×

NMB BANK
NIC ASIA

प्रदेश प्रमुखको पीडा: बिदाबाट नफर्किँदै पदमुक्त, आफू हटेको एक्कासि सामाजिक सञ्जालमा देखे !

कात्तिक २४, २०७८

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख गंगाप्रसाद यादव दिपावली र छठ पर्व मनाउन एक साताअघि गृह जिल्ला सप्तरी पुगेका थिए । 

Muktinath Bank

मंगलबार साँझ राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको नयाँ प्रदेश प्रमुखहरूको नामावली सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि मात्रै उनले आफू पदमुक्त भएको जानकारी पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडबाड बिदामा रहेका बेला पदमुक्त भएका यादव अब सुदूरपश्चिम नफर्किने मनस्थितिमा छन् ।


Advertisment
Nabil box
Kumari

६८ वर्षीय यादवले वैशाख २४ गते सुदूरपश्चिम प्रदेश प्रमुखको पदभार ग्रहण गरेका थिए । 

Vianet communication

त्यसो त सक्रिय राजनीतिबाटै प्रदेश प्रमुख बनाइएका उनी सरकार परिवर्तनसँगै आफ्नो पदावधि सकिनेमा निश्चित थिए । दिनगन्ती गरेरै बसेको बताउँछन्, उनी । तर अन्तिम मितिबारे भने अनविज्ञ थिए ।

उनी केपी शर्मा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए । सुदूरपश्चिमको नयाँ प्रदेश प्रमुखमा बाजुराका देवराज जोशी चयन भएका छन् ।

यसरी सरकार परिवर्तन भएपिच्छे प्रदेश प्रमुख फेरिनु दुर्भाग्य भएको उनले बताए ।

‘जुन सरकार आयो, त्यसैको प्रदेश प्रमुख हुन्छ । यो राजनीतिक पद्धतिको रूपमा विकास भइसकेको छ । त्यसैमा आफू पनि परियो । यो देशको लागि दुर्भाग्य हो । यहाँ त कोही एक महिना पनि बस्न पाउँदैनन् ।’

राजीनामा दिन गएको थिएँ

बेला न कुबेला हुने राजनीतिक नियुक्ति र पदमुक्त गर्ने प्रथाबाट आजित भएका यादव केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त हुनेबित्तिकै राजीनामा दिने तयारीमा थिए, तर रोकिए ।

उनले भने, ‘म त राजनीति गर्ने मान्छे हो । यो राजनीतिक नियुक्ति त्यस्तै हो । केपी ओलीज्यू प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै राजीनामा दिन भनेर काठमाडौं गएका थिएँ । तर साथीभाइले नदिन सुझाव दिएपछि दिन कुरेर बसेको हुँ ।’

उनले ६ महिना सुदूरपश्चिम बसाइ आफ्नो लागि सुखद रहेपनि सोचेको काम गर्न नसकेको बताए ।

उनले भने, ‘बसाइ राम्रो भयो । सबैको सहयोग पाइयो । त्यहाँको वातावरण राम्रो छ । प्रदेश सरकारको राम्रो सहयोग पाएँ । मैले पनि संविधानको परिधिभित्र रहेर काम गरेँ । तर केही काम गर्न खोजेको थिएँ, समयले मौका पर्न सकिएन ।’

पदमुक्त भएपछिको शेष जीवन सक्रिय राजनीतिमा बिताउने समेत उनको भनाइ छ ।

उनको खुलापन र सादगी छविले उनमा संवैधानिक मर्यादाको भाव नै झल्किँदैन । जुन कारण आफ्नो लामो राजनीतिक जीवनको क्रममा उनी जनतामाझ छाएका छन् ।

को हुन् उनी ?

२०२२ सालमै उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

२०२८ सालमा राप्रपानिकट युवक संगठनको जिल्ला सभापति भएका सोही वर्ष गोरखा दक्षिणबाहु पदक समेत प्राप्त गरेका थिए ।

२०३३ सालमा प्रधानपञ्च र २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि उनी सप्तरीकै जुगनिया गाविस अध्यक्ष भएका थिए । 

२०५९ मा राप्रपा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भएका हुन् ।

राप्रपाबाटै संविधान सभा सदस्य (२०७०) बनेका उनी उपसभामुखसम्मको उच्च ओहोदामा बसिसकेका छन् । 

उनी पछि एमालेमा प्रवेश गरेका थिए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x