×

NMB BANK
NIC ASIA

एमसीसीको ज्वरो

गठबन्धन धर्मराउँदा चुनावी सरकारको चर्चा– प्रधानमन्त्री देउवा नै कि अरू कोही ?

फागुन ५, २०७८

NTC
Premier Steels

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताले सत्ता गठबन्धनको जग हल्लाइदिएको छ ।

Muktinath Bank

हल्लिएको जगको राजनीतिक रेट्रोफिटिङ हुन सक्ने वा नसक्ने निर्क्यौल आज साँझको गठबन्धन बैठकले गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसी अघि बढाउन सबै दल सहमत हुँदा गठबन्धन जगैदेखि बलियो हुनेछ भने एमसीसीमा फरक मत राखिरहेका दलहरूले अडान नफेर्दा गठबन्धन भत्किने निश्चित जस्तै छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको आजको बैठकमा एमसीसीबारे सत्ता सहयात्री दलहरूको अन्तिम निर्णय सोध्ने तयारी गरेका छन् । 

Vianet communication

एमसीसीमा प्रधानमन्त्रीलाई सहयोग गर्न नसक्ने दलहरूको धारणा आएमा आजैको मितिबाट गठबन्धन नरहेको जानकारी पनि देउवाले सहयात्री दलहरूलाई गराउनेछन् । 

प्रधानमन्त्री देउवा आफैँले प्रस्ताव गरेको समयसीमाभित्र एमसीसी संसदबाट अनुमोदन गराउन युद्धस्तरमा जुटेका छन् । 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पत्र लेखेर फागुन १६ भित्र एमसीसी अनुमोदन गराउने समयसीमा निर्धारण गरेका थिए ।  

गठबन्धनको प्रमुख साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढाए सरकार र गठबन्धन छाड्ने निर्णय गरिसकेको छ । 

नेकपा एकीकृत समाजवादीले पनि एमसीसीको विरोध गरिरहेको छ । देशमा भएका सबैजसो कम्युनिष्ट पार्टीहरू एमसीसीको विपक्षमा छन् । तर, नेपाली कांग्रेसले भने एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गरेर कार्यान्वयनमा जानुपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवाले पार्टी र संसदीय दलको बैठकबाट एमसीसी अनुमोदन गराउने निर्णय गराएका छन् । अहिले उनी सोही निर्णय कार्यान्वयनको प्रयासमा छन् ।

एमसीसीको सन्दर्भमा चासो राखिरहेका अमेरिकी अधिकारीहरूलाई प्रधानमन्त्रीले गठबन्धन भत्किए पनि एमसीसी अघि बढाउने आश्वासन दिएको उनी निकट स्रोतले बताएको छ । 

‘प्रधानमन्त्रीले गठबन्धन भत्किने अवस्था आए पनि एमसीसी अघि बढ्छ भन्ने स्पष्ट सन्देश सम्बन्धित पक्षलाई दिइसक्नुभएको छ । आगामी संसद् बैठकमा एमसीसी प्रस्तुत हुन्छ,’, प्रधानमन्त्री निकट स्रोतले भन्यो । 

देउवालाई भेट्न बुधबार साँझ बालुवाटार पुगेका नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसी कहिले संसद्मा पेश हुन्छ ? भन्ने प्रश्न गरेका थिए ।

देउवाले एमसीसी अघि बढाउनेमा अमेरिकी अधिकारीहरूलाई विश्वस्त तुल्याउने प्रयास गरेको उनी निकट स्रोतको दाबी छ । 

अहिलेकै अवस्थामा एमसीसी प्रधानमन्त्रीले अघि बढाउने भएपछि गठबन्धनमा रहेका दलहरू सरकारबाट बाहिरिने निश्चित प्रायः छ । कांग्रेसबाहेक अन्य दलका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा देउवा अल्पमतमा पर्नेछन् । 

अहिलेको सरकार संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको हुँदा अर्को सरकार गठन नहुने विकल्प नभएकाले देउवा नेतृत्वको सरकारले नै निर्वाचन गराउनुपर्ने कतिपय कानूनविद्को तर्क छ भने कतिपयले विश्वासको मत लिएर जानुपर्ने तर्क गरेका छन् ।

गठबन्धन भत्किने अवस्थामा प्रधानमन्त्रीले केही राजनीतिक मूभबारे आफू निकटस्थहरूसँग परामर्श गरेको बुझिएको छ ।  

गठबन्धन भत्किएको अवस्थामा देउवासामु पहिलो विकल्प त एमालेसँग सहकार्य गर्ने र संसदबाट एमसीसी पारित गराउने देउवाको पहिलो विकल्प हुनसक्छ । एमालेले गठबन्धन भत्काउने र सभामुख अग्नि सापकोटालाई हटाउने भूमिका कांग्रेसले निर्वाह गर्दा एमसीसीमा सघाउने बचन दिएको चर्चा राजनीतिक वृत्तमा छ । 

तर, एमालेका कतिपय जनसंगठनहरू एमसीसीको विरोधमा सडकमा उत्रिएको अवस्था हेर्दा र सोमवार बसेको संसदीय दलको बैठकमा सांसदले राखेको तर्क सुन्दा एमाले पनि एमसीसीको पक्षमा गइहाल्ने पक्षमा देखिँदैन ।

पछिल्लो समयमा प्रधानमन्त्रीसँग संवादमा रहेका केही विश्लेषकहरूले बताएअनुसार एमालेलाई विश्वासमा लिनका लागि प्रधानमन्त्री सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन पनि तयार भएका छन् । तर, यो त्यति सजिलो विकल्प होइन । सभामुख हटाउनका लागि संसद्मा दुईतिहाइ पुर्‍याउनुपर्छ । एमाले र कांग्रेसका सांसद मात्रै हुँदा दुईतिहाइ पुग्दैन । 

‘संसद्मा दुईतिहाइ पुर्‍याउनका लागि अहिले निलम्बनमा रहेका सांसद्लाई राजीनामा दिन लगाउने, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका केही सांसदलाई फकाउनेसम्मको विकल्प प्रयोग हुनसक्छ’, प्रधानमन्त्रीको कोर टीमसँग संवादमा रहेका एक विश्लेषकले भने । 

यसो हुँदा एमालेको दुई मध्येको एक चासो सम्बोधन हुन्छ । एमालेले अहिलेको संसद् विघटन गरेर चुनाव माग गरेको छ ।

ओली दुईपटक प्रधानमन्त्री हुँदा विघटन गरेको संसद् फेरि विघटन गराउन सके आफ्नो हात माथि पर्ने र पहिलेको निर्णय ठीक थियो भन्ने प्रमाणित हुने एमाले नेतृत्वको विश्लेषण छ ।

संसद् विघटन गरेर चुनाव गराउने शर्तमा प्रधानमन्त्रीले एमाले अध्यक्षलाई विश्वासमा लिन सक्छन् ।

‘एमसीसी पारित गरेकै दिन संसद् विघटन हुन पनि सक्छ । कांग्रेस र एमाले मिलेर गरेको संसद् विघटनविरुद्ध अदालतमा मुद्दा जाने सम्भावना पनि कम हुन्छ’, प्रधानमन्त्रीको टीमलाई रणनीतिक सुझाव दिइरहेका एक अधिकारीले बताए ।

अहिले भित्रभित्रै चुनावी सरकारको चर्चा समेत शुरू भइसकेको छ । संसद् विघटन भएपछि देउवा नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत हुन्छ । संसद् विघटन भएको ५ महिनाभित्रमा निर्वाचन भइसक्नुपर्ने हुन्छ ।

निर्वाचनका लागि संविधानअनुसार नयाँ सरकार बन्न सक्ने अवस्था छैन । त्यसो हुँदा सरकारलाई एमालेको समर्थन रहने र निर्वाचन देउवा नेतृत्वको सरकारले नै गराउने गरी राजनीतिक कोर्ष अघि बढ्न सक्ने सम्भावना पनि रहेको स्रोत बताउँछ ।

सरकार बन्नका लागि संविधानले दिएका विकल्पमध्येको अन्तिम विकल्पमा देउवा नेतृत्वको सरकार बनेको हो । अब नयाँ सरकार बन्ने एउटै विकल्प निर्वाचन मात्रै हो । त्यसो हुँदा नयाँ व्यक्तिको नेतृत्वमा सरकार बन्ने र चुनावमा जाने विकल्प संवैधानिक हिसाबले छैन ।

संविधानविद् विपिन अधिकारीले संविधानले वर्तमान सरकारको विकल्प नदिएको बताए । 

‘संविधानमा व्यवस्था भएका विकल्पमध्ये अहिलेको सरकार अन्तिम विकल्पमा बनेको हो । चुनावी वर्ष भएकाले पनि यही सरकारले संसद् विघटन गरेर चुनावको घोषणा गर्न सक्छ । चुनावअगाडि नयाँ सरकार बनाउने विकल्प संविधानले दिएको छैन,’ अधिकारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x