×

NMB BANK
NIC ASIA

बसन्त चौधरीले पाउने भए प्रतिष्ठित केएलएफ अवार्ड

भदौ २४, २०७८

NTC
Premier Steels


भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलले २०२०–२१ का लागि ‘केएलएफ बुक अवार्ड’को घोषणा गरेको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरूका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्ड घोषणा गर्ने गरिन्छ ।

Muktinath Bank

वर्ष २०२०–२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड नेपालका कवि बसन्त चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले समेत पाउने भएको छ । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषी माझ चर्चित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरूबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।


Advertisment
Nabil box
Kumari

कलिंग लिटररी फेस्टिबल(केएलएफ) अन्तराष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको शहरले चिनिने भूवनेश्वरमा आयोजना गर्ने गरिन्छ ।
स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई आगामी डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ ।
कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाले कलिंग लिटरेरी फेस्टिवलमा साहित्यकार, कलाकार, पाठक तथा अन्य कैयन सफल व्यक्तिहरुबाट कैयन नयाँ अनुभव प्राप्त हुन्छ । महोत्सवमा लेखक, शिक्षाविद, नीति निर्माता, साहित्यिक, सांस्कृतिक व्यक्तित्व, सरकारी अधिकारी, राजनीतिक तथा सामाजिक कार्यकर्ता, कानून निर्माता, कर्पोरेट जगतका हस्तीहरु, आद्यात्मिक विचारक तथा विद्यार्थी समेतको सहभागिता रहने जानकारी दिए ।

Vianet communication

उनका अनुसार केएलएफ बुक अवार्ड विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो ।
पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरूले पुस्तकहरूको चयन गर्ने गर्छ । यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्धानहरू समेत सहभागी हुने गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x