×

NMB BANK
NIC ASIA

स्थापनाको चार वर्ष : खिचातानी र सत्ता स्वार्थको भुमरीमा लुम्बिनी प्रदेशसभा

माघ २१, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

मुलुकमा संघीयता कार्यान्वयनसँगै लुम्बिनी प्रदेश सभा स्थापनाको शुक्रवार ४ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । ज्येष्ठ सदस्यका हैसियतले नेपाली कांग्रेसका तत्कालीन संसदीय दलका नेता स्व. बलदेव शर्मा पोखरेलले सभाध्यक्षको भूमिका निभाएका थिए । 

Muktinath Bank

संघीयताको पहिलो जग प्रदेशसभा स्थापनापछि बनेका सरकारले चार वर्षमा जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न सकेको देखिएन । सत्ता स्वार्थ, अन्यौल र संघमा जस्तै सत्ता फेरबदलको भूमरीमा प्रदेश सभा परिरह्यो । यो अवधिमा प्रदेश सभाले पेचिलो बनेको प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो लगायो । सत्ता फेरबदल, संसद् अवरोध र दल परित्यागका खेल भए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७७ असोज २० गते लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेको थियो । 


Advertisment
Nabil box
Kumari

राजधानी टुंगो लगाउँदा नेकपा विभाजन भइसकेको थिएन । त्यसको प्रत्यक्ष फाइदा प्रदेश सभाका एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले लिए । पोखरेल अहिले एमाले महासचिव पनि हुन् । 

Vianet communication

चार वर्षमा प्रदेश सभाका १८८ वटा बैठक बसेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारी बताउँछन् । 

२०७४ माघ २१ गतेदेखि २०७८ मंसिर १ सम्म प्रदेशमा ९ वटा अधिवेशन भए । पहिलो अधिवेशनमा २२, दोस्रोमा २८, तेस्रोमा ३३ वटा बैठक बसे ।

त्यसैगरी चौथोमा ३२, पाँचौंमा १०, छैटौंमा ३१, सातौंमा ५, आठौंमा १४, विशेष अधिवेशनमा १ र नवौँ अधिवेशनमा १२ वटा बैठक बसे । 

त्यस्तै प्रदेश सभाले ६७ वटा विधेयक सभाबाट पारित गरेको अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदेश सभा स्थापनादेखि अहिलेसम्म ७४ विधेयक दर्ता भएका छन् ।

तीमध्ये सभामा पेश हुन बाँकी १, सचिवालयबाट फिर्ता १ र सभाबाट फिर्ता भएका ३ वटा विधेयक छन् ।

२ वटा विधेयक विचाराधीन अवस्थामा छन् । 

एमालेका शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा ढलेपछि माओवादी केन्द्र नेतृत्वको पाँच दलीय गठबन्धन सरकार बन्यो । त्यसयता संसद् चल्न सकेको छैन ।

मुख्यमन्त्री कूलप्रसाद केसीले संसद् खुलाउन चासो नदिएको नेताहरू बताउँछन् । 

प्रमुख प्रतिपक्षी एमालेले सूर्य चिन्ह्रबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङबाट उपनिर्वाचन जितेकी विमला वलीलाई सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानसहित ६ महिनादेखि संसद् अवरुद्ध पार्दै आएको छ । शाही र ओली अहिले गठबन्धन सरकारका मन्त्री र राज्यमन्त्री छन् । 

६ महिनादेखि चल्न नसकेको संसदलाई चलाउने विषयमा सत्ता र प्रतिपक्ष दुवै जिम्मेवार देखिएका छैनन्, जसले गर्दा सभामुख घर्तीलाई हाइसञ्चो जस्तै भएको छ ।

नेकपा एमाले प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले वली र शाहीलाई पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने दाबी गरे ।

उनले एमालेप्रति सभामुख र सरकारले प्रतिशोध साँधेको आरोप लगाए । शाहीले आफू स्वतन्त्र र वलीले नेकपाबाट निर्वाचित भएपछि माओवादी रोजेको भन्दै  बताउँदै आएका छन् । 

मिनी संसद् मानिने प्रदेश सभाका विषयगत समिति निस्क्रिय छन् । समितिका सभापति नै मन्त्री बनेका छन् ।

विषयगत समितिहरूमा छलफल नहुँदा कानून निर्माण र सरकारका कामको अनुगमन र विश्लेषण हुन सकेको छैन । 

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा एमालेको अवरोधका कारण प्रदेश सभाका काम प्रभावित भएको बताउँछन् ।

शर्माले केही दिनमा सहमतिमा प्रदेश सभाको अधिवेशन आह्वान हुने बताए ।

कांग्रेस र माओवादीले प्रदेश सभाको बाँकी कार्यकाल सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति गरेको भन्दै फेरि सत्ताको खेल शुरू भएको छ । 

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन छलफल अगाडि बढाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेत फकरुद्धिन खानले फागुन दोस्रो सातापछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताए ।

मन्त्री शर्माले तत्काल लुम्बिनी प्रदेश सरकार परिवर्तनको सम्भावना नभएको दाबी गरे ।

८७ प्रदेश सभा सदस्यमा अहिले एमालेका ३६, कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादीका ४, एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ८१ जना सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x