×

NMB BANK
NIC ASIA

सिध्दिने बाटो

इगोको उत्पात : आफैंलाई सिध्याउने आत्मघाती बाटोमा तीन कम्युनिस्ट नेता !

फागुन २५, २०७८

NTC
Premier Steels

एक वर्षअघि एउटै घरमा चुल्हो बालिरहेका कम्युनिस्ट नेताहरू अहिले तीनतिर मुख फर्काइरहेका छन् । परिवारभित्र दाजुभाइले अंशवण्डा गरेजस्तै उनीहरूको तीन घरबार छ । उनीहरू छुट्टिएका मात्र छैनन्, एकअर्काप्रति शत्रुवत् व्यवहार गरिरहेका छन् । 

Muktinath Bank

केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले अहिले स–साना खुद्रा पसलको रूपमा पार्टी चलाइरहेका छन् । तर, उनीहरूलाई राजनीतिक पसल धान्नै हम्मेहम्मे परिरहेको छ । कोरोना महामारीले व्यापार सुस्ताएजस्तो अहिले तीनैजना नेताको राजनीतिक पसल पनि सुस्ताइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन त एकीकृत ‘पसल’ बनाउने योजना सुनाएकै भरमा २०७४ को चुनावमा उनीहरूले राम्रो व्यापार गरेका थिए । त्यसबेला कमाएको नाफाको ब्याज उनीहरूले अहिलेसम्म उपभोग गरिरहेका छन् । जनतामाझ गरेको प्रतिबद्धताअनुसार एमाले र माओवादी केन्द्र गाभेर २०७५ जेठ ३ मा ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको ‘होलसेल’ बनाएका थिए, तर लामो समय टिकाउन सकेनन् ।


Advertisment
Nabil box
Kumari

साढे दुई वर्षको सहयात्रामै एकअर्कामा विश्वास हरायो । राजनीतिक व्यापारको हिसाबकिताब मिल्न छाड्यो । एकले अर्कालाई हिसाब बिगारेको आरोप लगाए । सत्तोसराप गरे र फेरि खुद्रे पसलमै फर्किए । 

Vianet communication

वैशाख ३० मा आउँदै गरेको चुनावी महोत्सवमा उनीहरू फेरि खुद्रे पसलको स्टल राख्ने तयारी गर्दैछन् । तर, यसपटकको महोत्सवमा उनीहरूले नाफा कमाउने त परको कुरा सावाँ नै जोगाउन धौ–धौ पर्ने अवस्था छ ।

मुख्य तीन नेताले ‘इगो’ व्यवस्थापन गर्न नसक्दा गत चुनावबाट आर्जेको राजनीति शक्ति नै धुलिसात भैसकेको छ । आगामी चुनावबाट राजनीतिक हैसियत थप क्षयीकरण हुने निश्चितप्रायः छ । तर, उनीहरूबीचको शत्रुवत् व्यवहार व्यवस्थापनको संकेत देखिँदैन ।

राजनीतिक विश्लेषक हरि रोका नेताहरूको फरक पृष्ठभूमि र ‘हैकमवादी’ सोचका कारण कम्युनिस्ट नेताहरूमा विग्रह आउने गरेको बताउँछन् ।

मुख्य तीन नेताले ‘इगो’ व्यवस्थापन गर्न नसक्दा गत चुनावबाट आर्जेको राजनीति शक्ति नै धुलिसात भैसकेको छ । आगामी चुनावबाट राजनीतिक हैसियत थप क्षयीकरण हुने निश्चितप्रायः छ । तर, उनीहरूबीचको शत्रुवत् व्यवहार व्यवस्थापनको संकेत देखिँदैन ।

‘एउटासँग युद्ध हाँकेर आएको हुँ, म कमाण्ड गर्न सक्छु भन्ने छ । ज-जसले कमाण्ड मानेनन्, उनीहरू छाडेर हिँडे । उनलाई आफैँ सुपर हिरो हुँ भन्ने लाग्थ्यो र लागिरहेको छ । अर्कोसँग, मैले एमाले भन्ने पार्टी बनाएको हो, १५ वर्ष नेतृत्व गरेँ, अहिले अर्काले कब्जा गर्‍यो, मेरो कुनै भाउ राखेन भन्ने छ । सोही कारण अर्को पार्टी बनाए । अहिले जसले पार्टी (एमाले)मा हालिमुहाली गरिरहेको छ, उसलाई १४ वर्ष जेल बसेर, संघर्ष गरेर जितेर आएको हो, म भन्दा जान्ने बुझ्ने कोही छैन भन्ने लागेको छ’, रोका भन्छन्, ‘तर, उनीहरूको वैचारिक धरातल भने कमजोर छ । त्यसो हुँदा एकअर्कासँग मिल्न सकेनन् ।’

विचारधारात्मक कुरा नभएपछि र राजनीतिक मूल्य मान्यताले प्राथमिकता नपाएपछि यस्तो हुने रोकाको विश्लेषण छ । राजनीतिमा मूल्य मान्यताप्रति तीनवटै पार्टीका मुख्य नेतालाई मतलब नभएका कारण उनीहरू क्रमशः स्खलित हुँदै गएको रोका बताउँछन् ।

‘भएको मूल्य मान्यतालाई तिलाञ्जली दिने र नयाँ बनाउन पनि नलाग्ने भएपछि हुने बेमेल नै हो’, रोकाले भने । 

एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा कुनै वैचारिक भिन्नता छैन, न त समसामयिक विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै फरक छ । 

जस्तै, अमेरिकी आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसीमा तीनवटै दल एउटै बिन्दुमा छन् । एमसीसी अनुमोदन गर्ने र कार्यान्वयन गर्नेमा तीनवटै दलको प्रतिबद्धता (स्वीकारे पनि, नस्वीकारे पनि) उस्तै छ ।

संसदीय प्रणालीलाई तीनवटै दलले प्रतिस्पर्धीरूपमा अपनाएका छन् । कतिपय संसदीय विकृतिमा पनि उनीहरू उत्तिकै प्रतिस्पर्धी छन् । तर, तीन नेतालाई एउटै छाताको ओत पर्याप्त भएको छैन ।

कम्युनिस्ट नेताहरूमा बरू आफू सिद्धिन, रित्तिन तयार हुने, तर एकअर्काको अस्तित्व स्वीकार नगर्ने अतिवादी सोच र व्यवहार हावी भएको देखिन्छ ।

यति बेला मुख्य कम्युनिस्ट पार्टीका नेताहरू अर्को पार्टीलाई दुश्मनको व्यवहार गरिरहेका छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेताहरू उपस्थित भएको बैठक र कार्यक्रममा समेत उपस्थित हुन इन्कार गरिरहेका छन् । 

उनले एकीकृत समाजवादीप्रति ‘अछुत’ व्यवहार गरिरहेका छन् । 

एकीकृत समाजवादीका सांसदहरू उपस्थित भएको संसद् बैठकमा सहभागी नहुने, माधव नेपाल वा उनको पार्टीका नेताहरू सहभागी सर्वदलीय बैठकमा नबस्ने नीति ओलीको छ ।

एकीकृत समाजवादीको अस्तित्व नै मेटाइदिने प्रयासमा ओली छन्, जसका लागि उनले अदालतमा मुद्दा दर्ता गरेका छन् भने उनीहरूलाई अप्ठ्यारो पार्ने राजनीतिक अवसर खोजिरहेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि निर्वाचनबाट एमालेलाई पत्तासाप गर्ने हुँकार गर्दै हिँडेका छन् ।  ओलीको व्यक्तिवादी चरित्रकै कारण छुट्टै पार्टी बनाउनुपरेको प्रस्टीकरण नेपालले दोहोर्‍याइरहन्छन् । 

एकीकृत समाजवादीलाई राजनीतिक रूपमा एमालेसँग जोगिँदै हिँड्नुपरेको छ । 

नेकपा एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध पनि उत्तिकै तिक्तापूर्ण छ । ओली र प्रचण्डले सार्वजनिक मञ्चबाटै एकअर्कालाई सत्तोसराप गर्छन् । 

बरू एकीकृत समाजवादी र माओवादी केन्द्र बीचमा भने सुमधुर सम्बन्ध छ । सत्तारूढ गठबन्धनमा पनि उनीहरू दुई पार्टीबीच एजेन्डामा मतैक्यता खोज्ने प्रयास गरिरहेका हुन्छन् ।  

अहिलेका नेताहरूले प्रदर्शन गरेको व्यवहारले अरू सम्भावित असल नेतृत्वलाई बाटो छेकिरहने रोका बताउँछन् । 

‘पछिल्लो पुस्ताको नेतृत्वले प्रतिस्पर्धा गर्न सक्ने परिस्थिति बन्दैन । स्रोत, साधन, पहुँच सबैमा असहिष्णु नेतृत्वको कब्जा भएपछि पछिल्लो पुस्ता राजनीतिबाट बाहिरिन्छ । हैकम राख्न सक्ने अवस्थासम्म अघिल्लो नेताले नै नेतृत्व गरिरहन्छ । नयाँ नेतृत्व आउँदैन’, रोकाले भने ।

राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बरालले नेताहरू आफ्नै व्यक्तिवादी सोचका कारण बर्बादीमा पर्ने गरेको बताए ।

‘नेपालमा कम्युनिस्ट पार्टीहरू कहिल्यै मिलेर रहेको इतिहास नै छैन । १५–२० चिरा परेकै छन् । एमाले र माओवादी मिलेपछि नयाँ इतिहास बन्ला कि भनेको त्यो तीन वर्ष पनि टिक्न सकेन । कम्युनिस्ट पार्टीमा नेताहरूको व्यक्तिवादी सोचका कारण यस्तो हुने गरेको छ’, बरालले भने ।

विचारमा स्पष्ट नभएका कारण पनि उनीहरूमा समस्या देखिने गरेको बराल बताउँछन् ।

‘नेपालमा कम्युनिस्टहरूले जीवनभर संसदीय व्यवस्थालाई गाली गरे, अहिले भैँसीले आहाल खेलेजस्तो संसद्मा डुबिरहेका छन् । उनीहरूमा वैचारिक स्पष्टता भएको भए यस्तो हुँदैनथ्यो’, उनले भने ।

विभक्त भएका तीन नेताहरू तत्कालै मिलिहाल्ने अवस्था नदेखेको उनी बताउँछन् ।

‘स्वार्थ नमिल्नेबित्तिकै छुट्टिने र स्वार्थ मिल्नेबित्तिकै एकीकृत हुने भएकाले यसै गर्लान् भन्न सकिन्न, तर उनीहरूको अहिलेको अवस्था हेर्दा मिलिहाल्छन् भन्ने अवस्था छैन’, बरालले भने ।

विश्लेषक रोका पनि तीन ठूला कम्युनिस्ट पार्टीहरूको वैचारिक धरातल कमजोर भएका कारण मिल्ने र छुट्टिने कुराको टुंगो नहुने बताउँछन् । 

‘जब आइडियोलोजीले काम गर्दैन, त्यतिबेला मिल्न केहीले छेक्दैन । अहिले माओवादीलाई कांग्रेससँग मिल्न के कुराले छेकेको छ ?’, रोकाले प्रश्न गरे ।

कांग्रेसका नेताहरूले होच्याउने अभिव्यक्ति सार्वजनिक गरिरहँदा पनि प्रचण्ड र माधव नेपाल पार्टीको अस्तित्व रक्षाकै लागि कांग्रेससँग सहकार्य जारी राख्न बाध्य छन् । 

सगोत्री पार्टीका नेताहरू इगो साँध्न लागेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले विचार नै नमिल्ने कांग्रेससँग चुनावी सहकार्यको लोलोपोतो गरिरहेका छन् ।

कांग्रेसका नेताहरूले होच्याउने अभिव्यक्ति सार्वजनिक गरिरहँदा पनि प्रचण्ड र माधव नेपाल पार्टीको अस्तित्व रक्षाकै लागि कांग्रेससँग सहकार्य जारी राख्न बाध्य छन् । 

कांग्रेस उपसभापति धनराज गुरूङले त कांग्रेसलाई हात्ती र प्रचण्ड–माधव नेपाललाई चमेरोको संज्ञा दिएर हात्तीको कानमा चमेरो झुन्डिएर फोहोर गरिरहेको अभिव्यक्ति दिएका थिए । 

गत शनिवार राजधानीमा कांग्रेस निकट कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा गुरुङले प्रचण्ड–नेपाललाई होच्याएका थिए । 

आगामी चुनावमा कम्युनिस्ट पार्टीहरूबीचकै टकरावले उनीहरू थप कमजोर हुने र जुट्दा सशक्त शक्ति आर्जन हुने निश्चितप्रायः छ ।

यसमा तीनैजना नेता जानकार छन्, तर उनीहरूको व्यक्तिगत ‘इगो’ व्यवस्थापन हुन नसक्दा ओरालो यात्रा गर्न बाध्य छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x