×

NMB BANK
NIC ASIA

'पोस्ट' एमसीसी बहस

एमसीसीका बाँकी परकम्प– देउवाको आक्रोश, प्रचण्डको उधारो राजीनामा र गगनले लिन खोजेको जिम्मा

फागुन ३०, २०७८

NTC
Premier Steels

सुर्खेतमा भएको ‘कर्णाली उत्सव’मा कांग्रेस महामन्त्री गगन थापा आउने भएपछि सुर्खेतका केही युवा/विद्यार्थी स्कूलमा बिदा लिएरै महोत्सवमा आइपुगेका रहेछन् । मञ्चमा गगन थापा र शहरी विकासमन्त्री रामकुमारी झाँक्री थिए ।  

Muktinath Bank

आफ्नो परिचय नदिई गगन थापालाई प्रश्न गरेका एक विद्यार्थीले ‘मागेर आत्मनिर्भर बन्छौं भन्न खोजेको हो ? भनेर सोधे । ‘हाम्रो जल, जमिन, जंगलको प्रयोग गर्नुको साटो मगन्ते प्रवृत्ति स्थापित गर्नुपर्छ भन्ने कुरा गर्नुभयो । माग्ने हाम्रो हक हो भन्नुभयो । के मागेर आत्मनिर्भर हुन्छौं त ?’ ती युवकले प्रश्न गर्दा सहभागीले समर्थनमा हूटिङ गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य सहभागीले पनि गगनलाई नै प्रश्न गरे । विषय उही थियो– एमसीसी । कतिपयले प्रश्न गरे, प्रश्न गर्न माइक नपाएकाले त्यत्तिकै आक्रोश व्यक्त गरे । राजनीतिप्रति खास रुचि नराख्ने पुस्ताका युवाहरूले गगन थापालाई पसिना काड्ने खालका प्रश्न गरे । एमसीसी सम्झौतामा तलमाथि भए कपाल मुण्डन गरेर थानकोट कटाउनू भनेर गगनले संसदमा गरेको सम्बोधनलाई लिएर एक युवाले सोधे– नेपाल भनेको काठमाडौं मात्र हो ? 


Advertisment
Nabil box
Kumari

कर्णालीका युवाको प्रश्न सुनेपछि गगनले तत्कालै प्रतिक्रिया जनाए, ‘ठग र ढोंगीहरूले एमसीसीलाई यति गिजोलेछन् कि अब अभियान नै बनाएर गाउँमा जानुपर्ने भयो ।’

Vianet communication

गगनले शीतयुद्धको समयमा अमेरिका, चीन र रुसबाट फाइदा लिएको उदाहरण पेश गर्दै देशको अर्थतन्त्रलाई माथि उठाउन अहिलेको अवस्थामा वैदेशिक सहयोग लिनुको विकल्प नभएको बताए । 

सुर्खेतमा गगनसँग सोधिएका प्रश्न प्रतिनिधिमूलक मात्र हुन् । यही खालको भ्रम/बुझाइ देशभरी छ । गाउँ–गाउँमा झांगिएको एमसीसी बारेको भ्रम चिर्ने कुरालाई हिजोदेखि शुरू भएको नेपाली कांग्रेसको स्थानीय तहको चुनावी अभियानको मुख्य एजेन्डा बनाइएको छ ।

विपक्षी दलकै किन नहुन्, सुदूरपश्चिमका नेताहरूप्रति देउवा अलि नरम हुन्थे । तर सोमवार भने एमसीसीको विरोध गरिरहेका एमाले नेता भीम रावलसँग देउवा आक्रोशित भए । रावलले अहिले एमालेको आधिकारिक धारणा बोलिरहेका छैनन्, लगभग स्वतन्त्र सांसद जस्तै भूमिकामा छन् । 

देउवाको आक्रोश 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चतुर्‍याइँपूर्वक संसदबाट एमसीसी अनुमोदन गराए । एमसीसीको विषयलाई लिएर पक्ष र विपक्षमा चर्को बहस भइरहेको समयमा पनि देउवा शान्त ढंगले प्रस्तुत हुँदै आएका थिए । 

एमसीसी संसदमा टेबल हुने र पास गर्ने दिन संसदमा एमसीसीका पक्षधरहरू राष्ट्रिय गद्दार हुन् भनेर आरोप लगाउँदा पनि देउवा मौन बसेका थिए । एमसीसी पारित भएको १५ दिनपछि देउवा कड्किएका छन्, भीम रावलको नामै लिएर । 

विपक्षी दलकै किन नहुन्, सुदूरपश्चिमका नेताहरूप्रति देउवा अलि नरम हुन्थे । तर सोमवार भने एमसीसीको विरोध गरिरहेका एमाले नेता भीम रावलसँग देउवा आक्रोशित भए । रावलले अहिले एमालेको आधिकारिक धारणा बोलिरहेका छैनन्, लगभग स्वतन्त्र सांसद जस्तै भूमिकामा छन् । 

नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आफैँ सहभागी मन्त्रिपरिषद्ले एमसीसीको निर्णय गर्दा विरोध नगर्ने, तर अहिले आएर विरोध गर्न लाज छैन ? भनेर रावललाई प्रश्न गरे ।

‘भीम रावलजी सबभन्दा बढी एमसीसीको खिलाफमा हुनुहुन्छ । त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो । मन्त्री हुँदा आफैँले पास गर्ने, त्यसबेला किन राजीनामा गर्नुभएन ? भीम रावलले के हेरेर बसेको त्यसबेला ? यस्ता दुईजिब्रे कुरा गर्न पाइन्छ ?’ आक्रोशित हुँदै सोमवार देउवाले भने, ‘आफू रक्षामन्त्री हुँदा संसदमा ल्याउने, मैले ओलीजीले ल्याएको प्रस्ताव ल्याउँदा भीम रावललाई किन टाउको दुख्ने ? केपी ओलीको सरकारमा मन्त्री थिए उनी, त्यसबेला किन एमसीसीको विरोध गरेर राजीनामा नगरेको ? अहिले आएर बोल्ने लाज छैन ?’ 

देउवाको आक्रोशमा भीम रावलले प्रत्युत्तर दिइसकेका छन् । एमालेको नाराबाजी चलिरहेको प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा पनि रावलले एमसीसीको विरोध गर्ने देशभक्तमाथि दमन गर्न लागिएको बताएका थिए । 

‘एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानहरूलाई यथावत राखेर त्यसलाई अनुमोदन गरिएपछि केही मानिसहरू अब नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्छ भनेर चिच्याइरहेका छन् । देशभक्त नेपालीहरूको आवाजलाई खिस्सीट्युरी गरेर, राज्यको संयन्त्र प्रयोग गरेर देशभक्तहरूमाथिको दमनलाई चर्काउने षड्यन्त्र गरिँदैछ । सर्वप्रथम यस्ता काम, कारवाही बन्द गर्न म माग गर्दछु,’ रावलले भनेका थिए । 

एमसीसीबारे देउवा र रावलको जुहारी कहाँ पुगेर रोकिने हो थाहा छैन । केही समयअघि रावलसँग डा. बाबुराम भट्टराईको यस्तै जुहारी चलेको थियो । 

प्रचण्डको उधारो राजीनामा

एमसीसीले विवादको भुमरीमा परेको माओवादी केन्द्रले तीन महिनापछि छलफलको भाका सारेको छ । एमसीसीबारे माओवादीमा देखिएको विवाद कृत्रिम थियो ।

कार्यकर्ताको मन राख्न र जनमतलाई प्रभावित पार्न माओवादीले एमसीसीको विरोधमा भ्रातृ संगठनलाई सडकमा उतार्‍यो । 

पुस महिनामा सम्पन्न महाधिवेशनबाट यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय लिएको माओवादीले ‘व्याख्यात्मक टिप्पणी’को जामा लगाएर एमसीसीमा लालमोहर लगायो ।

एमसीसीको विवाद देखाएर नारायणकाजी श्रेष्ठ समूहले पार्टीभित्र ‘बार्गेनिङ पावर’ बढाए । जेठ २० गते माओवादी केन्द्रीय कमिटी बैठकबाट के निर्णय हुन्छ, त्यो जगजाहेर छ । 

या एमसीसीको बहसलाई मंसिरमा हुने प्रतिनिधि सभाको चुनावपछि बहस गर्ने भनेर धकेलिने छ, या अनुमोदन गर्ने निर्णय सही थियो भनेर बहुमतले पारित हुनेछ ।

आइतवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भन्नका लागि त भन्दिए, एमसीसीबारेको निर्णय फेल भए ‘राजीनामा दिन्छु’ । प्रचण्डले मनोनित गरेको केन्द्रीय कमिटीबाट उनैले राखेको प्रस्ताव फेल हुने र प्रचण्डले राजीनामा दिने कुरा ‘गफै त हो नि सम्धी’ भन्ने नेपाली उखान जस्तै हो । 

नेपाली समाजमा नसेलाएको बहस

संसदबाट बहुमतले अनुमोदन भएको १५ दिन भइसक्दा पनि अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसीको) परकम्प बाँकी नै छन् । फागुन १५ गते प्रतिनिधि सभाको बहुमतबाट एमसीसी पारित भएपछि यसको बहसले बिट मार्ने अपेक्षा गरिएको थियो । 

एमसीसी खारेजीको माग गर्दै संसद् बाहिरका वामपन्थी दलले खुलामञ्चमा सभा गरेरै मोर्चाबन्दी गर्ने बताइसकेका छन् । ठूला कम्युनिस्ट पार्टीमा हलचल पैदा भएको छ भने एमसीसीका परकम्प गाउँ–गाउँमा पुगेका छन् । प्रधानमन्त्री र कुनै राजनीतिक दलको अध्यक्षले संयुक्त हस्ताक्षर गरेको पत्र पठाएर कूटनीतिक मर्यादा र परराष्ट्र मामिलामा आलोकाँचो पन देखाएको त प्रस्ट देखियो ।

एमसीसीको बहस गिजोलिएका कारण सर्वसाधारणले आफ्नै धारणा बनाएका छन् । काभ्रेको पाँचखाल नगरपालिका अनेकोटका सन्तबहादुर तामाङको एमसीसीबारेको बुझाइ त्यस्तै छ । ‘नेपालका नेताहरूले यहाँ अमेरिका र चीनको लडाईं गराउन खोजेका छन्, लडाईं भयो भने नेताहरू पहिला विदेश भाग्छन्, मर्ने त हामी नेपाली हो नि ! त्यसैले एमसीसी ठीक छैन,’ एमसीसी संसदबाट पास हुनुअघि तामाङले लोकान्तरकर्मीसँग भनेका थिए ।

पूर्वदेखि पश्चिमसम्म नै एमसीसीबारे जनताले आफ्नै खालको धारणा बनाएका छन् । कर्णालीका युवाको प्रतिनिधिमूलक प्रश्न सुनेपछि कांग्रेस महामन्त्री थापाले एमसीसीबारेको भ्रम चिर्न आफू गाउँ–गाउँ जाने बताएका छन् । उनले एमसीसी संसदमा दर्ता गर्ने केपी ओली र पारित गर्न सहयोग गर्ने प्रचण्डले जिम्मा नलिएपनि आफूले लिने बताएका थिए ।

पूर्वदेखि पश्चिमसम्म नै एमसीसीबारे जनताले आफ्नै खालको धारणा बनाएका छन् । कर्णालीका युवाको प्रतिनिधिमूलक प्रश्न सुनेपछि कांग्रेस महामन्त्री थापाले एमसीसीबारेको भ्रम चिर्न आफू गाउँ–गाउँ जाने बताएका छन् । उनले एमसीसी संसदमा दर्ता गर्ने केपी ओली र पारित गर्न सहयोग गर्ने प्रचण्डले जिम्मा नलिएपनि आफूले लिने बताएका थिए ।

एमसीसीमार्फत आउने करीब ५५ अर्ब रुपैयाँको समर्थन गर्दै गगनले चीनबाट ७० अर्ब र भारतबाट ८० अर्ब ल्याउन भूमिका खेल्ने बताएका थिए ।

एमसीसी पास गर्न गठबन्धनका दलसँग सहमतिको प्रयास गर्नेदेखि पास भइसकेपछि यसको प्रतिरक्षामा उभिने काम गगनले नै गरिरहेका छन् । नेपाली समाजको ताललाई  ध्रुवीकृत गरिदिएको एमसीसीको छाल कसरी सेलाउँछ, त्यसैले नेपालमा अमेरिका र चीनको टकराव कम हुनेछ । 

निकट भविष्यमा हुन लागेको चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणपछि एमसीसीको विषय सेलाउने या चर्किने थाहा हुनेछ । एमसीसी प्रकरणले नेपाललाई सिकाएको पाठचाहिँ– फिर्ता गर्न कुनै पनि वैदेशिक सहयोगलाई गिजोल्नु राजनीतिक दलका नेता, सिंगो पार्टी या देशका लागि नै घाटाको विषय बन्दो रहेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x