×

NMB BANK
NIC ASIA

स्वरोजगार

विदेशको कमाइ छोडेर स्वदेशमै लाखौं कमाउँछन् घनश्याम

असार २६, २०७८

NTC
Premier Steels

कास्कीको हेमजाका घनश्याम तिमिल्सिनालाई अहिले नेपालमै विदेशसरी छ । विगतमा साउदी, मलेसिया र कतारमा गरी ९ वर्ष मजदुरी गरेका उनलाई स्वदेशमै केही गर्ने हुटहुटीले अहिले सफलताको बाटोमा डोर्‍याएको छ ।

Muktinath Bank

कास्कीमै सबैभन्दा ठूलो गाई फार्म चलाएका घनश्यामको दिनचर्या गाईसहित भैंसी र बाख्रापालन तथा खेतीपातीमा बित्छ । कुनै बखत रोजगारीका लागि विदेशिएका उनले अहिले आफैंले २५ जनालाई रोजगारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि व्यवसायमा हालसम्म ८ करोड लगानी गरिसकेको बताउने उनले मासिक ६ लाख बढी आम्दानी गर्छन् । घनश्याम भन्छन्, ‘कमाउनका लागि विदेशमा नै जानुपर्छ भन्ने केही रैनछ । विदेश जाने पैसाले स्वदेशमै पनि लगानी लगाउने हो भने यही गर्न सकिँदो रहेछ ।’


Advertisment
Nabil box
Kumari

विदेशी भूमिमा पसिना बगाएर नेपालमै केही गर्ने सोचले फर्केका उनले शुरूआतमा साझेदारीमा व्यवसाय सञ्चालन गरेका थिए । हाल उनको व्यवसाय एकल भएको छ । 

Vianet communication

त्यसबेला पोखराको मुख्यबजार चिप्लेढुंगा–महेन्द्रपुलदेखि ५०० मिटर नजिकै उनले हेमजाकै मधु त्रिपाठीसँग मिलेर हेम्जा गाई फार्म सञ्चालन गरेका थिए । करीब ५० लाख रुपैयाँ लगानीमा सञ्चालित फार्ममा दूध किन्न सर्वसाधारणको ओइरो लाग्थ्यो । फार्ममा घनश्यामको मात्रै २३ लाख रुपैयाँ लगानी परेको थियो । 

पोखरा बजारको मुख्यकेन्द्रमै रहेको फार्ममा २६ वटा गाई थिए । एउटै गाईको मूल्य १ लाख रुपैयाँसम्म पर्थ्यो त्यसबेला । जर्सी र होलस्टिनबीचको क्रसिङबाट उत्पादित गाई उनीहरूले इलाम, झापा र चितवनबाट खरिद गरी ल्याएका थिए् । फार्ममा अन्य ३ जना कामदार थिए ।

‘हामीले दूधमा कत्ति पनि पानी नहाली ग्राहकलाई बेच्यौं,’ त्यसबेला नै सफलताको बाटो डोरिनुको रहस्य खोल्दै उनले लोकान्तरसँगको कुराकानीमा भने, ‘त्यसैले पोखराको टाढा–टाढाबाट समेत दूध किन्न आउने हुँदा माग थेप्न सकिएन । बिस्तारै गाईको संख्या थप्यौं । अहिले यहाँसम्म आइयो ।’

करीब ४ वर्षसम्म त्यहाँ सञ्चालनपछि उनका सहयात्री मधु अमेरिका गए । घनश्यामले एकल स्वामित्व लिएर आफ्नै घर हेमजा फर्किए । त्यहाँ आफ्नो ७ रोपनी जमिनमा पुनः हेमजा गाई फार्म प्रालि नाममा फर्म चलाएका हुन् । हेमजामा ४ वर्षदेखि सञ्चालित फार्ममा १५० गाई, ५० भैंसी, ४० बाख्रा छन् । त्यस अलावा ३५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्छन् ।

उत्पादित दूध तथा तरकारी बिक्रीका लागि नजिकै छ पोखरा बजार । त्यहाँ पुर्‍याउन सकिएन भने पनि गाउँघरमै बिक्री हुन्छ । नजिकै आफ्नै बिक्री केन्द्र पनि छ । गाईवस्तुलाई खुवाउने घाँसका लागि २०० रोपनी जग्गा भाडामा लिएका छन् । त्यहाँ विभिन्न जातका घाँस बिरुवा रोपिएको छ । 

नेपालमै केही गरी युवा वर्गलाई प्रेरित गर्ने सोचका साथ आफूहरूले व्यावसायिकरूपमा गाईपालन शुरू गरेको घनश्याम बताउँछन् । उनको अनुभवमा विदेशमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने नेपालीहरू यहाँ काम गर्न हिच्किच्याउँछन् । तर उनलाई त्यस्तो लाग्दैन । बरु बिहान २ बजे नै उठेर फार्ममै रमाउँछन् । ५ बजेसम्म गाईभैंसी दुहेर सकिन्छ । दूध दुहुन उनले मशिन प्रयोग गर्छन् । त्यसपछि मार्केट जान्छन्, गाडी लिएर । यतिबेलासम्म बिहानको ९ बजिसकेको हुन्छ । त्यसपछि खाना खाइसकेपछि खेतबारीमा घाँस काट्न निस्कन्छन् । दिउँसो २ बजेसम्म फार्ममा फर्किसक्नुपर्छ । दिउँसो २ देखि ४ बजेसम्म दूध दुहुन्छन् । फेरि मार्केट पठाउँछन् । आफू फार्ममा दानाचोकर दिनतर्फ लाग्छन् । रातिको ८ बजिसकेको हुन्छ अनि खाना खाएर भोलिपल्ट बिहान २ बजे उठ्नका लागि सुत्छन् ।

कोरोना महामारीले भने व्यवसायमा केही प्रभाव पारेको छ । विगतमा पराल, चोकर सस्तो थियो, अहिले एक्कासी महंगो भएको छ । यसले लागत पनि बढ्ने हुँदा विगतमा भन्दा कम आम्दानी हुन्छ । १ हजार २०० पर्ने चोकरलाई अहिले १ हजार ८०० तिर्नुपर्छ । ४० हजारमा आउने पराल (करीब ५ टन) अहिले १ लाख १० हजार तिर्नुपर्छ । गाईवस्तुको उपचारसँगै कामदारको तलब, घाँस, चोकर, ढुवानी लगायतमा उनको खर्च छ । 

ठूलो रकम खर्चेर विदेशमा जानुभन्दा स्वदेशमै खेतीकिसानी गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘बाहिर पैसा जान्थेन, युवाहरूले रोजगारी पाउँथे । अस्टे«लिया, अमेरिका जान्छु भन्नेहरू त्यही पैसा यहाँ लगानी गरेर फलफाप हुन्छ ।’

उनले उन्नत जातको बोयर क्रस गरिएको बाख्रापालन गरेका छन् । एउटै बाख्राको मूल्य ५० हजार रुपैयाँसम्म पर्छ । बोयर जातको बोका लगाउँदा एउटै बाख्रा ६ महिनामै करीब ५० हजार मूल्य बराबरको हुने उनले बताए । 

घनश्यामले भावी योजना छ – फार्म अझै विस्तार गर्ने । उनले भने, ‘आगामी वर्षमा अझै विस्तार गर्ने योजना छ । अग्र्यानिक तरकारी खेतीमा जोड दिनेछु ।’

स्वदेशकै माटोमा पसिना बगाएर मासिक मनग्ये आम्दानी गरेका घनश्यामको मेहनत देखेर छिमेकी पनि दंग छन् । उनीहरू घनश्यामको प्रशंसा गर्न चुक्दैनन् । पैसाको लागि घरबार छाडेर वर्षौसम्म विदेशिनुभन्दा स्वदेशमै पशुपालन तथा कृषि व्यवसायमा युवाहरू आकर्षित हुनु साँच्चिकै सबैको लागि प्रेरणाको स्रोत हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x