मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
माघ २३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादमा परेको अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई चुनावसम्म रोक्ने प्रस्ताव गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतको समर्थनमा चुनावपछि मात्र एमसीसी अगाडि बढाउने प्रस्ताव एमसीसीलाई पठाउन प्रचण्डले प्रस्ताव गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्ने प्रस्ताव गरेका हुन् ।
बालुवाटारमा झण्डै २ घण्टा चलेको बैठकमा देउवाले भने एमसीसी पारित गर्न प्रस्ताव गरेका थिए ।
बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्न प्रस्ताव गरेको जानकारी दिए ।
‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्ने थियो । प्रचण्डको चाहिँ चुनावसम्म यो विषयलाई थाती राख्न प्रतिपक्ष समेतको समर्थनमा प्रस्ताव पठाऔं भन्ने थियो,’ पोखरेलले भने ।
एमालेले भने वैदेशिक सहयोग र परराष्ट्र मामिलाको विषयमा पहिले सत्ता गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्ने सुझाव दिएको थियो ।
‘प्रधानमन्त्रीय पद्धतिमा पहिले सत्तापक्षले आफ्नो दृष्टिकोण राख्नु उपयुक्त हुन्छ भन्ने कुरा राख्यौं । हामी प्रतिनिधि सभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा भाग लिन चाहन्छौं । सत्तापक्षले नै धारणा बनाएका छैन,’ पोखरेलले भने ।
बैठकमा अध्यक्ष ओलीले अमेरिकासँग एकथरी कुरा र नेपाली जनतासँग अर्को कुरा किन गरेको भनेर प्रश्न गरेका थिए ।
‘एमसीसीको बारेमा हामीले स्वाभाविक रूपमा चासो प्रस्तुत गर्यौं, जनताको बीचमा एउटा कुरा, जनतामा अर्को कुरा गर्नेगरी परराष्ट्र मामिलामा द्वैध चरित्र प्रस्तुत गर्नु उपयुक्त होइन भन्यौं,’ पोखरेलले भने, ‘प्रचण्डजीले पत्र नलेखेको भनेर मैले भनेको छैन भन्ने जवाफ दिनुभएको छ । सत्ता गठबन्धन अनिर्णित छ । राय विभाजित रूपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्रीय प्रणालीमा गठबन्धनमै अलग–अलग राय व्यक्त हुनु नैतिक होइन ।’
साथै बैठकमा स्थानीय तहको चुनाव घोषणा गर्न एमालेले गरेको आग्रहमा प्रधानमन्त्री देउवाले छिट्टै घोषणा गर्ने जवाफ दिएको पोखरेलले बताए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...