×

NMB BANK
NIC ASIA

राप्रपामा राजेन्द्र लिङ्देनको उदय

निर्मल निवासको सक्रियताले मात्र हारेका हुन् कमल थापा ?

मंसिर १९, २०७८

NTC
Premier Steels

पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सकिएलगत्तै पछिल्लो समय शान्तप्रायः रहँदै आएको निर्मल निवास विवादमा तानिएको छ ।

Muktinath Bank

पूर्वराजा ज्ञानेन्द्रको निवासलाई विवादमा तान्ने काम गरेका छन्, राप्रपा अध्यक्षमा पराजित कमल थापाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाइदिए । 


Advertisment
Nabil box
Kumari

यतिमात्र होइन, थापाले हिमानी शाहको नाममा खोलिएको ट्वीटर ह्याण्डलबाट राजेन्द्र लिङ्देनलाई दिइएको बधाईको पनि खिल्ली उडाएका छन् । 

Vianet communication

प्रतिनिधि सभामा गरेका भाषण सुन्ने बाहेक आम जनताले राजेन्द्र लिङ्देनलाई चिन्दैनन् । २०७४ सालको आमनिर्वाचनमा राप्रपाले एक सांसद जितेको थाहा पाएकाले पनि राजेन्द्र लिङ्देनको नाम सम्झिँदैनन् । 

कांग्रेसले बोक्दा पनि पछिल्ला तीनवटा चुनावमा हारको ह्याट्रिक गरेका पशुपति शमशेर जबराले चुनावमा राप्रपाको बिउ जोगाएका लिङ्देनलाई ‘काँचो’को संज्ञा दिए । 

ग्रासरुटबाट राजनीति गरेर आएका लिङ्देनप्रति राणाले लगाएको आरोप सामान्ती व्यवहारको पराकाष्टा हो । 

त्यही काँचोले पञ्चायतदेखि गणतन्त्रसम्म तर मारेको ‘पाको’लाई पछार्‍यो । लोकतान्त्रिक विधिअनुसार भएको चुनावको नतिजा नआउँदै कमल थापाले लिङ्देनको जीतलाई स्वीकार गरेका छैनन् ।

कमल थापा प्रवृत्तिले लिङ्देनको अस्तित्व स्वीकार गरेको छैन । पराजयपछिका प्रतिक्रिया र आक्रोश हेर्दा थापा लिङ्देनलाई स्वीकारेर पार्टीमा बस्नेमा सन्देह छ ।

कमल थापालाई किन मन पराउँदैन निर्मल निवास ? 

कुनै बेला कमल थापा निर्मल निवासको प्रिय र विश्वासिलो पात्र थिए । 

२०६१ सालमा प्रत्यक्ष शासन शुरू गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले कमल थापालाई सरकारको मुख्य भूमिका गृह प्रशासनको जिम्मा दिएका थिए । 

निर्मल निवासलाई आरोप लगाउने क्रममा कमल थापाले लेखेजस्तै, २०६३ सालपछि राजतन्त्रको पक्षमा मानिसहरू बोल्न हिच्किचाउने समयमा उनले राजतन्त्रको एजेण्डा बोकेका थिए ।

२०६५ साल जेठ १५ गते संविधानसभामा गणतन्त्रको प्रस्ताव पेश गर्ने क्रममा स्व. चन्द्रबहादुर थापामार्फत गणतन्त्र घोषणाको प्रक्रियाप्रति आपत्ति जनाउन लगाउने पनि उनै हुन् ।

पहिलो संविधानसभाको असफलतापछि पूर्वराजा र कमल थापाहरूले धर्मलाई एजेण्डा बनाएर २०७० सालमा चुनाव लड्ने तयारी भयो ।

पूर्वराजाको समेत ग्रीन सिग्नल पाएपछि बहुपक्षीय प्रतिस्पर्धामा राप्रपा नेपाल संविधान सभामा सम्मानजनक हैसियतमा उपस्थित भयो । 

पूर्वपञ्चहरूको पार्टीका तर्फबाट दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा लगायतले प्रत्यक्षमै चुनाव जिते । २०७० सालको संविधानसभा चुनावमा राप्रपा नेपालको चुनावी एजेण्डा राजतन्त्र भन्दा पनि धर्म थियो । 

उसले हिन्दु धर्मको प्रतीकको रूपमा रहेको गाईलाई चुनाव चिह्न बनाएर निर्वाचनमा होमियो । ‘धर्म संरक्षण गर्ने पार्टी’ भन्दै सर्वसाधारणले राप्रपा नेपाललाई भोट पनि दिए । 

तर, धर्मको नाममा पाएको भोटलाई दुरूपयोग गर्दै सरकार गठन र विघटनको चक्करमा लागेपछि निर्मल निवाससँग थापाको चिसोपना शुरू भयो । 

धर्म संरक्षणको नाममा पाएको भोटलाई बेचेको आरोप निर्मल निवासले लगायो । 

२०७० सालको संविधानसभा चुनावपछि कमल थापा केपी ओली र शेरबहादुर देउवा सरकारमा उपप्रधानमन्त्री बने ।

त्यसपछि निर्मल निवासले थापाको सट्टा डा. प्रकाशचन्द्र लोहनी लगायत अरू नेतालाई गुड लिस्टमा राखेको स्रोतको दाबी छ । 

‘कमल थापाबाट राजतन्त्र पुनःस्थापनाको मिसन पूरा हुन सक्दैन भनेर निर्मल निवासले उतिबेलै निष्कर्ष निकालेको हो, थापाभन्दा लोहनी उपयुक्त विकल्प हुनसक्छन् भन्ने निर्मल निवासको विश्लेषण थियो,’ राप्रपाका एक पुराना नेताले लोकान्तरसँग भने । 

निर्मल निवासले राजतन्त्रको पक्षमा वकालत गर्नका लागि नेपाली कांग्रेसभित्र पनि एउटा समूह बनाउने कोशिश गरेको ती नेताले बताए । ​

राप्रपा अधिवेशनमा निर्मल निवासको हस्तक्षेप ?

निर्मल निवासको चाहना लिङ्देनभन्दा पनि लोहनी राप्रपाको अध्यक्ष बनुन् भन्ने थियो । तर लोहनीले कमल थापासँग प्रतिस्पर्धामा उत्रिन हिम्मत गरेनन् । 

त्यसपछि कमल थापाको विकल्प खोजिरहेका राप्रपा नेताहरूबीच नयाँ अनुहारलाई अगाडि सार्ने विकल्प आयो । नेपालगञ्जको मेयरमा निर्वाचित डा. धवलशमशेर राणाले अध्यक्षमा उठ्ने रुचि देखाएका थिए ।

तर, कमल थापा र पशुपति शमशेर जबराले उनलाई शुरूमै ब्लक गरे । प्रतिनिधि सभा निर्वाचनमा बिउ जोगाएको र बोल्न सक्ने उम्मेदवारको रूपमा लिङ्देनलाई अध्यक्ष बनाएर जाने सहमति भयो । विगतमा कमल थापानिकट मानिने राप्रपाका एक केन्द्रीय सदस्यका अनुसार लिङ्देनले जित्ने सम्भावना रहेकाले आक्रामक प्रचार नगर्ने सहमति भएको थियो । 

राप्रपाको अधिवेशनको पूर्वसन्ध्यामा लिङ्देन र धवलशमशेर लगायतले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए । त्यसक्रममा ज्ञानेन्द्रले आफूहरूलाई ‘ग्रीन सिग्नल’ दिएको लिङ्देन समूहले दाबी गर्दै आएको थियो । 

हुन पनि विगतमा पूर्वराजाको सरकारमा सहभागी मन्त्रीहरूले लिङ्देन प्यानलबाट महाधिवेशनमा प्रतिष्पर्धा गरेका थिए । लिङ्देनलाई निर्मल निवासको समर्थन रहेको कुरा कमल थापाले नै अघोषित रूपमा पुष्टि गरिदिएका थिए । 

महाधिवेशनअघि दिएको एक अन्तवार्ता र अभिव्यक्तिमा थापाले ‘निर्मल निवासले हस्तक्षेप नगरोस्, म अध्यक्ष जित्छु’ भनेर प्रतिक्रिया दिएका थिए । 

लिङ्देनले आफूलाई निर्मल निवासको समर्थन रहेको दाबी गर्नु र कमल थापाले हस्तक्षेप नगर्न गरेको आग्रहले महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई एउटा धारणा बनाउन मद्दत पुग्यो । 

लिङ्देनलाई निर्मल निवासको समर्थन रहे पनि चुनाव जित्छु भन्नेमा थापा विश्वस्त थिए । उनले पार्टीभित्र पुस्तान्तरणको कुरा गरेका लिङ्देनलाई खुलामञ्चमा दौडिएर जित्न चुनौती दिएका थिए । यसले कमल थापामा कति दम्भ थियो भन्ने आकलन गर्न सकिन्छ ।

निर्मल निवासलाई आरोप लगाएपनि थापा राप्रपाभित्र अलोकप्रिय बन्दै गएका थिए । निर्मल निवासको सक्रियता भन्दा पनि आफ्नै अलोकप्रियताले उनी पराजित भएको काठमाडौंमा आएका राप्रपा महाधिवेशन प्रतिनिधिहरूको बुझाइ छ ।

के गर्लान् कमल थापा ? 

२०६२/०६३ सालको जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको भन्दै थापामाथि कारवाही गर्न तत्कालीन रायमाझी आयोग (कृष्णबहादुर रायमाझी संयोजक रहेको) ले सिफारिश गरेको थियो ।

परी थापा संयोजक रहेको प्रतिनिधि सभाको एक उपसमितिले मोरङको बेलबारीमा भएको घटना छानबिन गर्न तत्कालीन गृहमन्त्रीको हैसियतमा सोधपुछ गर्न भन्दै थापालाई प्रहरी लगाएरै संसदीय समितिका उपस्थित गराएका थियो । 

गणतन्त्र स्थापनाका लागि भएको दोस्रो जनआन्दोलनमा ‘भिलेन’को भूमिकामा रहेका थापा छोटो समयमै आफ्नो दाग पखाल्न सफल भए ।

२०७० सालको संविधानसभा निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्यो । माओवादी प्रमुख प्रतिपक्षी भूमिकामा रहेपनि जनजीविकाका विषय उठाउने सवालमा कमल थापाले संसद्मा माओवादीलाई उछिनेर जनताको मन जित्ने कोशिश गरे । 

कालान्तरमा सरकार गठन/विघटनका लागि निर्णायक पात्र बने । २०७२ सालमा संविधान जारी भएपछि बनेको सरकारमा परराष्ट्र मन्त्रीको जिम्मा पाए भने शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जा र स्थानीय विकास मन्त्रालयको जिम्मा पाए । 

प्रतिनिधि सभामा एक सीट भएपनि थापाले राष्ट्रिय मञ्चहरूको भरपूर उपयोग गरेका थिए । मंसिर १० गते चितवनमा भएको एमाले महाधिवेशनको उद्घाटन सत्रमा लाखौंको उपस्थिति रहेको मञ्चमा गएर उनले सम्बोधन गर्न पाए ।

लिङ्देनको विजयसँगै तत्कालका लागि थापा भूमिकाविहीन बनेका छन् । तर राजनीतिमा लत लागेका थापा यत्तिकै नबस्ने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । 

राजाको प्रत्यक्ष शासनको विरोधमा पशुपति शमशेर जबराले विज्ञप्ति प्रकाशित गरेपछि सूर्यबहादुर थापासँग मिलेर जनशक्ति पार्टी खोल्न भूमिका खेलेका थापा पछि सूर्यबहादुरसँग पनि टाढिए । 

२०५२/०५३ सालमा कहिले लोकेन्द्रबहादुर र कहिले सूर्यबहादुर कित्तामा लागेर सरकार गठन विघटनमा लागेका थापालाई चन्दले ‘मुसा प्रवृत्ति’को विम्ब झुण्ड्याइदिएका थिए । 

कुनै बेला फूटबल र अहिले टेनिस खेलाडीका रूपमा परिचय बनाएका राजनीतिका चतुर खेलाडी थापा अब छुट्टै पार्टी खोल्लान् कि चार वर्ष पर्खेलान् भन्ने कुरालाई राप्रपा कार्यकर्ता र आम सर्वसाधारणले चासोका साथ हेरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x