×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशनको समीक्षा

‘१४ औं महाधिवेशनमा सम्झौता, १५ औं मा नेतृत्व भनेका थियौं, तयारी शुरू गरिसक्यौं’

पुस ६, २०७८

NTC
Premier Steels

कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै हिउँको युरोप पनि स्वर्ग बन्दोरहेछ । यति सुन्दर प्रकृतिको उपहार हाम्रो देश कहिल्यै विकसित भएन ।

Muktinath Bank

यति स्रोत साधन भएको देश, यति राम्रो क्लाइमेट भएको देशका जनताहरू अमेरिका र युरोपको भिसा पाउनका लागि नागरिकता छाड्न राजी हुनुपर्ने स्थिति छ । देशमा गरीबी अत्यन्त बढ्यो । विकास सन्तुलित भएन । हामीले बनाएका सडक मान्छे मार्ने धराप जस्ता भए । नेपालको भू–बनोट अनुसारको विकास हुन सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकृतिक स्रोत साधनसँग नेपाली जनतालाई जोड्न सकिएन । ग्लोबल भिलेजमा आफ्नो संस्कृतिलाई कसरी जोड्दै जाने भन्ने सोच नहुँदा अहिलेको नेतृत्व, जो २०४६ सालबाट हामीले देख्दै आइरहेका छौं, उसले जनताका आशा अपेक्षा पूरा गर्न सकेन । विकासले गति लिन सकेन । 


Advertisment
Nabil box
Kumari

राजनीतिक नेतृत्व असफल भएको निष्कर्षसाथ चार वर्षअघि कांग्रेसका केही युवा साथीहरूलाई बोलाएर मैले भनें– वर्तमान नेतृत्वको कारणले नेपालको विकास गर्न अवसर पाएनौं । तिमीहरूले केही गर्ने कि मेरोजस्तो कपाल मात्र फुलाउने ? त्यसपछि बीपीको मेलमिलापको दिन एउटा वक्तव्य जारी गरेर यो अभियान शुरू गरेका थियौं । 

Vianet communication

त्यो बेला नै १४ औं अधिवेशन हाम्रो सम्झौता हो, १५ औं महाधिवेशन हाम्रो नेतृत्व हो भनेर भनेका थियौ । यो अभियान शुरू गर्दा धेरै पुराना नेताहरू रिसाउनुभयो । उहाँहरू हामीसँग हिँड्न सक्नु भएन । तर, हाम्रो राजनीतिक अभियानले गति लिएको छ । 

नेपाली कांग्रेसको यो अधिवेशनले अप्ठ्यरोमा परेको नेपालको राजनीतिलाई एउटा सकारात्मक सन्देश र दिशानिर्देश गरेको छ । राजनीति भन्नेबित्तिकै घृणा गर्ने गरेको अवस्थामा कांग्रेसको नेतृत्वमा एउटा नयाँ जेनेरेसनले प्रतिनिधित्व गर्‍यो । शेरबहादुर देउवा जस्तो ८० पुग्न लागेको नेता पनि यसमा अट्नु भयो । युवा नेताहरू पनि समावेश भए । 

यसर्थ निराशातर्फ जाँदै गरेको नेपालको राजनीतिलाई कांग्रेसको महाधिवेशनले इन्जेक्सनको काम गर्‍यो । राष्ट्र निर्माणका अवयवहरू विकसित हुने क्रममा नेपालमा अब यो जेनेरेसनले पार्टीलाई सही दिशामा लैजाने अपेक्षा गर्न सकिन्छ । हामीले एउटा अभियान चलायौं कि पार्टीहरू सुध्रिए भने नेपालको राजनीति सुध्रिन्छ । राजनीति सुध्रियो भने नेतृत्वमा सही मान्छे आउँछ भन्ने हाम्रो अभियान हो । यसले धेरै सफलता हासिल गरेको छ । 

कांग्रेसभित्रको प्रगतिशलील अलायन्सको भविष्य

कांग्रेसको पुनर्जागरणका लागि डा. शेखर कोइरालाको नेतृत्वमा बनेको यो प्यानल कायमै रहन्छ । नेपालमा नयाँ जेनेरेसनको भविष्य छ । कांग्रेस कार्यकर्तालाई उत्साहित बनाउन राष्ट्रका लागि जुन टीम बनाएका थियौं, त्यसमा केही साथीहरू छुट्नु भएको छ । १४ औं अधिवेशनको समाप्ति १५ औं अधिवेशनको शुरूवात हो । त्यो अभियानमा म लागिसकेको छु । हामी लागिसकेका छौं । हाम्रा साथीहरू लागिसक्नु भएको छ । 

यही टीमले मात्र नेपालको राजनीतिमा आशा जगाउन सक्छ । कम्युनिस्टहरूमा आएको निराशा र विखण्डन कांग्रेसका लागि अवसर पनि हो ।

आफ्नो सरकार गिराउन कम्युनिस्टहरूजे जे जस्ता खेल खेले त्यसबाट हामी (कांग्रेस)मा जरुर आशा त पलाएको छ नि ! त्यसकारण कांग्रेसको भविष्य उज्ज्वल छ । १४ औं अधिवेशनसम्म शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहको कुरा आयो । १५ औं महाधिवेशनमा देउवा, कोइराला प्यानल नभई नयाँ फ्युजन हुन्छ ।

१५ औं महाधिवेशनले नयाँ व्यक्ति र समूहलाई नेतृत्वमा लैजान्छ । कांग्र्रेसमा नयाँ नेतृत्व आउनु प्राकृतिक रूपमा आवश्यक र सत्य पनि हुन्छ ।

देउवाले गगनलाई बदल्लान् कि गगनले देउवालाई ?

शेरबहादुर देउवा नेपालका नेतामध्ये अत्यन्तै भाग्यमानी व्यक्ति पनि हो, किनभने हाम्रो पाठशालाका युवाहरू चाहे शेरबहादुरले प्रतिनिधिका रूपमा उठाएको व्यक्ति होस्, चाहे धनराजजी र गगन हाम्रो समूहबाट उठेका हुन्, चाहे प्रकाशमानजीको प्यानलबाट उठेका विश्वप्रकाश हुन्, अत्यन्त शार्प माइन्डेड युवा हुन् । अहिले देउवाको टीममा पुगेका छन् । अर्कोपटक उनीहरूलाई सँगै लिएर हिँड्नु पर्नेछ । 

शेरबहादुर देउवाले हेर्नुपर्ने ‘ट्रान्सफर्मेसन अफ माइन्ड’ र ‘टान्सफर्मेसन’ अफ सोसाइटी हो । अहिले शेरबहादुरजी असफल हुनुभएको कारण माइन्डलाई टान्सफर्मेसन गर्न नसकेकाले हो । अवसर पाएर पनि सक्नुभएन । रूपान्तरण गर्न सक्नुभएन, किनभने उहाँसँग पुरानत सोच राख्ने (ट्रेडिसनल) मान्छेको झुण्ड थियो । तर अहिले उहाँले अवसर पाउनुभएको छ । विश्वको इतिहासमा सीमित व्यक्तिले मात्र बारबार यस्तो अवसर पाउने गर्छन् । 

८० पुग्न लागेको सभापतिले भर्खरका योङहरू (नेपालको कन्टेक्स्टमा भनेको, विदेशमा त यो उमेर समूह प्रधानमन्त्री भइसकेको छ) पाउनुभएको छ । देउवाजीले यो जेनरेसनसित सहकार्य गरे मुलुकले उज्यालो भविष्य पाउछ । 

राजनीतिक कोर्ष चेन्ज या अर्ली इलेक्सन ? 

नेपाली कांग्रेसको नेतृत्व परिवर्तनका लागि भएको महाधिवेशनले राष्ट्रिय राजनीतिलाई चलायमान बनाए पनि अहिले नै कोर्ष करेक्सनमा जाँदैन । राजनीतिलाई यति धेरै असर गर्दैन ।

नेपाली जनतामा नेपालको विकासमा, शिक्षा स्वास्थ्य र पहिचानमा के प्रभाव पर्छ ? जस्तोसुकै ठूला कुरा गरे पनि नेपालको राजनीति नेताले आफ्नो स्वार्थअनुसार चलाए । पार्टीहरू पनि स्थायी हुन सकेनन् । यो राजनीतिलाई देशसित, विकाससित जोडेर गयौं भने यसले एउटा निकास दिन्छ । अहिलेको सत्ता गठबन्धनमा केही फेरबदल आउँदैन । यसलाई मजबुत गर्दै बलियो बनाउछौं । 

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर सत्ता गठबन्धन ढल्छ कि भन्ने खालका टिप्पणी पनि सुनिन्छन् । 

नेपालका हरेक मुद्दा व्यक्ति र स्वार्थ केन्द्रित छन् । वास्तवमा सबै कुरा राष्ट्रकेन्द्रित हुनुपर्छ । राष्ट्रलाई हित हुने कुरा गर्नुपर्छ । एमसीसीलाई यहाँसम्म ल्याउनमा केपी ओली, प्रचण्डजी, झलनाथजी, माधव नेपालजी, बाबुरामजी लगायत‘जी’हरू हुनुहुन्छ, सबै इन्भल्ब हुनुहुन्छ । सडकमा एउटा कुरा भित्र अर्को कुरा गर्नु भएन । राष्ट्रलाई फाइदा हुन्छ भने एमसीसी अनुमोदन गरुन्, हुँदैन भने नगरुन् ।

देशव्यापी रूपमा कांग्रेसको लहर

मुलुकको शासन सत्ता सञ्चालनमा कम्युनिस्टहरूको असफलतासँगै कांग्रेसको पक्षमा देशभर माहोल सिर्जना भएको छ । कांग्रेसको पक्षमा देखिएको अपार जन समर्थनलाई कसरी क्यास गर्ने भन्ने सबै कुरा शेरबहादुरजीको हातमा छ । पार्टी सञ्चालनका लागि हाम्रो पाठशालाबाट हामीले अत्यन्त योग्य र सक्षम पुस्ता देउवालाई पठाएका छौं । 

पाँच–पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छे, दुईपटक सभापति भइसकेको मान्छे, फेरि पनि गुटमा बस्ने कि सिंगो पार्टीको नेता बन्ने भन्ने कुराको छिनोफानो गर्ने उपयुक्त समय आएको छ ।

कांग्रेसमा उदाएको सिंगो जेनेरेसनलाई लिएर जाने/नजाने जिम्मा उहाँको हातमा छ । आगामी चुनावमा कांग्रेसको विजय पराजयमा शेरबहादुरजीको मुख्य हात हुन्छ । हाम्रो विचार समूह गुट–उपगुट र भागबण्डामा लाग्दैनौ । तर कांग्रेसभित्र योग्यले समान अवसर पाउनुपर्छ भन्ने दबाबमा हामी लाग्छौं । शेरबहादुरजी कहाँ उभिनुहुन्छ, त्यसमै कांग्रेसको भविष्य जोडिन्छ । 

कांग्रेसबाहेक जनतासामु विकल्प पनि छैन । गत चुनावमा जनताले नेकपालाई भोट दिएकै हुन् । उनीहरू कुकुर बिरालो जस्तै मारामार गरेर पार्टी फुटाएपछि कांग्रेसप्रति जनताको भरोसा बढेको छ । कांग्रेसमा नयाँ र युवा नेतृत्व आएको छ भनेर पनि आशा बढेको छ । 

(नेता भण्डारीसँग लोकान्तरका लागि सुशील पन्तले गरेको कुराकानीमा आधारित)
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x