×

NMB BANK
NIC ASIA

फ्लोर क्रशबारे प्रेम आले– एउटा मन्त्रीलाई आफ्नो पद गुमेको थाहा नहुने यो कस्तो लोकतन्त्र ?

साउन ४, २०७८

NTC
Premier Steels

नेकपा एमालेको निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका पूर्वमन्त्री प्रेम आलेले आफूले फ्लोर क्रश गर्नुको कारणबारे पछि खुलस्त पार्ने बताएका छन् ।

Muktinath Bank

लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै आलेले पार्टी एकताको प्रयास चलिरहेका बेला धेरै बोल्दा कुरा बिग्रिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'म अहिले बोल्न मिल्दैन । पछि खुलस्तसँग भन्छु,' आलेले भने, 'अहिले पार्टी एकताको प्रयास भइरहेका बेला धेरै बोल्यो भने कुरा बिग्रिन्छ ।'


Advertisment
Nabil box
Kumari

जनतालाई के जवाफ दिनुहुन्छ ? उनीहरूलाई पनि कारण थाहा हुनुपर्‍यो नि भन्ने प्रश्नमा केही खुलेका आलेले आफूलाई अपमानजनक ढंगले मन्त्रीबाट हटाएकोमा आक्रोश पोखेको संकेत गरे ।

Vianet communication

'एउटा मन्त्रीलाई आफ्नो पद गुमेको आफैंलाई थाहा हुँदैन भने त्यस्तो लोकतन्त्र के काम ? यो त राणा शासन जस्तो भैहाल्यो नि,' आलेले आक्रोशित हुँदै भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार प्रतिनिधि सभामा विश्वासको मत लिँदा एमालेका २२ सांसदले फ्लोर क्रश गरेर देउवालाई मत दिएका थिए ।

यसरी मत दिनेमध्ये १४ जना माधव नेपाल पक्षका थिए भने ८ जना ओलीपक्षीय भनिएका सांसद नै थिए ।

ओली सरकारमा वनमन्त्री रहेका आले आफ्नो कार्यकालमा विभिन्न अभिव्यक्तिका कारण चर्चा र विवादमा आएका थिए ।

झण्डै ५ महिना सरकारमा रहेका आलेलाई प्रतिनिधि सभा विघटनपछि हटाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x