×

NMB BANK
NIC ASIA

कृषिमा हचुवा लगानी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चाला– स्थापनाको ४ वर्षसम्म पनि प्रयोगशालामा ताला !

माटो जाँच गर्न किसानले जिल्लाबाहिर जानुपर्ने बाध्यता

साउन २०, २०७८

NTC
Premier Steels

कैलालीमा माटो परीक्षण प्रयोगशाला स्थापना भएको ४ वर्षभन्दा बढी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा जिल्लाको कैलारी गाउँपालिका–८ पृथ्वीपुरमा प्रयोगशाला स्थापना भएको हो तर व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी लिएको स्थानीय अँखुवा कृषि सहकारी संस्थाले गैरजिम्मेवार बन्दा स्थापनाकालदेखि नै बन्द रहेको छ ।

Muktinath Bank

२०७३ पुस ६ गते शुरू भएको परियोजना अन्तर्गत माटो परीक्षण सूक्ष्म प्रयोगशाला (मिनी ल्याब) पनि स्थापना भएको गरिएको थियो । स्थापनासँगै माटोको गुणस्तर परीक्षण गरी कृषि उत्पादनमा वृद्धि ल्याउने उद्देश्य राखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परियोजना कार्यान्वयन इकाई सञ्चालक समितिका सचिव अजित चौधरीले हालसम्म पनि सञ्चालनमा नआउँदा एकातिर लाखौंको यन्त्र उपकरणहरू प्रयोगविहीन भएका र अर्कोतिर स्थानीय कृषकले माटो परीक्षण गर्नबाट वञ्चित हुनुपरेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘कृषि आधुनिकीकरणमा प्रयोगशालाको ठूलो महत्त्व रहन्थ्यो । यसमा राज्यको ठूलो लगानी लागेको छ तर सञ्चालकहरूको कमी कमजोरीले स्थापनाकालदेखि नै बन्द छ ।’ प्रयोगशाला सञ्चालनमा ल्याएर माटो परीक्षणप्रति किसानलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।

Vianet communication

कूल २० लाख ९४ हजार लागतमा स्थापना गरिएको प्रयोगशालामा ८५ प्रतिशत लगानी परियोजनाकै छ । जहाँ ५ दर्जन बढी यन्त्र उपकरण रहेका छन् तर गाउँघरमै रहेको प्रयोगशाला सञ्चालनमा नल्याउँदा स्थानीय कृषकले माटो परीक्षण गर्न कञ्चनपुरस्थित बाली संरक्षण प्रयोगशाला सुन्दरपुर जानुपर्ने बाध्यता रहेको पृथ्वीपुरका भलमन्सा मायाराम चौधरीले बताए ।

सहकारीले केही उपकरण अपुग भएको, जनशक्ति अभाव र किसानमा अझै पनि शुल्क तिरेर परीक्षण गराउनुपर्छ भन्ने बानीको विकास नभएकाले सञ्चालन गर्न नसकेको दाबी गरेको छ ।

सहकारीका सचिव हेमराज ढुंगानाले शुरूमा निःशुल्क परीक्षण गर्दा केही नमूना जाँच गरिएको र पछि थोरै शुल्क लिन थालेपछि किसानले माटोको नमूना नल्याउँदा बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘माटोको अम्लीय र क्षारीय गुण परीक्षणको प्रतिनमूनाको जाँच शुल्क सरकारले ११२ रुपैयाँ तोकेको छ तर सहकारीले १०० रुपैयाँ लिने निर्णय गरेको छ । निःशुल्क गर्दा केही आए तर शुल्क लिन थालेपछि नमूना आउनै छोड्यो ।’

औजार नभएको अवस्थामा किटको माध्यमबाट परीक्षण गर्न सकिने भए पनि किसानमा परीक्षण शुल्क तिर्ने बानीको विकास नहुँदा समस्या भएको उनको भनाइ छ । हालसम्म १५० वटा माटोको नमूना मात्रै परीक्षण गरेको सहकारीले जनाएको छ । 

सहकारीले प्रयोगशाला अझै अधुरो रहेको समेत जिकिर गरेको छ । प्रयोगशालालाई चाहिने केही औजार नभएको र ती औजार खरिद गर्न ६ लाख रुपैयाँसम्म लगानी चाहिने बताइएको छ तर लगानीको अभावसँगै जनशक्ति अभावले सञ्चालनमा समस्या भएको सहकारीका सचिव ढुंगानाले बताए ।

सञ्चालनमा सहयोगको लागि वडा कार्यालयदेखि कैलारी गाउँपालिकालाई समेत अनुरोध गरेको तर सहयोग नहुँदा पनि अप्ठ्यारो भएको सहकारीको भनाइ छ ।

प्रयोगशालामा माटोको अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा नाप्न सकिन्छ, माटोमा भएको जैविक र प्राङ्गारिक गुण समेत यकिन गर्ने सुविधा सञ्चालन गर्न सकिने सहकारीले जनाएको छ ।

प्रयोगशाला सामुदायिक प्रकोप पीडित उद्धारको घरमा स्थापना गरिएको थियो । जिल्ला समन्वय समिति कैलाली तथा केही दातृ निकायको सहयोग र जनश्रमदान गरी साढे १४ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको थियो ।

तर सहकारी निष्क्रिय भएपछि प्रयोगशाला मात्रै प्रयोग भएको छैन । प्रयोगशाला राखिएको सो भवन समेत जीर्ण बनेको छ । मर्मतसम्भार नहुँदा भवनको ठाउँठाउँमा चिरा परेको स्थानीयले गुनासो गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x