×

NMB BANK
NIC ASIA

कृषिले समृद्धि

कृषिले २ वर्षमै मुहार फेरेको बाँफी गाउँ

माघ २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

२ वर्ष अघिसम्म डोटीको बाँफी गाउँवासी वर्षभरिमा जेनतेन उत्पादन हुने धान, गहुँ र कोदो बालीमा मात्रै भर पर्थे । वर्षभरि खान–लाउन नपुगेपछि अन्य ठाउँमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यता थियो ।

Muktinath Bank

दिपायल सिलगढी नगरपालिका–३ बाँफी गाउँ अधिक गर्मी र सुक्खा हुने गाउँ पनि हो । निर्वाहमुखी खेतीमा मात्रै निर्भर रहँदासम्म स्थानीयको जीवनशैली कष्टकर थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो २ वर्षको अवधिमा गाउँको मुहार फेरिएको छ । हिउँदमा उजाड देखिने फाँटमा अहिले हरियाली देखिन्छ । स्थानीयको आर्थिक स्तर पनि क्रमिक रूपमा सुधार हुँदै गएको छ ।


Advertisment
Nabil box
Kumari

गाउँको मुहार फेरिनुको पछाडि सामूहिक व्यावसायिक तरकारी खेती हो । कोदो र गहुँ रोपिने खेतमा आजभोलि तरकारी खेती हुन्छ । स्थानीयहरू मौसमी तथा बेमौसमी रूपमा तरकारी उत्पादन गर्छन् ।

Vianet communication
Laxmi Bank

स्थानीयले आलु, टमाटर, काउली, सिमी, करेला, बोडी, काँक्रोलगायत तरकारी वर्षैंभरि उत्पादन गर्न थालेका छन् । उत्पादनलाई नजिकैको दिपायल पिपल्ला बजारसम्म बिक्री गर्छन् । 

स्थानीय भागेश्वर कृषक समूहका अध्यक्ष झलकबहादुर साउँद भन्छन्, ‘धेरै समय भएको छैन । २ वर्ष अघिसम्म चारैतिर पहाडको बीच भागमा रहेको यो समथर ठाउँमा धान, कोदो, गहुँ मात्रै हुन्थ्यो, बाली तयार नहुञ्जेलसम्म यहाँका मानिसहरू निकै फुर्सदिला थिए । जाँड खाएरै समय बिताउँथे कि तास खेल्थे तर आजभोलि सबै व्यस्त भइसके । कसैसँग खाली समय छैन । आफ्नै काममा सबै हुन्छन् ।’

कसरी भयो सम्भव ?

बाँफी बस्ती बजार तथा सडक सञ्जालसँग जोडिएको बस्ती हो र सुदूरपश्चिम कृषि विकास निर्देशनालय नजिकैको बस्ती पनि हो । खेतबारीमा सिँचाइ सुविधाको अभाव र स्थानीयमा सचेतनाको कमीले व्यावसायिकता अवलम्बन हुन सकेको थिएन ।

कृषि प्राविधिक तथा बाँफीका स्थानीय समेत रहेका हिक्मत साउँदले सबैभन्दा पहिले खेतबारीमा आधुनिक तरकारी खेती शुरू गरे तर स्थानीयमा अझै व्यावसायिकताको चेत आउन बाँकी नै थियो । 

समूहका अध्यक्ष साउँद भन्छन्, ‘गाउँमा कृषि पढेको हिक्मत साउँद नै हुन् । उहाँ गाउँमा समूह बनाऊ भन्नुहुन्थ्यो । धान, गहुँ खेतीले केही हुँदैन । व्यावसायिक तरकारी खेती थाल्नुपर्छ भन्नुहुन्थ्यो तर कसरी अगाडि बढ्नेबारे चुनौती नै थियो । हाम्रो गाउँमा पनि सम्भावना छ है भनेर उहाँले नै देखाउनुभयो ।’ हिक्मत साउँद दिपायल सिलगढी नगरपालिकाका कृषि शाखा प्रमुख हुन् ।

यतिले मात्रै कृषिमा व्यावसायिकता आएन । जब सुदूरपश्चिम कृषि विकास निर्देशनालय डोटीको निर्देशक भई यज्ञराज जोशी डोटी पुगे, तब सम्भावनाले भरिएको बाँफीका जमिनमा कृषि लहर चल्न थाल्यो । निर्देशक जोशीले आफूले स्थानीयलाई तरकारी खेतीप्रति अभिप्रेरित गर्ने अभियान नै शुरू गरेको बताए ।

निर्देशक जोशी भन्छन्, ‘शुरूमा काम गर्न गाह्रो थियो । मुख्य कुरो स्थानीयमा नयाँ मानसिकताको विकास गर्न जरुरी थियो । मैले बस्तीमा गएर भनिदिएँ – तपाईंहरू गहुँ रोप्ने खेतमा आलु खेती गर्नुस्, यदि आलु फलेन भने गहुँ बराबरको क्षतिपूर्ति म आफैं दिन्छु । अनि स्थानीयले अग्रसरता देखाए ।’

स्थानीयहरू भागेश्वर कृषक समूह नै गठन गरेर सक्रिय भए । त्यसपछि कृषि विकास निर्देशनालयले बस्तीमा बृहत उत्पादन केन्द्र कार्यक्रम नै लागू गर्‍यो । सिँचाइको लागि सेती नदीको पानी सोलार पम्प तथा लिफ्टमार्फत खेतबारीसम्म पुर्‍याइयो । खेतमै ६० घनमिटरको पानी ट्यांकी निर्माण भयो । निर्देशनालयले विभिन्न कृषि उपकरण, बिउ बिजनसहित प्राविधिक सहयोग गरेपछि स्थानीयहरू निकै नै हौसिएका छन् ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले अगाडि थपे, ‘बाँफी बस्ती नमूना बस्तीको रूपमा विकास हुँदैछ । बाँझो रहने खेतबारी तरकारीले भरिएका छन् । व्यवसायका लागि कृषकहरू अझै अग्रसर छन् । सबै व्यस्त छन् । यो नै सुखद प्रयास हो ।’

सिजनमा ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी

सूचना अधिकारी पाण्डेका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा निर्देशनालयले समूहमार्फत ५० क्वीन्टल आलुको बिउ ५० प्रतिशत अनुदानमा दिएको थियो ।

शुरू वर्षमा ५० जना स्थानीय कृषकले आलु खेती मात्रै गरेका थिए । ३००–४०० क्वीन्टल बढी आलु फलाए । राम्रो आम्दानी गरे, त्यसपछि स्थानीयमा उत्साहको सीमा नै रहेन ।

समूहका अध्यक्ष साउँदका अनुसार हाल व्यावसायिक तरकारी खेतीप्रति आकर्षित कृषकको संख्या बढ्दो छ भने प्रतिसिजन ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

बाँफीका स्थानीय सागर साउँदले शुरू वर्षको उत्पादनले आफूहरूमा निकै हौसला बढाएको बताए । २ वर्षको अवधिमा गाउँको स्वरूप नै परिवर्तन भएको अनुभूति उनको छ ।

निर्देशनालयले कृषकको आयस्तरमा वृद्धि गर्न आलुसँगै अन्य तरकारी खेतीका लागि २५ वटा फलामको प्लाष्टिक घर निर्माण, यन्त्र उपकरण र बजारीकरणमा सहयोग दिँदै आएको छ । गड्यौलाबाट कम्पोष्ट मल बनाउने विधि र प्रविधि सिकाउने, विषादी प्रयोग, माटो परीक्षणलगायत प्रविधिक ज्ञान सीप सहयोग समेत दिँदै आएको निर्देशनालयका सूचना अधिकारी पाण्डे बताउँछन् ।

पाण्डेका अनुसार निर्देशनालयले हालसम्म बाँफीमा करीब ३५ लाख रुपैयाँसम्म लगानी लगाइसकेको छ ।

चालू वर्ष स्थानीयले ३०० रोपनीमा आलु खेती गरेका छन् । निरन्तरको बर्खा र हुस्सुले आलु खेती केही प्रभावित भए पनि कृषकमा तरकारी खेतीप्रतिको आकर्षण बढ्दै गएको समूहका अध्यक्ष साउँदले बताए ।

हाल विभिन्न तरकारीका बेर्ना राखेर उमार्ने काममा स्थानीय कृषक जुटेका छन् । चालू वर्ष तरकारी खेतीका लागि मात्रै ३५ वटा टनेल मात्रै निर्माण गरेका छन् ।

खुशी व्यक्त गर्दै कृषि विकास निर्देशक जोशी भन्छन्, ‘कृषकहरूको आम्दानी तत्काललाई धेरै हुन नसके पनि गाउँमा परिवर्तन आएको छ । हरेकको सोचाइमा परिवर्तन ल्याउन सफल भएका छौं । यो नै ठूलो कुरो हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x