×

NMB BANK
NIC ASIA

बागमती सफाइ: अतिथि फोहरमा छिर्नै डराए, सर्वसाधारणले जिउ डुबाउँदै गरे सफाइ (फोटो फिचर)

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३ असार– बागमती सफाइ अभियानको २१४ औं श्रृंखला अन्तर्गत शनिवार ललितपुरको थापाथलीस्थित बागमतिमा नदी किनारमा सरसफाइ गरिएको छ ।
 

बिहान ७ बजे देखि सरसफाई अभियान शुरु गर्ने भनिएपनि साढे ७ बजेमात्र औपचारिक कार्यक्रम सुरु भयो । औपचारिक कार्यक्रम नै करिब एकघण्टा लामो चल्यो । उपस्थित अतिथीहरुले बोल्नमै एक घण्टा बिताए ।

८ बजेतिर बागमती छिरेर सरसफाई सुरु भयो । सरसफाइ कार्यक्रम भने बिहान ७ बजेदेखि ९ बजेसम्मका लागि तोकिएको थियो ।  

कार्यक्रममा बागमति सरसफाई अभियानको सद्भावना दूतका रुपमा नियुक्त भएकी बलिउड अभिनेत्री मनिषा कोइराला उपस्थित  थिइन् । उनको नियुक्तीको औपचारिक घोषणा पनि त्यहीँ भयो ।

कार्यक्रममा पूर्व सहरी विकास मन्त्री अर्जुन नरसिंह केसी, मुख्य सचिव सोमलाल सुवेदी, शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, ललितपुरका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल, हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) लगायतका अतिथिहरु उपस्थित थिए ।

औपचारिक कार्यक्रम लामो चलेपछि सफाइ गर्न ढिला भएको भन्दै साझा पार्टीका नेता किशोर थापा लगायत अन्य दश जना व्यक्ति मास्क, ग्लोब्स र जुत्ता लगाएर बागमती छिरेका थिए ।

औपचारिक कार्यक्रमपछि अभियानमा सरिह हुन आएका विभिन्न संघसंस्था, नेपाल प्रहरी, नेपाली सेनाका प्रतिनीधि र सर्वसाधारणहरु बागमति सफ गर्न नदिमा पसेका थिए ।

सफाई गर्न सबैले हातमा ग्लोब्स, मास्क, पानी नछिर्ने अग्लो जुत्ता लगाएर डोको र औजार लिएर बागमती छिरेका थिए ।  

बागमती सफा गर्न सबै छिरे पनि त्यहाँ उपस्थित अतिथिहरु भने बागमतिको डिलमै बसेर हात हल्लाइरहेका देखिन्थे ।

त्यहाँ उपस्थित केहीको ध्यान भने मनिषा कोइरालासँग सेल्फी खिचाउनमा केन्द्रित भयो । सफाइमा आएको वताउने केही त ताँती नै लागेर मनिषाको पछि लागे ।

मनिषा, कांग्रेस नेता अर्जुन नरसिंह केसी लगायत केही अथितिले भने  नदिको छेउमा रहेका फोहरका केही टुक्रा उठाएर अगाडि बसिरहेका मिडिया सामु पोज दिँदै फोटो खिचाउन व्यस्त देखिए । उनीहरुले कहिले फोहर त कहिले डोको उचाल्दै फोटो खिचाए ।

बागमतीको सरसफाई गर्न आएका अरु सर्वसाधारण भने पानीमै छिरेर सफा गरिरहेका भेटिए ।
किशोर थापा लगायतको टोली भने बागमती किनारमा रहेको काँडाको तार पन्छाउन तल्लिन भेटिए । केहीले त आफ्नो आधा जीन नै भिजाएर काँडाको तार पन्छाउन प्रयास गरिरहेका थिए ।

केहीले जीउ नै भिजाएर बागमतीको फोहर सफा गरे पनि कार्यक्रममा उपस्थित भएका अतिथिहरु भने फोहर उठाएजस्तो गरेर फोटो खिचाउँदै मिडियामा चर्चा कमाउन तल्लिन देखिए ।

वास्तविक फोहर नउठाइ र सफाईमा भाग नै नलिइ ती अथिति एकैछिनमा वागमती किनारबाट गायव भए ।
ती मध्ये केही त बागमती नदिको किनारसम्म पनि नपुगी हात हल्लाउँदै बिदा भएको देखिन्थ्यो ।

मनिषा कोइराला पनि सेल्फी खिच्नेलाई पोज दिँदै र फोटो खिचाउनै बढी व्यस्त भइन् । उनको धेरै समय सरसफाई भन्दा फोटो खिचाउन मै बित्यो ।  

केही अतिथि भने सरसफाई सकेर सर्वसाधारणहरु बाहिर निस्कदासम्म मन्चमै गफिदै बसिरहेका भेटिए । औपचारिक पोशाकमा आएका उनीहरुलाई बागमतीको फोहर सफा गर्न अप्ठेरो लागेको हो या बागमतीको पानीसँग डर ? मिडियाबाजीमा खप्पिसहरु सामु यो प्रश्न उठेको छ ।



Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x