×

NMB BANK
NIC ASIA

पूर्वप्रधानमन्त्री र पत्रकार झुक्याउँदै चार लाख ठग्ने गायक पक्राउ, समातिएको केहीबेरमै रकम चुक्ता

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं २० असार – ठग्दै हिंडेका गायक हेमन मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा आए लगत्तै तिर्नुपर्ने रकम चुक्ता गरेर उनी थुनामुक्त भएका छन् ।


एचआइभी संक्रमित बालबालिकाको हेरचाहको लागि खोलिएको संस्थाका लागि च्यारिटी सो मार्फत उठेको रकम नदिइ उनले अनेक बहाना वनाउँदै आएका थिए ।

त्यहिँ रकम ठगेको आरोपमा उजुरी परेपछि अपराध अनुसन्धान महाशाखा टेकुले उनलाई मंगलवार तीनघण्टा नियन्त्रणमा लिएर केरकार गरेको थियो ।

संस्थाको रकम चुक्त नगरे ठगी मुद्दा चलाउने चेतावनी पछि गायक मोक्तानले आजै रकम चुक्त गरेको रसिद प्रहरीलाई वुझाएका हुन् ।

‘उनी विरुद्द उजुरी परेको थियो । हामीले रकम फिर्ता नगरे ठगीमा मुद्दा चल्ने चेतावनी दिएपछि उनले आजै रकम चुक्ता गरेको रसिद वुझाएका छन्’ अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले लोकान्तरलाई वताए ।  

असार ३ गते गायक हेमनले एचआइभी संक्रमित बालबालिकाको सहयोगको लागि कतारबाट संकलित ४ लाख १६ हजार ७५ रुपैयाँ संकलन गरेपनि संस्थालाइ नदिएको भन्दै बेबी लाइफ होमले टेकुस्थित अपराध अनुसन्धान महाशाखामा उनि विरुद्ध उजुरी दर्ता गरेको थियो ।

विभिन्न पत्रपत्रिकामा रकम वितरण गरेको समाचार प्रकाशित गरेपनि ८ महिनासम्म रकम नपाएको भन्दै संस्थाले प्रहरीमा उजुरी गरेको थियो ।

प्रहरीमा उपस्थित भएर १ हप्ताभित्र बेबी लाइफ होमको अक्षयकोषमा जम्मा गर्ने भनिएपनि जम्मा नगरेर अटेर गर्दै बसेपछि प्रहरीले मंगलवार गायक हेमनलाई नियन्त्रणमा लिएको थियो । प्रहरी महाशाखाको नियन्त्रणमा परेपछि गायक हेमन तर्सिएका थिए । लगतै उनले आफ्ना साथीभाइलाई टेलिफोन गरी बेबी लाइफ होमको अक्षयकोषमा दुई घण्टा भित्रमै रकम जम्मा गरेका थिए ।

गायक हेमनले प्रभु बैंकमा रहेको बेबी लाइफ होमको अक्षयकोषमा ३ लाख १६ हजार रकम जम्मा गरेका छन् । अक्षयकोषमा रकम जम्मा गरेपछि भने प्रहरीले गायक हेमनलाई छाडेको थियो ।  

गायक हेमनले पैसा संस्थाको खातामा जम्मा गरिदिएका बेबी लाइफ होमका सञ्चालक राजकुमार पुनले लोकान्तरलाई बताए ।
यसअघि लोकान्तर डटकमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  र पत्रकारलाई झुक्काउँदै गायक हेमनले चार लाख रुपैयाँ हजम पारेको खोज खबर सार्वजनिक गरेको थियो ।

यो लिंक पनि हेरौं :
गायकको ‘ठगी’ धन्दा : पूर्वप्रधानमन्त्री र मिडियालाई झुक्याउँदै ४ लाख हजम !

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x