माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
मंसिर २८, २०७८
सोमवार दिउँसो कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भित्र मतदान चलिरहेको समयमा राष्ट्रिय सभागृह बाहिर लोकान्तरकर्मी अजय अनुरागीले सोधेको एक प्रश्नमा कांग्रेसका युवा नेता एवं महामन्त्रीका उम्मेदवार गगन थापाले गज्जब उत्तर दिए–मसँग फोटो खिचेको र भोट नहालेको अनुभव छ । तर यसपटक त्यसो हुँदैन ।
तपाईंसँग फोटो खिच्ने र सेल्फी खिच्नेको त कमी छैन, प्रतिनिधिहरूले कस्तो प्रतिक्रिया जनाएका छन् भनेर सोधिएको लाइभ अन्तर्वार्तामा गगनले भनेका छन्–
‘विगतमा पनि मसँग फोटो खिचेको भोट नहालेको अनुभव छ, तर यसपटक मेरो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिले एकदमै स्वागत गरेको पाएको छु । अरू पदमा थाहा छैन, महामन्त्रीमा तिमीलाई नै भोट हाल्ने मन बनाएका छौं भनेर पनि भन्नुभयो ।’
उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा महाधिवेशन प्रतिनिधिले कस्तो प्रतिक्रिया जनाएका छन्, ट्याङ्की –मत बाकस) खोलेपछि थाहा होला तर नेतृत्व परिवर्तन र रुपान्तरणको बहसलाई भने बहुमत कांग्रेसजनले लगभग अस्वीकृत गरिदिएका छन् । मंगलवार बिहान सार्वजनिक भएको सभापति पदको मतपरिणामले कांग्रेसका बहुसंख्यक प्रतिनिधिले अहिले पनि नेतृत्व परिवर्तनको बहसलाई अस्वीकृत गरिदिए ।
प्रतिनिधिको कुरा नगरौं, सोमवार दिउँसोसम्म शेरबहादुर देउवाबाट पार्टी चल्दैन भनेर कार्यकर्तासँग एकै स्वरमा नारा लगाउँदै आएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको प्रतिष्पर्धामा देउवालाई समर्थन गरेका छन् ।
जे होस्, देशकै पुरानो पार्टीको नेतृत्व कुनै चमत्कार नभए फेरि पनि पाको नेताको काँधमा जाने लगभग निश्चित देखिएको छ ।
देउवा विजयको मनोविज्ञान
प्रकाशमान, विमलेन्द्र र सांकेतिक नै भएपनि कल्याण गुरुङसहित सभापतिका चार प्रतिस्पर्धी मध्ये ३ जनाको समर्थन पाएका शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी हुने सम्भावना प्रबल नै छ । केवल औपचारिकता पूरा गर्नका लागि दोस्रो चरणको प्रतिष्पर्धा हुँदैछ । सम्भवतः मंगलवार मध्यरातसम्म निर्वाचनको मतपरिणाम आइसक्नेछ ।
पार्टीको बहालवाला सभापति र पटक–पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पहिलो चरणमा झण्डै बहुमत ल्याउनु रुपान्तरणप्रति कांग्रेस कार्यकर्तामा देखिएको वितृष्णाको मनोविज्ञान हो । हालै सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको अप्रत्यासित विजयले कांग्रेसमा पनि नयाँ पुस्ता आउने आकलन धेरैको थियो ।
कांग्रेसको सक्रिय राजनीति नगर्ने तर यो पार्टीप्रति भरोसा राख्ने धेरैले देशका समस्या समाधानका लागि डायनामिक नेतृत्व आओस् भनेर अपेक्षा गरेका थिए । तर, कार्यकर्ताले पार्टी र देश हाँक्न सक्ने सम्भावना देउवामै देखे । फेरि एकपटक देउवालाई पत्याइदिए । जब कार्यकर्ताले नै देउवा मन पराए भनेपछि अरूले कांग्रेस रूपान्तरण गर्छु भनेर टाउको दुखाउनुको अर्थ रहेन ।
नयाँ नेतृत्व चयनका लागि मतदानअघि एक कार्यक्रममा देउवाले आफू पराजित भए प्रधानमन्त्रीबाट हटाउँछन् भनेर भाषण गरेका थिए । सभापतिमा पराजित भए वर्तमान सरकार ढल्ने, यसको प्रभाव प्रदेशहरूमा पर्ने भएकाले सत्ताको स्वाद चाखिरहेका कांग्रेस कार्यकर्ताले पार्टी नेतृत्व परिवर्तनमा अनिच्छा देखाए ।
अहिलेको सरकार ढले कांग्रेस नेतृत्वको सरकारले चुनाव गराउने अवसर गुम्छ भन्ने कृष्ण सिटौलाको अभिव्यक्ति पनि देउवाका लागि फलदायी भयो । २०७४ पछि साढे ३ वर्ष सत्ताबाहिर रहेका कांग्रेस कार्यकर्ताले देउवालाई सभापतिमा निरन्तता दिँदा नै व्यक्तिगत लाभ हुने ठाने । विभिन्न कारणले देउवाले सभापतिको रेसमा फराकिलो मतान्तरसहित धेरै भोट पाए ।
शेखर–गगनको नैतिक विजय
पार्टीको पदाधिकारी नभएको व्यक्ति र एकपटक पनि मन्त्री नभएको व्यक्तिले बहालवाला सभापति एवं प्रधानमन्त्रीसँग लडेर १७ सय भोट ल्याउनु आफैँमा नैतिक विजय हो ।
किनभने शेखरलाई कोइराला परिवारबाट सबभन्दा धेरै असहयोग भयो । सुजाता कोइराला खुलेरै अर्को प्यानलमा लागिन् भने शशांक कोइराला नखुलिकन ।
शेखरले पहिलो चरणमा पाएको भोट संस्थापनइतर भनिँदै आएको रामचन्द्र पौडेल खेमाको पुरानो भोट मात्र होइन । शेखर, गगन, चन्द्र भण्डारीहरूले पाएको भोट हो ।
दोस्रो चरणमा हार जीत जे भएपनि कांग्रेसमा रूपान्तरणको आवाज रोकिने छैन । ‘सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु,’ दोस्रो चरणको मतदान अघि गरेको अपिलमा गगनले भनेका छन् ।
पार्टीभित्र नेतृत्व हस्तान्तरण र रुपान्तरणको बहसलाई कायम राख्नकै लागि शेखरले दोस्रो चरणको मतदानमा जाने निर्णय लिए ।
दोस्रो चरणमा नजान प्रकाशशरण महत लगायतका नेताहरूले सार्वजनिक रूपमै आग्रह गरेपनि कार्यकर्ताको चाहनालाई उनले अस्वीकार गरेनन् ।
प्रकाशमान र विमलेन्द्रमा देखिएको नैतिकताको खडेरी
शुक्रवारसम्म संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार बन्न कोशिश गरेका प्रकाशमान सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गर्न पुगे । उनले पाएको ३ सय ७१ भोट संस्थापन इतर समूहकै थियो ।
शेरबहादुर देउवाबाट पार्टी चल्दैन भनेर सबभन्दा चर्को भाषण गर्ने नेताको लाइनमा पहिलो नम्बरमा थिए, प्रकाशमान । दोस्रो चरणमा देउवालाई समर्थन गर्ने निर्णयसँगै क्रुद्ध बनेका कांग्रेस कार्यकर्ताले प्रकाशमानका पुराना अन्तर्वार्ता र भाषणका समाचार शेयर गरिरहेका छन् ।
संस्थापनइतर समूहका नेताहरूबीच पटक–पटक भएको छलफलमा दोस्रो चरणमा जसले धेरै मत ल्याउँछ उसैलाई समर्थन गर्ने भन्ने भद्र सहमति थियो । त्यो सहमतिलाई पनि प्रकाशमानले कुल्चिए ।
देउवाबाट पार्टी चल्दैन भन्ने निष्कर्ष निकाल्ने अर्का नेता हुन्, विमलेन्द्र निधि । भदौ महिनामै देशभरका शक्तिपीठका पुजारी ल्याएर बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले २४९ मत पाएर देउवाका लागि वाक ओभर दिएका छन् । देउवाको आशीर्वादले नै राजनीतिक उचाइ हासिल गरेका निधिले दोस्रो चरणमा समर्थन गर्नु कुनै अनर्थ भएन ।
तर, कांग्रेसमा रुपान्तरण र नेतृत्व पुस्तान्तरणका लागि बहसमा उत्रिएका उनीहरूले आखिर देउवालाई समर्थन गर्नु थियो भने या बीचको नाटक किन गरेका होलान् भन्ने प्रश्न कांग्रेस कार्यकर्ताहरूले गरिरहेको देख्न/सुन्न सकिन्छ ।
आफ्ना पिताले कमाएको आदर्श र निष्ठाको ब्याजमा राजनीति गरिरहेका उनीहरूले भविष्यमा नेतृत्व हस्तान्तरण र रुपान्तरणको प्रश्न उठाउने नैतिकता गुमाएका छन् ।
अघिल्लोपटक विशेष गरी शेखरको शुभेच्छाले महामन्त्रीको उम्मेदवार बनी विजयी पनि भएका डा. शशांक कोइरालाले यसपटक मौन रहेरै शेखरलाई असहयोग गरे ।
महामन्त्री बनेर झण्डै साढे ५ वर्षको कार्यकाल निरर्थक बिताएका शशांक दुवैतर्फको प्यानलमा परेकाले केन्द्रीय सदस्यमा बढी नै भोट ल्याए पनि त्यसको खास अर्थ हुनेछैन ।
यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘त्याग’को चर्चा पनि कतिपयले गरिरहेको सुन्न पाइन्छ । तर, सकेसम्म आफू उम्मेदवार बन्ने भनेर अन्तिमसम्म लागेका रामचन्द्रले आफूले नपाएपछि अरू कसैलाई पनि समर्थन गर्दिनँ भनेर मतदान समेत गरेनन् । भविष्यमा उनको भूमिकाको समीक्षा पनि पक्कै होला ।
अबको कांग्रेस
मंसिर २६ गते शेखर कोइरालाको प्यानलले गरेको पत्रकार सम्मेलनका बेला उपसभापतिका उम्मेदवार एवं रक्षामन्त्री डा. मीनेन्द्रले सभापतिको उम्मेदवारलाई ‘मंसिर २८ पछिको सभापति’ भनेर सम्बोधन गरे ।
देउवाकै मन्त्रिपरिषद्मा सदस्य रहेका मीनेन्द्रले प्रधानमन्त्री एवं पार्टी सभापतिविरुद्ध बोल्ने हिम्मत गरे । अन्य दलमा भएको भए शायद मीनेन्द्रको मन्त्री पद संकटमा परिसकेको हुन्थ्यो ।
नेपालका अन्य दल र नेपाली कांग्रेसमा भएको एउटै भिन्नताको उदाहरण यही हो । देउवा त्यो प्रतिशोध साँधेर बस्ने नेता होइनन् । कांग्रेसभित्र भएको आन्तरिक प्रतिस्पर्धाले उनलाई अझ सशक्त बनाएको छ ।
सभापतिमा देउवा आएपनि कांग्रेसभित्रका युवाहरूले चाहेको परिवर्तन रोकिने छैन ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...