×

NMB BANK
NIC ASIA

लोकान्तर खोज

चार्टर्ड उडानमा व्यापक ठगी: सरकारी छानबिन औपचारिकतामा सीमित, प्रहरी भन्छ– पीडित नै भेटिएन

असार २१, २०७८

NTC
तस्वीरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
Premier Steels

निषेधाज्ञाका समयमा चार्टर्ड उडानमार्फत विदेश यात्रा गरेका हजारौं यात्रुहरू ठगिएका छन् ।

Muktinath Bank

सामान्य अवस्थामा निर्धारित भाडाभन्दा चार गुणासम्म बढी रकम लिएर एयरलाइन्स र ट्राभल एजेन्सीहरूले ठगी गरेपनि हालसम्म कसैलाई पनि कारवाही हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गठन गरेको छानबिन समिति औपचारिकतामा मात्र सीमित देखिएको छ । उता प्रहरी भने पीडित नै भेट्न नसकेको बताउँछ । 


Advertisment
Nabil box
Kumari

कोरोना महामारीका बेलामा मानवता देखाउनुपर्नेमा एयरलाइन्सदेखि ट्राभल एजेन्सीले चरम लुट मच्चाए पनि कारवाहीमा सरोकारवाला निकाय उदासीन छन् ।

Vianet communication

विभिन्न कारणले कारवाही गर्न नसकिएको भन्दै सम्बन्धित निकायका अधिकारीहरू नै पन्छिने गरेका छन् ।

****

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का कमलदेव साह हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट जेठ ३१ गते काठमाडौंबाट दमाम पुगेका थिए ।

साउदी अरबको दमामस्थित फाइभ स्टार होटलमा १ हप्ता क्वारेन्टीनमा बस्ने व्यवस्थासहित हवाइ भाडा तथा होटल समेतको खर्च जोडेर साहले २ लाख ७ हजार रुपैयाँ तिर्नुपरेको थियो ।  काठमाडौंस्थित रविता इन्टरनेसनल ट्राभल्स एण्ड टुर्सलाई उक्त रकम दिएको साह बताउँछन् ।  

१ लाख ७ हजार रुपैयाँ हवाई टिकटका लागि तथा १ लाख रुपैयाँ दमाममा फाइभ स्टार होटलमा राख्नका लागि खर्च लाग्ने भनेर उक्त ट्राभल एजेन्सीकी कर्मचारी सविता नायकलाई कुल २ लाख ७ हजार रुपैयाँ दिएको साहले लोकान्तरलाई बताए।

१ लाख ९९ हजार रुपैयाँ बैंक ट्रान्जिक्सनमार्फत तथा ८ हजार रुपैयाँ नगद दिएपछि कुल २ लाख ७ हजार रुपैयाँ प्राप्त भएको बिल समेत लिएका छन् ।

नर्मल अवस्थामा काठमाडौंदेखि दमामको भाडा २० देखि २५ हजार रुपैयाँ मात्र पर्छ, तर चार्टर्ड विमान भएका कारण १ लाख ७ हजार रुपैयाँ टिकट भाडा लिएको उनले बताए ।

दमाम पुगेपछि मात्र आफू ठगिएको कुरा थाहा पाएको उनी बताउँछन्। धेरैजसो यात्रुहरूसँग प्याकेजसहित कुल १ लाख ५५ हजार रुपैयाँ मात्र लिएको उनले थाहा पाए । केहीले १ लाख ८० हजार तथा केहीले २ लाख रुपैयाँ तिरेका रहेछन् ।

व्यक्ति अनुसार फरक-फरक रकम त लिइयो नै उता पुग्दा फाइभ स्टार होटलमा पनि राखिएन । होटल भनेर एउटा अपार्टमेन्टमा लगेर राखिएको उनले बताए ।

‘दमाम आएपछि यहाँ फाइभ स्टार होटलमा नराखेर फर्निस्ड अपार्टमेन्टमा राख्यो, फाइभ स्टार होटल भनेर प्याकेजमा पठाइएको थियो तर हामीलाई अपार्टमेन्टमा राखेर ठगी गरिएको थियो,’ साहले लोकान्तरसँग भने, ‘ठगी भएको कुरा मैले सामाजिक सञ्जालमा राखेर सम्पूर्ण बेहोरा पोस्ट गरेको थिएँ ।’

उनले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई पनि जानकारी गराए ।

तत्कालीन मन्त्री अरगरियाले पहल लिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले महानगरीय प्रहरी कार्यालयलाई पत्र काट्यो।

‘रबिता इन्टरनेसनल ट्राभल्स एण्ड टुर्सले काठमाडौं-दमाम एकतर्फी टिकटका लागि २ लाख ७ हजार रुपैयाँ भाडा असुल उपर गरेको तथा उक्त भाडादर त्यस वायु सेवाले यस प्राधिकरणमा उपलब्ध गराएको भाडा दरभन्दा अत्यधिक बढी देखिएको हुँदा सो सम्बन्धमा आवश्यक छानबिन गरी प्रचलित कानूनबमोजिम कारवाही गर्न प्राधिकरणको २०७८ असार ६ गतेको निर्णयानुसार अनुरोध छ,’ प्राधिकरणको उडान अनुमति शाखाका उप-प्रबन्धक ज्ञानेन्द्र भुलले पठाएको पत्रमा उल्लेख छ ।

यसरी प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएपछि उक्त टुर्सका साहलाई ३० हजार रुपैयाँ बैंक खातामार्फत फिर्ता गरेको साहले बताए ।

प्राधिकरणले महानगरीय प्रहरी कार्यालयलाई काटेको पत्रलाई आवश्यक कारवाहीका लागि भनेर महानगरीय अपराध महाशाखामा पठाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले लोकान्तरलाई बताए।

उक्त पत्र अपराध महाशाखामा आएपनि कुन कानूनअनुसार के विषयमा कारवाही गर्ने भन्ने कुरा नै नखुलेको महानगरीय अपराध महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन् ।

'यदि ट्राभल एजेन्सीले बढी मूल्य लिएर टिकट काटेर ठगी गरेको हो भने त्यसका लागि पीडितले यहाँ जाहेरी दिनु पर्छ,' एसपी भट्टराईले भने, 'तर, यहाँ पीडित नै सम्पर्कमा नआएको तथा पीडितले जाहेरी समेत नदिएकाले ठगी मुद्दामा कारवाही गर्न सकिएको छैन ।'

यद्यपि नागरिक उड्डयन प्राधिकरणले पत्र पठाएर भनेको ट्राभल एजेन्सीका सञ्चालकलाई बोलाएर कुन-कुन शीर्षकमा के कति रकम लिइएको छ भन्ने कुराको छानबिन गरिरहेको उनले बताए।

‘हामी त पीडित को हो भनेर खोजी नै गरिरहेका छौं, पीडित कोही भेट्नुभएको छ भने मलाई जानकारी गराउनुस् । त्यसपछि पीडितले दिएको जाहेरीअनुसार कारवाही गर्छौं,’ एसपी भट्टराईले भने ।

****

काठमाडौंका श्री अधिकारीले जेठ १३ गतेका दिन निषेधाज्ञाको समयमा टर्किस एयरलाइन्सको चार्टर्ड जहाजबाट काठमाडौंदेखि टर्कीको इस्तानबुलसम्म यात्रा गरे ।

इस्तानबुलमा ट्रान्जिट गरेर फेरि इस्तानबुलदेखि युगान्डाको इन्तेबे पुगे । अधिकारीका अनुसार उक्त हवाइ यात्राका लागि उनीसँग १३ सय अमेरिकन डलर भाडा लिइएको थियो।

सामान्य समयमा नर्मल फ्लाइट हुँदा ६ सयदेखि ७ सय डलर भाडा लिने गरिएको अवस्थामा चार्टर्ड जहाजमा जानुपर्दा उनले नर्मलभन्दा दोब्बर भाडा तिरे । यसक्रममा टिकट काट्ने ट्राभल एजेन्सीले डलर साट्ने नाममा पनि ठगेको उनले बताए ।

जेठ १० गते उनले टिकट कटाउने बेलामा १ डलरको १ सय १६ रुपैयाँ सटही दर नेपाल राष्ट्र बैंकले निर्धारण गरेको थियो । त्यसभन्दा २ रुपैयाँ बढी गरी १ सय १८ रुपैयाँका दरले रकम लिएको उनको कथन छ।

‘मसँग १ लाख ५४ हजार ५० रुपैयाँ हवाई भाडाका अलावा एटीएम कार्डबाट पैसा तिरेको थप ४ प्रतिशत बैंकको कमिसन पनि तिर्नुपर्छ भनेर थप ६ हजार रुपैयाँ समेत एजेन्सीले लियो,’ अधिकारीले लोकान्तरसँग भने, ‘अर्को ठगी मैले टिकट काटेको दिन डलरको रेट ११६.८४ थियो तर एजेन्सीले ११८.५० दरले पैसा लियो ।’

त्यसबेला प्रेसिडेन्ट ट्राभलले कतार एयरवेजको र मेगाबाइट ट्राभलले टर्किस एयरको जहाज चार्टर्ड गरेको थियो । यी दुवै एजेन्सीले उनलाई ठगी गरेको भएपनि कुनै कारवाही नहुने उनी बताउँछन् । ‘म दोहोर्‍याएर भन्छु, ती दुवै एजेन्सीलाई  कारवाही हुँदैन । एक करोड कमाएर ५ लाख जरिवाना तिर्‍यो भने पनि एजेन्सी फाइदामा नै रहन्छ ।’

उक्त विमानमा उनीसहित ४ जना नेपाली यात्रु थिए भने बाँकी रसिया, यूरोप, इटली, अमेरिका लगायतका यात्रुहरू पनि ठगिएको उनले बताए ।

****

यी त प्रतिनिधि पात्र मात्र हुन् । निषेधाज्ञा अवधिमा विभिन्न देशका लागि काठमाडौंबाट भएको अन्तर्राष्ट्रिय उडान तथा अन्य देशबाट नेपालका लागि भएको चार्टर्ड उडानमा यात्रा गर्ने हजारौं यात्रुहरू ठगिएका छन् ।

के गर्दैछ सरकारी छानबिन समिति?

कोरोना संक्रमणको रोकथामका लागि सीमित अन्तर्राष्ट्रिय उडान भइरहेको अवस्थामा केही ट्राभल एजेन्सीहरूले तोकेको भाडादरभन्दा अत्यधिक चर्को भाडा असुल गरेको गुनासो आएपछि सरकारले त्यसको छानबिनका लागि एउटा समिति गठन गरेको थियो।

२०७८ असार ७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

विभिन्न माध्यमहरूबाट मन्त्रालयलाई प्राप्त भएको गुनासोको सन्दर्भमा विस्तृत छानबिन गर्न तथा सबन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिश गर्न छानबिन समिति गठन गरिएको हो।

उक्त छानबिन समिति गठन भएको १५ दिन बितिसक्दा पनि छानबिन द्रुत गतिमा अगाडि बढ्न सकेको छैन। छानबिन समितिका संयोजक पोखरेलका अनुसार समिति गठन भएको १ महिनासम्ममा प्रतिवेदन पेश गर्नु पर्ने भनिएको छ ।

अहिले विभिन्न एयरलाइन्स र ट्राभल एजेन्सीहरूलाई पत्र काटेर कुन-कुन मितिमा कति जना यात्रुलाई कुन भाडादरमा उडान गराइएको भन्ने विषयमा औपचारिक रूपमा तथ्यांक संकलनको काम भइरहेको छानबिन समितिका संयोजक पोखरेल बताउँछन्।

एजेन्सीले टिकट काट्दा कहाँ-कहाँ कस्तो कैफियत देखियो भन्ने कुराको खोजी गरिरहेको उनको कथन छ ।

'महंगो भाडा तिर्नुपरेको भनिएका व्यक्तिको खोजी गरी तिरेको भाडाको प्रमाणस्वरूप स्लिप समेत हामीले माग गरेका छौं,’ उनले लोकान्तरसँग भने, ‘केही मानिसले त्यस्तो प्रमाण पनि दिनुभएको छ । हामी आफैं पनि विमानस्थलमा गएर विदेश गइरहेका यात्रुसँग समेत र्‍यान्डम्ली कति भाडा तिरेर गइरहनुभएको छ भनेर सोधखोज गरी अनुसन्धान गर्दैछौं ।’

अहिले नै छानबिनका सबै कुरा डिस्क्लोज गर्न नमिल्ने उनको कथन छ । कतिपय कुराको छानबिनका लागि प्रहरीलाई समेत लगाएर छानबिन गराइरहेको उनले बताए । ‘यो त सिधासिधा कालोबजारी तथा ठगीको केस हुने भएकाले त्यस्ता विषयको छानबिन गर्नका लागि हामीले प्रहरीलाई पनि लेखेर पठाएका छौं,’ पोखरेलले भने, ‘केही ट्राभल एजेन्सीलाई समेत हामीले सोधपुछ गर्ने काम गरेका छौं।’

यहाँ नेपालमा काम गर्ने एयरलाइन्सका कर्मचारीहरूले एयरलाइन्सको केन्द्रीय कार्यालयसँग अनुमति लिएर मात्र केही कुरा भन्न वा लेख्न सक्ने हुनाले पनि छानबिनमा समस्या भएको उनले बताए।

‘एक त एयरलाइन्स एजेन्सीले आफ्नो भाडा दर कति छ भन्ने कुरा सार्वजनिक गर्न चाहँदैन,’ उनले भने, ‘अर्कातर्फ उसले तोकेको भाडामा ट्राभल एजेन्सीले यात्रुसँग कति पैसा उठायो र एयरलाइन्सले कति पायो भन्ने कुराको खोजी समेत गरिरहेका छौं ।’

आफूहरूले ट्राभल्स एजेन्सीलाई सिधै कारवाही गर्न नमिल्ने उनको जिकिर छ ।

‘बढी भाडा लिने ट्राभल एजेन्सीलाई हामीले सिधा कारवाही पनि गर्न सक्दैनौं,’ पोखरेलले भने, ‘ट्राभल एजेन्सीहरू अहिले प्रदेश सरकार मातहत गएका छन्, प्रदेश सरकारले नै कारवाही गर्नुपर्छ ।’

यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षेत्राधिकारभित्र पर्ने विषयवस्तुमाथि प्राधिकरणले पनि कारवाही गर्ने उनले बताए।

अन्य निकायसँग सरोकार राख्ने विषयमा सम्बन्धित निकायलाई कारवाहीका लागि प्राधिकरणले लेखेर पठाउने पोखरेलले बताए ।

ठगिएका यात्रुहरू भने दोषीलाई कारवाही हुने र आफूहरूबाट असुलिएको बढी रकम फिर्ता हुनेमा आश्वस्त छैनन् ।

कोरोनाको प्रथम लहरका बेला नेपाल वायुसेवा निगमले नै बढी भाडा लिएको र सो समेत फिर्ता गराउन नसक्ने प्राधिकरणले उजुरी आव्हान गर्नु र अनुसन्धान गरी पैसा फिर्ता गर्छु भन्नु हास्यास्पद भएको ठगिएका एक यात्रुको गुनासो छ ।

‘प्राधिकरणलाई नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो गोजीमा र ट्राभल एजेन्टहरूले आफ्नो इशारामा राखेका छन्,’ उनले भने, ‘यात्रुले न्याय पाउने, सम्मान र संरक्षण पाउने कुरा कोरा कल्पना मात्र हो ।’

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x