चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका मुख्य–मुख्य स्थानमा यतिखेर जता हेर्यो त्यतै सडक खनिरहेको पाइन्छ तर अत्यन्तै व्यवस्थित तवरले काम हुने गरेको छ ।
ट्राफिक जाम हुन नदिन विशेष सतर्कता अपनाइन्छ । सडक छेउमा घेरो लगाइन्छ, कामदार सबैले सुरक्षा विधि अपनाउँछन् र अत्याधुनिक मशिनको सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । पोखरा शहरमा यसरी विभिन्न १५ स्थानमा काम भइरहेको छ ।
हरेक स्थानमा इन्जिनीयर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कूल २२५ जना बढीले एकैपटक धमाधम काम गरिररहेका छन् ।
यो हो – पोखरेलीलाई शुद्ध खानेपानी खुवाउने महत्त्वाकांक्षी ८ अर्बको खानेपानी आयोजना । जसलाई पोखराको ‘मेलम्ची’ समेत मान्ने गरिन्छ । संघीय राजधानी काठमाडौंमा मेलम्चीको पानी वितरण प्रक्रिया शुरू भइरहेको बेला पोखराको खानेपानी आयोजनामा सुधार भइरहेको छ ।
पोखरा महानगरपालिका–९ नयाँबजारमा भइरहेको काममा सेफ्टीमा खटिएका देवेन्द्र गौतम भन्छन्, ‘जापानी प्रोजेक्ट भएको हुँदा पोखरेलीको लागि यो खुशीको कुरा हो । अबको १८ महिनापछि पोखरेलीले सिधैं धाराबाटै पानी पिउन सक्छन् ।’
उनका अनुसार ८ अर्बको खानेपानी आयोजनाअन्तर्गत मूल सडकमा मुख्य पाइप तथा घरघरमा जाने स्थानमा सहायक पाइप बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखराको लेकसाइड, सभागृह चोक, न्यूरोड, सिमलचौर लगायतका स्थानमा पाइप बिछ्याइसकिएको छ । नयाँबजार, बिरौटा, विन्ध्यवासिनी, चिप्लेढुंगा, पस्र्याङ, नदीपुर, मुस्ताङचोक लगायत १५ स्थानमा धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।
सुरक्षाका विधि र सवारी चाप व्यवस्थापन गर्दै निकै व्यवस्थित ढंगले काम भएको देख्दा पोखरेली समेत दंग छन् । पोखरा सिर्जना चोकमा ऋषि बराल भन्छन्, ‘विदेशी प्रोजेक्टको कामबाट नेपालीले पनि धेरै कुरा सिक्नुपर्दो रहेछ भन्ने लाग्यो । अत्यन्तै व्यवस्थित ढंगले काम हुनुको अर्थ नै विकासले फड्को मार्ने हो । नेपालीले सिको गर्नु जरुरी छ ।’
पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत झण्डै ४ लाख पोखरेलीलाई शुद्ध पानी खुवाउने यसको लक्ष्य छ । त्यसको लागि पोखरामा वितरण हुने सबैभन्दा ठूलो खानेपानी आयोजनाको मूल रहेको मर्दीदेखि पोखरासम्म करीब १०० किलोमिटरसम्म पाइप बिछ्याइने छ । पाइप बिछ्याउने र रिजर्भ ट्यांकी निर्माण गरेर व्यवस्थित र शुद्ध पानी घरघरमा पुर्याउने लक्ष्य आयोजनाको हो ।
हुन त पोखराको खानेपानी वितरण प्रणाली २०३६ सालदेखिको हो । यो झण्डै ४ दशक पुरानो भइसक्यो । यसैले पनि पोखरेलीका लागि वर्षायाममा धमिलो पानी टाउको दुखाइ विषय बन्दै आएको छ । मानवीय स्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण पानी नै धारामा लेदो र धमिलो आउनु कुनै पनि हालतमा स्वस्थकर होइन । पोखरेलीले आफूले जसोजसो छानेर वा उमालेर पिउनुपर्ने बाध्यता छ । कतिपय अवस्थामा नियमित रूपमा त्यही पानी पनि पाइँदैन ।
लामो समयदेखि पोखरेलीको त्यहीँ गुनासो र पानीको वितरण प्रणालीमा सुधार ल्याउन आयोजनाले गत वर्षदेखि खानेपानीको पाइप बिछ्याउने काम गरिरहेको छ ।
पोखरा खानेपानी सुधार आयोजनाका उपप्रमुख इन्जिनीयर आशिष कार्की भन्छन्, ‘पोखराभित्र १०० किलोमिटर दूरीको खानेपानी पाइप बिछ्याउने काम भइरहेको हो । त्यसमध्ये ४८ किलोमिटर मुख्य पाइप लाइन र बाँकी घरघरसम्म पानी पुर्याउने नेटवर्किङ पाइप विस्तार काम भइरहेको छ ।’
आयोजनाका लागि भण्डारण क्षमता विस्तार गर्न ३ ठाउँमा २० लाख लिटरका दरले रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । पोखरा–५ पस्र्याङ, पोखरा–११ फूलबारी र पोखरा–१५ कोलपाटनमा त्यसखालका ट्यांकी निर्माण भइरहेको छ । फूलबारी र पस्र्याङमा जमिनमुनि र कोलपाटनमा ओभरहेड ट्यांकी बन्नेछन् । यसरी ठूला ट्यांकी जोड्ने गरी पाइप विस्तार र पोखरेलीको धारासम्म पुग्ने गरी नेटवर्किङ सुधार भइरहेको छ ।
आयोजनाअन्तर्गत हाल वितरित पानी थपिने नभई वितरण प्रणालीमा सुधार र शुद्ध पानी हुने जनाइएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटर पानीको माग छ । केही पानी चुहावट पनि छ । त्यसैले पोखरामा अझै दैनिक १ करोड लिटर पानी अपुग रहेको पाइन्छ ।
मुख्य मुहान मर्दीबाट दैनिक ४ करोड ४० लाख लिटर र भोटीखोलामार्फत दैनिक ३० लाख लिटर पानी आपूर्ति हुने गरेको छ । त्यसमध्ये ८० प्रतिशत माग मर्दीले धानेको हो ।
उता कालीमुढाबाट पनि ३० लाख लिटर पानी आउने गर्दछ भने खानेपानी संस्थानका ७ वटा बोरिङमार्फत दैनिक ७० लाख लिटर पानी आपूर्ति हुने गरेको छ । खानेपानी संस्थान, पोखराले महानगरका विभिन्न १९ वटा वडामा खानेपानी वितरण गरिरहेको छ ।
आयोजनाका इन्जिनीयर सन्तोषकुमार दासका अनुसार जापानी दातृ निकाय जाइकाको ऋण सहयोगमा सरकारले खानेपानी आयोजनामा सुधार ल्याउन लागेको हो । आयोजना काठमाडौंको मेलम्चीपछिको दोस्रो ठूलो आयोजनाका रूपमा लिइन्छ ।
खानेपानी संस्थानले आयोजना पूरा भएपछि ऋण तिर्ने जनाइएको छ । आयोजनाका लागि २०१९ मार्चमा सम्झौता गरेको थियो । जापानी निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेसनमार्फत धमाधम काम भइरहेको हो । हालसम्म एकतिहाइ काम सम्पन्न भइसकेको र अबको १८ महिनासम्म निर्माण सम्पन्न हुने लक्ष्य छ ।
पोखरामा पाइप विस्तारसँगै मर्दीमुहानमा ४ करोड २० लाख लिटर पानी शुद्धीकरणलाई ट्रिटमेन्ट प्लान्ट बन्नेछ भने पुरुञ्चौर र हेजामा समेत सो खालका प्लान्ट बन्नेछन् ।
क्षेत्रफलका हिसाबले नेपालमै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा वितरित पानीका ४६ हजार धारा छन् । वर्षमा करीब १ हजार ५०० धारा थपिन्छन् । १ जनाका लागि दैनिक १३० लिटर दरले पानी खर्च हुन्छ अनुमान छ । ४ लाख पोखरेलीले दैनिक पानी प्रयोग गर्छन् । त्यसबाहेक करीब ३० प्रतिशत पानी चोरी र चुहावट हुन्छ ।
दैनिक ७ करोड लिटर पानी आपूर्ति गर्न सक्ने हो भने मात्र यहाँको माग थेप्न सक्छ । यसरी बर्सेनि ठूलो संख्यामा धारा थपिने र दैनिक माग पनि बढ्दै गएको हुँदा आगामी दिनमा पोखरामा थप खानेपानीको स्रोत पहिचान आवश्यक छ । त्यसतर्फ सरोकार निकायले ध्यान दिनु जरुरी छ ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...