×

NIC ASIA

समाचार टिप्पणी

प्रचण्ड–पौडेल भेटको नालीबेली : कांग्रेससँग मिलेर ओलीविरुद्ध अविश्वास प्रस्ताव !

पुस ४, २०७७

Prabhu Bank
NTC
Premier Steels

शुक्रवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले संवाद गर्न खोजिरहेका थिए । तर दाँत दुखेको बहाना पारेर देउवाले भेट्न अस्वीकार गरे ।

Muktinath Bank

‘तपाईंहरूको आन्तरिक राजनीतिक समास्याको फड्के किनाराको साक्षी बसेर केही फाइदा छैन,’ सभापति देउवाले झर्किंदै नेता नेपालसँग टेलिफोनमा भने, ‘मैले रामचन्द्र पौडेललाई पठाउँछु, के–के कुरा गर्नुछ, उहाँसँग नै गर्नुहोस्, मेरो दाँत पनि दुःखेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाकै उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री हुन पाउने आश्वासनमा मख्ख परेर बसेका छन् । पेरिसडाँडामा आयोजित १ नम्बर प्रदेशका प्रचण्ड–नेपाल गुटका नेताको भेलामा नेकपाका प्रभावशाली नेता गौतम जान चाहेनन् ।


Advertisment
Nabil box
Kumari

आफू नेकपाको नेता भएकाले कसैको गुट नचिन्ने गौतमको अडान थियो । अध्यक्ष प्रचण्डले फोन गरेर सोधे, ‘तपाईं किन आउनुभएन पेरिसडाँडा ?’ जवाफमा गौतमले भने, ‘अब म कुनै पनि गुटका कार्यक्रममा जाँदैन र कतै नेकपाको बैठक भइहाल्यो भने चाहिँ खबर गर्नुहोला ।’

Vianet communication

प्रचण्डले हकार्दै भने, ‘तपाईं अन्तिम अवस्थामा जहिल्यै यस्तै गर्नुहुन्छ, पाको नेता भएर कुनै भरोसाको कुरा छैन, उनीहरूले तपाईंलाई फेरि चुनाव हराउनेछन्, के गर्न खोज्नुभएको हो ?

प्रचण्डको आग्रहले गौतमलाई कुनै असर गरेन । उनी पेरिसडाँडामा नजाने अड्डी कसेर दिनभर आफू निकटका सांसद र कार्यकर्तासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे गफ गरेर घरमै बसिरहे । 

वरिष्ठ नेता नेपालले गौतमसँग असन्तुष्ट हुँदै फोनमा भने, ‘तपाईं ललिपपको भूलभूलैयामा नलाग्नुहोस्, त्यो हुने आश्वासन हैन, किन केटाकेटी जस्तो गर्नुहुन्छ ?’

कांग्रेससँग संवाद गर्न खोजिरहेको प्रचण्ड–नेपालसँग कुरा गर्न आखिरमा नेता रामचन्द्र पौडेल पुगे । तनहुँको बुन्दीखोला पुल उद्घाटन गर्न जाँदा प्रहरीबाट दुर्व्यवहार गरिएको इगो समेत उनीसँग थियो ।

नेता पौडेलले केही दिनअघि आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई भनेका थिए, ‘तपाईंका सांसद किसान श्रेष्ठको दादागिरी धेरै भयो, त्यसको मूल्य तपाईंले चुकाउनु पर्नेछ हेर्नुहोला, हेर्दा जानुहोला ।’ त्यतिखेर ओलीले जवाफ फर्काएका थिए, ‘जे भयो भैसक्यो रामचन्द्रजी, चित्त नदुखाउनुहोला, तपाईंकै सुरक्षाको लागि त्यसो गरिएको हो ।’

प्रचण्ड–नेपालसँगको भेटमा पौडेलले शुरूमै भने, ‘ओलीको ज्यादती धेरै भयो, सहन नसकिने खालको भयो, यो त पञ्चायतभन्दा पनि लाजमर्दो किसिमको दमन भयो । राष्ट्रपति पनि तपाईंकै पार्टीको हुनुहुन्छ, प्रधानमन्त्रीले जे भन्यो त्यो मान्ने पनि राष्ट्रपति हुन्छ ? कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर हल्लाउँछ ?’

मुसुमुसु हाँसिरहेका प्रचण्डले पौडेललाई सोधे, ‘देउवाजीले त आज हामीसँग संवाद गर्न पनि चाहनुभएन, सरकारप्रति तपाईंहरूको आधिकारिक धारणा के हो ?’

जवाफमा पौडेलले भने, ‘म देउवाको जिम्मा लिन सक्दिनँ, उनको कुरा धेरै थरिका हुन्छन् तर यो सरकारलाई १, २, ३ जसरी भए पनि अविश्वासको प्रस्ताव ल्याएर भए पनि अपदस्त गर्नुपर्ने बहुमत कांग्रेसको मनसाय छ, जनताको माग पनि यही छ ।’

बीपी कोइरालाको दुईतिहाइ जनमत प्राप्त लोकप्रिय सरकार हुँदाहुँदै राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेको स्मरण गर्दै उनले भने, ‘यो सरकार इतिहासकै असफल सरकार हो तर बेलाबेलामा अध्यादेशको धम्की दिएर संवैधानिक कु गर्न खोजिरहेको छ, त्यो पुलिसको रिटायर्ड हाकिम र किसान मिलेर सांसद अपहरण गरेको हैन ? यसरी त लोकतन्त्रको भविष्य नै खतरामा पर्‍यो नि !’ व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेका केपी ओली गणतन्त्रवादी नै नभएको उनको आरोप थियो ।

नेता नेपालले पौडेललाई प्रश्न गरे, ‘तपाईंले देउवाजीलाई कन्भिस गरेर कुरा गर्न सक्नुहु्न्छ त ?’ 

पौडेलले जवाफ फर्काए, ‘उनको कुरा त म जान्दिनँ । उनलाई ओलीले के–के पदको प्रलोभन दिएका छन्, त्यसैमा रमाएका छन् तर कांग्रेस कुनै पनि हालतमा त्यस प्रकारको प्रलोभनमा फस्दैन, चारैतिर विरोध आएको छ, यस्तो बेलामा संवैधानिक नियुक्तिहरू हुनै सक्दैनन्, म एकपटक कुरा गर्छु ।’

पौडेलको कुरा सुनिसकेपछि नेता नेपालले देउवाको भूमिका साँच्चिकै शंकास्पद भएका कारण गणतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस एकपटक फेरि लचिलो भएर आउनुपर्ने बताएका थिए । ‘यो गणतन्त्र ल्याउन गिरिजाबाबुको ठूलो योगदान छ, अब यही संकटको स्थिति आयो र संविधानको उल्लंघन गर्ने काम हुँदै गयो भने हामी मिल्नुको विकल्प छैन । देउवाजीको भूमिका शंकास्पद छ, उहाँलाई कन्ट्रोल गर्नुहोला,’ उनले आग्रह गर्दै भने ।

पार्टीमा छलफलका लागि पेश गरिएको प्रचण्डको राजनीतिक प्रस्ताव समेत एकदमै ठीक रहेको र ओलीलाई हटाउनको लागि आफूले जस्तोसुकै भूमिका निभाउन सक्ने प्रण गर्दै पौडेल सिधै देउवा निवास बूढानिलकण्ठ पुगेका थिए । दाँत दुख्यो भनेर प्रचण्डलाई नभेटेका देउवा बूढानिलकण्ठमा एनआरएनका प्रतिनिधिसँग हाँस्दै फोटो खिँचाइरहेका थिए । रामचन्द्रले देउवासँग के कुरा गरे ? यसबारे कुनै स्रोतबाट जानकारी प्राप्त हुन सकेन ।

देउवाले प्रचण्ड–नेपाललाई भेट्न अस्वीकार गरे पनि प्रमुख विपक्षी दल हुनुको नाताले कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । गगन थापा, विश्वप्रकाश शर्मा जस्ता सम्भावना बोकेका नेताहरूले समेत ओलीसँग कुनै सम्झौता नगर्न सल्लाह दिएका छन् । 

एक पटक फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश आउनासाथ जारी गर्नु संविधानको भावना र मर्म विपरीत भएको कांग्रेसका अधिकांश नेताको सार्वजनिक धारणा आएसँगै यस्तो बदनाम भएको सरकारसँग मिलेर देउवाले आफ्ना मान्छेलाई लाभको पदमा भर्ना गर्नका लागि आत्मघाती कदम नउठाउने धेरैको बुझाइ छ । 

अध्यादेश फिर्तालाई शितलनिवासले आफ्नो गरिमा र प्रतिष्ठासँग जोडेको जानकारी बालुवाटारलाई दिएको छ । मन्त्रिपरिषद्मा सल्लाह नै नगरी ओलीको एक्लो चाहनामा ल्याइएको अध्यादेश फिर्ताको सन्दर्भमा पछिल्लो पटक बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कुनै कुरा नउठाएपछि अध्यादेश तत्कालको लागि ‘पर्ख र हेर’को अवस्थामा छ । प्रधानन्यायाधीश र सभामुख समेतले असन्तोष जनाएको अध्यादेश ओलीलाई ‘निल्नु न ओकेल्नु’ भएको छ ।

नाम मात्रको औपचारिक मन्त्रिपरिषद् बैठकमा सहभागी भएका एक मन्त्री भन्छन्, ‘अध्यादेश ल्याउँदा हामीसँग कुनै सल्लाह गरिएन, फिर्ता गर्दा पनि कुनै सल्लाह गर्नुपर्दैन । यो एक प्रकारको राष्ट्रपतिज्यू र प्रधानमन्त्रीजीको अन्डरस्ट्यान्डिङको कुरा भएको छ ।’

मन्त्रीहरू मात्रै होइन, ओली गुटकै नेताहरू पनि उनको पछिल्लो गतिविधिसँग सन्तुष्ट छैनन् । पछिल्लो पटक ओलीलाई बैठकमा उपस्थित गराएर अध्यादेश फिर्ताको निर्णय गराउन नेताहरूले ठूलै पापड बेल्नुपरेको थियो । अझ नेताहरू भीम रावल र पम्फा भुसाल आवश्यक सांसदको हस्ताक्षर बोकेर शितलनिवास पुगेपछि बालुवाटार निकट नेताहरू ‘अब सरकार ढल्ने’ निष्कर्षमा पुगिसकेका थिए ।

१ नम्बर प्रदेशका प्रचण्ड–नेपाल निकट नेताहरूको भेलालाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने तर्क गरे । ‘हामीलाई निकै नै पेलियो, पार्टीको निर्णय लागू गरिएको छैन, यदि निर्णय अनुसार अध्यादेश फिर्ता भएन भने जस्तोसुकै कदम चाल्न पनि पछि पर्नु हुँदैन,’ उनले कार्यक्रमम भने, ‘हामी जस्तोसुकै मूल्य चुकाएर भए पनि पार्टी एकताको रक्षाका लागि अडिग हुनुपर्छ तर जालझेल र षड्यन्त्रहरू रचिए त्यसलाई बलियो ढंगले जवाफ दिनुपर्छ ।’ भेलामा नेता नेपालले भने, ‘हामी दुःख पाएकाहरू एक भएर अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्रीबाट हटाउन खोजेमा ‘कुर्सी भाँचिदिन्छु’ भन्ने गरेका ओलीले संसद विघटन गरेमा, अध्यादेश फिर्ता नगरेमा पार्टीको निर्णय नमानेमा, मध्यावधि निर्वाचन घोषणा गरेमा, पार्टी फुटाएर गएमा के–के हुन्छ भनेर भेलामा सहभागी अन्य नेताले नेतृत्वसमक्ष चासो राखेका थिए । 

जवाफमा प्रचण्डले भनेका थिए, ‘यदि ओलीजीले पार्टीको निर्णय नमान्ने अनुशासनको कारबाही हुन्छ र चिज अगाडि बढ्छ ।’ 

त्यो चिज के हो ? प्रचण्डले प्रस्ट नखुलाए पनि भेलामा सहभागी एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले कुनै अप्रिय कदम चाल्ने देखियो भने त्यो कदम चाल्नुभन्दा अगाडि नै संसद अधिवेशन आह्वान गरेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन सक्छ । सांकेतिक जनाउ यही छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x