×

NMB BANK
NIC ASIA

अम्बर गुरुङको त्यो चर्चित गीत, जुन भारतमा प्रतिबन्धित भयो

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २५ जेठ – अगमसिं गिरीको शब्दमा रहेको गीत ‘नौलाख तारा उदाए धर्तीको आकाश हाँसेछ’ बोलको गीत १९५० ताका दार्जिलिङमा चोकचोकमा गाइने गीत थियो ।

Muktinath Bank


औपचारिक र अनौपचारिक हरेक कार्यक्रमको आकर्षणको केन्द्रमा रहेको यो गीत सन् १९६० मा मात्र कलकत्तामा गएर रेकर्ड गराइयो । सचिनमणि गुरुङको आर्थिक सहयोगमा अम्बरले उक्त गीत रेकर्ड गराउनु भएको थियो । सचिनले अम्बरलाई यो गीत दार्जिलिङमा मात्र नभएर सारा संसारका नेपालीलाई सुनाउनपर्ने बताउनुभएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 गीत रेकर्ड गराएलगत्तै अम्बर गुरुङलाई सिन्दुर जात्रा गरेर कालिम्पोङमा घुमाएको घटना अहिले पनि अम्बर पुत्र किशोरको स्मृतिमा ताजै छ । ‘नौलाख तारा’ त्यो समयमा यति चर्चित थियो कि किशोरका अनुसार दार्जिलिङका विभिन्न शहरका पसल–पसलमा यो गीत माइक लगाएर बजाइन्थ्यो र सुन्नेको भिड हुन्थ्यो ।


Advertisment
Nabil box
Kumari

 सो गीतको प्रभाव गीतसंगीतमा शौखिन नेपाली राजदरबारसम्म फैलन पुग्यो । अन्ततः अमर गुरुङलाई ‘नेपाल फिर्ता’ यसै गीतले गरायो । यो गीत उतिखेरको डिस्कमा रेकर्ड गराइएको थियो । बाटुलो सिडी जस्तै आकारको डिस्कलाई ग्रामोफोनमा राखेर बजाइन्थ्यो ।

Vianet communication

प्रतिबन्ध किन?

‘भारतीय रेडियो प्रसारण संस्था, 'प्रसार भारती'का तत्कालीन निर्देशक अनुपम लाहिरीले सो गीतको बारेमा भारत सरकारलाई अवगत गराए,’ संगीत अनुसन्धाता प्रकाश सायमी भन्नुहुन्छ, ‘सन् ६० को दशकमा भारतमा नेपालीहरूको अनुमानित जनसंख्या ९ लाख थियो ।

गीतले भारतमा नेपालीमाथि हुने गरेको थिचोमिचोको विरुद्धमा जागृत गरायो भन्ने आशयका साथ अम्बर गुरूङलाई सार्वजनिक स्थानमा उक्त गीत नगाउन भारत सरकारले निर्देशन दियो ।’ तर पनि गुरुङले सो गीत ढोका थुनेरै भएपनि धेरै ठाउँमा सुनाउनु भएको सायमी बताउनुहुन्छ ।

अम्बरपुत्र किशोर पनि सायमीकै तर्कलाई पुष्टि गर्दै भन्नुहुन्छ, ‘नेपालीमाथि खासगरी त्यो बखतमा चियाबगानमा हुने गरेको थिचोमिचोलाई गीतले सम्बोधन ग-यो भन्ने भारत सरकारको बुझाइका कारण बाबाको गीत प्रतिबन्धित भएको हो ।’ त्यतिमात्र होइन, पछि भारतकै सिको गरेर नेपालमा समेत उक्त गीतमाथि अघोषित प्रतिबन्ध लगाइएको किशोर बताउनु्हुन्छ ।

पछि सो गीतमाथिको प्रतिबन्ध भारतले हटायो । नेपालले पनि भारतकै सिको गर्दै प्रतिबन्ध फुकुवा गर्यो । त्यसमा भारतीय शासकहरूले अप्रत्यक्ष रूपमा सो गीत प्रतिबन्ध गर्न दबाब दिएको बताइन्छ । प्रकाश सायमी बताउनुहुन्छ ‘किन पो यहाँ आयौ नि’ भन्ने शब्द राजा महेन्द्रमाथि लक्षित भएको भन्ने व्याख्या राजानिकट व्यक्तिहरूले गरेर राजालाई अम्बरविरुद्ध उचाल्न खोजेपनि अम्बर गुरुङप्रतिको महेन्द्रको सद्भावमा कमी आएन ।’ 

गीतको पूर्ण पाठ :

हो...नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ नजली यहाँ झिलिली मनको तारा निभेछ गुराँस फुल्यो पहाडमा, मनको धुलो झरेछ नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको काँडाको माझ पहाडी फूल् छैन र कहाँ हाँसेको सुनको सपना आँखामा किन हो बाँधिल्यायौ नि घरको माया बिर्सेर किन पो यहाँ आयौ नि हो हो...मुटुको रगत एउटै हो, पीरको बह बेग्लै छ हामीलाई यहाँ चिन्यौ कि मनको चोट बेग्लै छ नियालि हेर हामीलाई भिजेको छैन परेला आँसुले गह भिजाए, अरूले निर्धा सम्झेला बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर अरूको सारमा हाँसेको आँसुका घुट्का पिएर पहाडी फूल नफक्री किन होे चुँडिल्यायौ नि मनको आगो निभाउन किन पो यहाँ आयौ नि

सुनौं गीतः

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x