मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
कात्तिक ३, २०७८
कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि तत्काल ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ ।
बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्ने लगायत निर्णय गरेको हो।
अध्यक्ष चौधरीले केही विकास बजेटलाई कटौती गरी तत्काल ३ करोड बराबरको रकम सोही कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।
अध्यक्ष चौधरीले लोकान्तरसँग भने, ‘हामी अहिले निकै नै दुःखद अवस्थामा छौ । अहिलेको अवस्थाले गाउँपालिकालाई अपुरणीय क्षति भएको छ । हामीलाई निकै पछाडि धकेलेको छ । यसले दूरगामी असर पार्ने निश्चित छ । जसलाई मध्यनजर गरी केही विकास बजेटको रकम खाद्य बैंक स्थापनाको लागि बनाइने कोषमा जम्मा गर्ने निर्णय गरेका छौं ।’
जनप्रतिनिधि र कर्मचारीले १ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकले पनि आफ्नो एक दिनको पारिश्रमिक त्यही कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष चौधरी बताए ।
‘सामाजिक संघ–संस्थाहरूलाई समेत सक्दो सहयोग गर्न अपिल गरेका छौं’, उनले अगाडि थपे, ‘बाढीको क्षतिले गर्दा भोकमरी अवस्था आउन नदिन हामी सो खाद्य बैंकमार्फत खाद्यन्न आवश्यक परेका परिवारजनलाई खाद्यन्न उपलब्ध गराउने छौं ।’
गाउँपालिकाले चालू आर्थिक वर्षमा वडा कार्यालय तथा गाउँपालिका कार्यालयबाट सिफारिश दिएबापत लिने सिफारिश शुल्क समेत मिनाहा गर्ने निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिकाको सो बैठकले चालू आर्थिक वर्षमा हिउँदे बालीमा शत प्रतिशत अनुदान दिने निर्णय गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
पूरै गाउँपालिका नै बाढीले नराम्ररी प्रभावित भएको र ठूलो मात्रामा धान बालीमा क्षति भएको बताउँदै अध्यक्ष चौधरीले दुःख व्यक्त गर्ने निर्णय समेत भएको बताए ।
त्यस्तै बाढी प्रभावितलाई राहतका लागि प्रदेश र संघीय सरकारलाई राहत प्याकेज ल्याउन आग्रह गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जनाए ।
कैलारी गाउँपालिकामा धान बाली नै मुख्य बाली हो । आइतबारदेखि परेको अविरल वर्षाले सो गाउँपालिका पनि डुबानमा परेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...