×

NMB BANK
NIC ASIA

एमसीसीको सकस

बारम्बार ओलीलाई भेटेर प्रचण्ड–नेपाललाई के सन्देश दिन खोज्दैछन् देउवा ?

फागुन ११, २०७८

NTC
Premier Steels

प्रतिनिधि सभामा एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) टेबल गर्नुभन्दा दुई दिनअघि र संसद्मा छलफल शुरू गर्नुभन्दा दुई दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे ।

Muktinath Bank

एमसीसीबारे गठबन्धनमा सहमति जुट्न नसकेपछि फागुन ५ गते बिहीवार पत्नी डा. आरजु देउवालाई लिएर देउवा ओली निवास बालकोट गएका थिए । साँझको झण्डै उस्तै समयमा एमाले अध्यक्ष केपी ओली मंगलवार बालुवाटार पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेका दोस्रो तहका प्रभावशाली नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमाललाई साथमा राखेर ओलीले देउवासँग भेटवार्ता गरेका थिए ।


Advertisment
Nabil box
Kumari

मंगलवारको भेटमा देउवाले सत्ता गठबन्धनबाट आफूलाई असहयोग भएको भन्दै एमसीसी अनुमोदनमा सघाउन आग्रह गरे । 

Vianet communication

भेटमा एमाले उपमहासचिव विष्णु रिमालका अनुसार देउवाले एमसीसीमा मतदान गर्न आग्रह गरेका थिए ।

जवाफमा एमालेले आफूलाई संसद्मा उपस्थित हुने वातावरण बनाइदिन आग्रह गरेका थिए । 

संसद्मा सहभागी हुने वातावरण भएपछि मात्र संसदीय प्रक्रियामा सहभागी हुने ओलीले बताएका थिए । 

माधव नेपाललगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही अनुसार उनीहरूलाई पदमुक्त गर्न माग गर्दै एमालेले संसदभित्र नाराबाजी गर्दै आएको छ ।

एमालेको माग पूरा गर्न सभामुख हटाउने बाहेक देउवासँग अर्को विकल्प छैन । एमालेले त्यो विकल्पबारे हिजो पनि कांग्रेससँग प्रस्ताव राख्यो । तर, देउवा सभामुख हटाउने लफडामा लाग्न तयार छैनन् । 

एमालेको रणनीति गठबन्धन तोड्ने र चुनावमा तालमेल हुन नदिने छ । एमसीसी अनुमोदनमा एमालेले सघाएमा गठबन्धन स्वतः भंग हुने कांग्रेसको तर्क छ । 

दुवै दल आफ्नो अडानमा कायम छन् । 

देउवा–ओली भेटले प्रचण्ड–नेपाललाई तनाव

आफ्नो नेतृत्वमा सरकार बनेपछि ‘ओलीको तानाशाहीबाट जनताले मुक्ति’ पाएको भन्दै कांग्रेसको महाधिवेशन उद्घाटनमा भाषण गरेका देउवा पटक–पटक ओलीकोमा धाइरहेका छन् । 

प्रधानमन्त्री बनेपछि पहिलोपटक पुस २४ गते देउवा ओलीलाई भेट्न बालकोट पुगे । त्यो बेला एमसीसीको विषय यसरी सतहमा आएको थिएन । संसद् अवरोध खुलाउने बहानामा बालकोट गएका देउवा र आोलीबीच सत्ता साझेदारीको विषयमा कुराकानी भएको चर्चा चल्यो । 

त्यसको केही समयपछि माघ ११ गते प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता भयो । सो वार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत सामेल गराइएको थियो । 

यसबीचमा देउवाका दूतले ओली र ओलीका मान्छेले देउवासँग पटक–पटक कुराकानी गरे । 

प्रचण्डमाथि दबाब सिर्जना गर्न देउवाले पटक–पटक ओलीलाई भेट गरेको माओवादी नेताहरू बताउँछन् । 

‘देउवाले ओलीलाई भेट्दा एमाले कार्यकर्ताले गठबन्धन टुटेजस्तै गरेर उत्सव मनाउनु के यो प्रचण्डलाई दबाब दिने रणनीति होइन ?’ माओवादीका प्रचण्डनिकट एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

माओवादीका पूर्व स्थायी कमिटी सदस्य समेत रहेका नेता गणेश साह प्रधानमन्त्री देउवा जुनसुकै हालतमा एमसीसी पारित गर्ने पक्षमा रहेकाले गठबन्धन खतरामा रहेको बताउँछन् ।

‘देउवा जसरी पनि एमसीसी पास गर्ने र ओली जसरी पनि गठबन्धन तोड्ने मिसनमा लागेपछि दुवै हुने सम्भावना छ,’ साहले लोकान्तरसँग भने, ‘एमसीसी पास हुँदा स्वाभाविक रूपले गठबन्धन टुट्छ ।’

देउवाले ओलीसँग भेट्नुअघि चितवनमा कांग्रेस महामन्त्री गगन थापाले एमसीसीको विपक्षमा भोट हाल्ने र सरकारमा बसिरहने कुरा सम्भव नहुने प्रस्ट पारेका थिए ।

‘जहाँसम्म गठबन्धन सरकारले ल्याएको प्रस्ताव छ, गठबन्धनमा सहभागी भएर त्यही गठबन्धन सरकारले ल्याएको प्रस्तावको खिलाफमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं, बाँकी विषयमा सँगसँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक पनि हुन्छ,’ गगनले बुधवार चितवनमा भनेका थिए, ‘नेपाल सरकारले गरेको सन्धिको खिलाफमा लाग्छौं, त्यो दिन पेट दुखेकाले संसद्मा नआएको, भोलिदेखि आउँछौ भन्नेजस्तो नमिल्ने कुरा केही हुँदैन । कि यसको पक्षमा मतदान गरेर सँगै बसौं, फरक–फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन, सँगै बस्न हुँदैन भन्ने कुरा हो ।’ 

कांग्रेसभित्र एमसीसीको विपक्षमा भोट हालेमा माओवादी र एकीकृत समाजवादीसँगको गठबन्धन तोड्नुपर्ने मत बलियो हुँदै गएको छ ।

डा. शेखर कोइराला पक्षका नेताहरू चुनावमा तालमेल गर्न समेत नहुने लबिङ गरिरहेका छन् । जसको वकालत गगन थापाले गरिररहेका छन् । त्यसैले उनको भनाइले अर्थ राख्छ । 

प्रचण्डको घुमाउरो प्रतिक्रिया

बालुवाटारमा देउवा र ओलीबीच छलफल भएको भोलिपल्ट बिहान प्रचण्डको फेसबूकमा एउटा सन्देश सहितको फोटो पोस्ट भयो ।

‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिश गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं,’ प्रचण्डले सन्देशमा भनेका छन् । 

बुधवार नै बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन टुटाउने कोशिश भइरहेको टिप्पणी गरे । 

‘यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि ! तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुराचाहिँ होइन,’ प्रचण्डले भनेका छन् । 

एमसीसीको विरोधमा खरो उत्रिएका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले त देउवाप्रति लक्षित गर्दै भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिने भन्दै टिप्पणी गरे ।

‘प्रधानमन्त्री अमेरिकी पासोमा पर्नुभएको छ, भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भनेका छन् । 

संसदमा टेबल भएको एमसीसी सम्झौतामाथि प्रतिनिधि सभामा भोलिदेखि छलफल हुँदैछ । फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्नुपर्ने समयसीमा छ ।

एमसीसीलाई निर्णयार्थ पेश गर्ने मिति नजिकिँदै गर्दा विपक्षमा मत हाल्ने निर्णय गरेका तर सरकारमा रहेका प्रचण्ड र माधव नेपाल दबाबमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x