कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान शुरू भएको छ । रिक्त रहेको ३ जना राष्ट्रिय सभा सदस्यका लागि धनगढीमा मतदान शुरू भएको हो ।
राष्ट्रिय सभा निर्वाचन २०७८ को निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार बिहान ९ बजेदेखि शुरू भएको मतदान साँझ ३ बजेसम्म जारी रहने भएको छ ।
मतदानका लागि मतदान केन्द्र स्थल सुदुरपश्चिम प्रदेश सभा स्थलमा २ वटा मतदान केन्द्र तोकिएको छ ।
मतदान केन्द्र (क) मा (५२) जना प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । भने मतदान केन्द्र (ख) मा १७५ जना स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् ।
५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी २२७ जनाले मतदान गर्ने भएका हुन् ।
सुदूरपश्चिमका लागि ६ जनाले उमेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट खुल्लातर्फ नेपाली कांग्रेसका नारायण मिश्र (कैलाली), दलिततर्फ माओवादी केन्द्रका जगत पार्की (डडेलधुरा) र महिलातर्फ एकीकृत समाजवादीका गरिमा शाह (कैलाली) चुनावी मैदानमा छिन् ।
त्यस्तै अर्केतर्फ नेकपा एमालेले सत्तारुढ गठबन्धन विरुद्ध उम्मेदवारी दिएको छ । एमालेबाट महिलातर्फ सन्तोष कुमारी शर्मा थापा (कैलाली), दलिततर्फ नरेश बिक (बैतडी) र खुल्लातर्फ डिल्लीराज भट्ट (डोटी)ले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक/एक जना प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।
एक जना प्रदेश सभा सदस्य बराबर ४८ र स्थानीय तहका एक जना प्रमुख तथा उपप्रमुख बराबर १८ मतभार रहने व्यवस्था रहेको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...