×

NMB BANK
NIC ASIA

मुगुमा कांग्रेसलाई बहुमत, एमालेले १ सीट जित्दा माओवादी ‘निल’

कात्तिक २०, २०७४

NTC
Premier Steels
छायाँनाथ रारा नगरपालिकामा कांग्रेसका उम्मेदवार हरीजङ्ग शाही विजयी भएपछि निकालिएको विजय जुलुस ।

मुगु, ४ जेठ–  मुगु जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकामा ७ वडा अध्यक्षसहित मेयर पदमा नेपाली कांग्रेस विजयी भएको छ । 

कांग्रेसका हरीजङ्ग शाही ३ हजार ५ सय ६० मत ल्याएर छायाँनाथ राराको मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर मल्लले ३ हजार ४ सय ४१ मत ल्याएका छन् । १ सय १९ मतअन्तले कांग्रेसका उम्मेदवार मेयरमा विजयी भएका छन् ।

उपमेयर पदमा नेकपा एमालेकी सुन्तला रोकाया ३ हजार २ सय २५ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरबहादुर बुढाले २ हजार ९ सय ७० मतप्राप्त गरेका छन् ।


वडा अध्यक्ष पदमा कांग्रेस बाट ७, एमाले ५ र माओवादी केन्द्रका २ उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर ३, ४, ६, ८, १०, ११ र १३ मा कांग्रेस, १, २, ५, ७ र १४ एमाले तथा ९ र १२ माओवादी उम्मेदवारले वडाअध्यक्ष जितेका छन् ।

विजयी मेयर शाही जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत अहेव (अधिकृत छैटौं) स्थायी पदवाट राजीनामा गरी राजनीतिमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुन् । यस्तै उपमेयरमा विजयी भएकी एमाले उम्मेदवार रोकाया स्थायी शिक्षकबाट राजीनामा गरी राजनीतिमा होमिएकी हुन् ।

नगरपालिकाको मेयर र उपमेयर पदमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएतापनी उपमेयरमा भने एमाले उम्मेदवार विजयी भए ।

यस्तै कार्मारोङ गाउँपालीकामा कांग्रेसका छिरीङ क्याप्ने लामा १ हजार १ सय ७० मत ल्याइ प्रमुखपदमा बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सोनाम छिरिङ लामा तामाङलले १ हजार २७ मत ल्याए ।

उपप्रमुखमा भने एमाले उम्मेदवार छिरीङ तामाङ १ हजार ६१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका यूटोल तामाङले ९ सय १५ ल्याइन् । कार्मारोङ गाउँपालिकामा कांग्रेसले ४ वडा अध्यक्ष र एमालेले ५ वडा अध्यक्षमा जित हात पारेको छ ।

खत्याड गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेका उब्जन बहादुर शाही बिजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकै जयनन्दा रावल विजयी भइन् । वडा अध्यक्षमा नेपाली कांगे्रसका ३ जना, एमालेका ४ र माओवादीका ३ जना उम्मेदवार विजयी भएका छन् ।

१ नगरपालिका र तीन गाउँपालिका रहेको मुगुको सोरु गाउँपालिकाको नतिजा आउन बाँकी छ । जारी मतगणनाको पछिल्लो परिणमअनुसा त्यहाँपनि नेपाली कांग्रेसका उम्मेदवार लोकजंग शाहीले अग्रता लिएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x