×

NMB BANK
NIC ASIA

टपरी बेचर मासिक ५० हजार कमाइ

कात्तिक २०, २०७४

NTC
Premier Steels
धादिङ, १३ पुस -भूकम्पले क्षतिग्रस्त धादिङका भूकम्प प्रभावितहरुले घरमै वसेर आयआर्ज गर्न थालेका छन् । 

भूकम्प गएको २० महिनासम्म पनि सरकारबाट जीविकोपार्जनका लागि कुनै सहयोगको नपाएका उनीहरुल गाउँमा आउने विभिन्न संघसंस्थाहरुको सहयोगबाट दीर्घकालिन आयआर्जनमा लागेका हुन् । 

धादिङ चैनपुर गाविसकी हिरादेवी आलेले डेनमार्क सरकारको सहयोगमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले भूकम्प प्रभावित व्यक्तिहरुका लागि स्थानीय सझेदार संस्थाहरुमार्फत् कार्यान्वयन गरेको ९ महिने जीविकोपार्जन सम्बन्धी कार्यक्रमको सहयोगमा दुनाटपरी बनाउने सहयोग पाइन् ।

प्रशिक्षार्थी रहेकै समयमा उनले एक महिनामा घरको नियमित काम भ्याएर पनि ३ हजार ६ सय रुपैयाँको टपरी बिक्री गरिन् । ‘आफ्नै घर छेउमा पाइने पात र बासको प्रयोग बाट आफ्नो फुर्सदको समयलाई सदुपयोग गरेर भएको आम्दानी मेरा लागि निकै ठूलो थियो’ आलेले भनिन, ‘यसबाट मैले टपरीको बजार प्रसस्त भएको बुझें ।त्यसैले यसलाई निरन्तरता दिने निधो गरे ।”


अहिले उनी कार्यक्रमले सहयोग गरेको सामुदायिक सुविधा केन्द्रमा रहेको मेशिनबाट दुना टपरी बनाउछिन् र मासिक ६ हजार रुपैया आम्दानी गर्छिन् । यस ठाउामा हिरादेवी जस्तै दुनाटपरी बनाउने १० जना महिलाहरुको समूह छ । उनीहरु सबै आलोपाला मेशिनको प्रयोग गरीे टपरी बनाउँछन् ।

उनीहरुका उत्पादन जिल्ला सदरमुकाममा मात्र होइन, काठमाडौंदेखि जनकपुरमा समेत माग छ । २५ हजार दुनाटपरी जनकपुरमा बिक्री गरेको उनीहरु बताउँछन् बढ्दो बजार मागले गर्द अहिले यो कार्य गाउको एउटा नमूना उद्यम को रुपमा विकास भएको छ । गाउँका १० जना महिलाहरु यही काम गरेर मासिक ५० हजार रुपैया जति गाउमा भित्र्याउछन् । बजार माग अनुसार आपूर्ति गर्न नसकेको सम्झना आले मगर बताउछिन् ।

स्थानीय तहमै पर्याप्त मात्रामा पात र सिन्का उपलब्ध हुने भएकाले यो व्यवसायको शुरु गरिएको स्थानीय महिलाहरु बताउछन् । यो कार्यक्रम शुरु गर्नु पहिले पनि केही महिलाले दुना टपरी बनाउने काम गर्थे । तर हातले काम गर्दा समय पनि बढी लाग्ने गथ्र्यो भने यसको बजार पनि राम्रो थिएन ।

त्यसैले उनीहरु दुनाटपरी घरायसीप्रयोजनका लागि मात्र प्रयोग गर्थे । तर अहिले मेशिनको प्रयोग गरेपछि उत्पादन पनि बढ्यो र बजार माग पनि बढ्यो । त्यसैले उनिहरु यसको व्यवसायिक उत्पादन गर्न उत्साहित देखिए ।

स्थानीय राजनीतिक दलका नेता र गविस सचिव पनि निकै राम्रो व्यवसाय छनौट गरिएको महसुस भएको धारणा राख्छन् । कार्यक्रमले शुरुवाती चरणमा राजनीतिक दल, स्थानीय महिला, गाविस सचिव सबैको सल्लाह र सुझावमा यो व्यवसाय छानिएको थियो । छनौट भए पछि निकै छोटो समयमा काम गरिएको थियो ।

करिब ८ महिना अवधिको कार्यक्रमले छोटो समयमा चैनपुरका जागरिला महिलालाइ सफल लघु उद्यमी बनाएको छ । यो सफल कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनका लागि गाउ विकास समितिले उपयुक्त सहयोग जारी राख्ने गाविस सचिव गिरी राज विष्टले बताए ।

अहिले जिल्लामा विभिन्न संघ संस्था र सरकारले दिने सहयोगलाई आयआर्जनका दीर्घकालिन उपायहरुको खोजीमा लगानी गर्नु पर्ने आवश्यकताको महशुस सबै सरोकारवालाहरुले गरेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x