमा खुलेपछि थप सतर्कता अपनाउन आवश्यक रहे पनि असुरक्षित तबरले भीडभाड र आवागमन भइरहँदा कोरोना नियन्त्रणको कुनै छाँटकाँट देखिँदैन ।

संक्रमितको सम्पर्कमा पुगेकाको परीक्षणमा प्रदेश सरकार र स्थानीय तहले ध्यान दिएका छैनन् । 

यही असोज १ गतेदेखि बजार पूर्ण रूपमा खुलेर जनजीवन सहज बनेपछि सर्वसाधारणले कोभिड— १९ लाई हल्का रूपमा लिएको देखिन्छ । 

सपिङ मल, व्यापारिक केन्द्रमा सर्वसाधारणको असुरक्षित भीड थामि नसक्नु हुन थालेको छ ।

सेवाग्राही र यात्रुको सम्पर्कमा आउने व्यापारी र यातायात व्यवसायीले नै स्वास्थ्य सुरक्षा मापदण्डलाई बेवास्ता गरेका छन् । 

मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, नियमित हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सावधानी कतै अपनाएको देखिँदैन । असुरक्षित चहलपहलले स्थिति नियन्त्रणबाहिर जाने चिकित्सकहरूको चिन्ता छ । 
बुटवलस्थित कोभिड अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले अबको अवस्थामा व्यक्ति आफैँ सचेत र सावधान हुनुपर्ने बताए ।

जनस्वास्थ्यको मापदण्डलाई बेवास्ता गर्दा संक्रमण अझै बढ्ने थापा बताउँछन् । 

‘अब व्यक्ति आफैं सचेत नहुने हो भने संक्रमण रोकिने देखिँदैन । भौतिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, नियमित हात धुने र हात धुने अवस्था नभए स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । यति गर्न सकेमा संक्रमण फैलिनबाट धेरै रोक्न सकिन्छ,’ थापाले भने । 

संक्रमण कारण बढिरहेको छ, नियन्त्रण के गरी गर्न सकिन्छ भन्ने योजना प्रदेशको सामाजिक विकास मन्त्रालय र बुटवल उपमहानगरपालिकाले कुनै रणनीति बनाउन सकेको देखिँदैन ।

लक्षण देखिएकाहरूले आफै जाँच गरेर पुष्टि भएकाहरू गणना गर्नमा मात्र स्थानीय तहहरू केन्द्रित छन् । प्रदेश पाँचका १२ जिल्लामा १० हजार ९१८ संक्रमित पुगेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका डा. सागर न्यौपानेले कोरोना संक्रमण समाजमा डढेलो जस्तै फैलिएको बताए । ‘कोरोना निकै महंगो सावित हुँदैछ,  हाम्रो समाजका लागि । समाज असहिष्णु बन्दैछ ।

वृद्धवृद्धा र रोगीहरूलाई संक्रमण आफ्नैले सारिरहेका छन् । हामी सबै सचेत नहुने हो भने बजार खुलेपछि सोच्न पनि नसकिने अवस्था आउन सक्छ,’ न्यौपानेले भने । 

प्रदेशमा अहिलेसम्म ७७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । अहिले यस प्रदेशमा संक्रमितको ६० प्रतिशत होम आइसोलेसनमा बस्दै आएका छन् । 

सरकारले होम आइसोलेसनमा बस्न सक्ने प्रावधान ल्याएपछि संक्रमण देखिएका तर, लक्षण कम भएकाहरू घरमै बस्न थालेका हुन् ।

प्रदेशमा झण्डै १ हजार ५ सय जना होम आइसोलेसनमा छन् । घरमा बस्दा अरूलाई संक्रमण सर्ने सम्भावना बढी हुन्छ ।

पछिल्लो समय परिवारका एक व्यक्तिमा कोरोना देखिए परिवारका सबैमा संक्रमण फैलिएको देखिँदै आएको छ । 

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेशका नागरिकहरूलाई सचेतनासँगै सावधानी अपनाउनका लागि निरन्तर सूचित गरिरहेको दाबी गरे ।

अहिलेसम्म प्रदेश पाँचमा १ लाख १३ हजार ६३३ जनाको पीसीआर परीक्षण गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x