×

NMB BANK
NIC ASIA

जसपाको हिसाबकिताब

केन्द्रदेखि प्रदेशसम्म सरकारमा रहेको जसपा सवा करोड घाटामा, मौज्दात घटेर ८० लाखमा सीमित

चैत १, २०७८

NTC
Premier Steels

संघदेखि प्रदेशसम्म सरकारमा रहेको जनता समाजवादी पार्टी (जसपा) गत आर्थिक वर्षमा १ करोड २२ लाख ३० हजार ५०१ रुपैयाँ घाटामा गएको पाइएको छ ।

Muktinath Bank

संघीय सरकारमा सहभागी हुनुका साथै पछिल्लो ४ वर्षदेखि मधेश प्रदेश (साविक प्रदेश २) को नेतृत्व गरिरहेको पार्टीको हिसाबकिताब घाटामा चलिरहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७७/०७८ मा जसपाको कुल आम्दानी ७७ लाख ४ हजार ४०६ रुपैयाँ रहेकोमा कुल खर्च १ करोड ९९ लाख ३४ हजार ९०७ रुपैयाँ भएको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

यसबीचमा १ करोड २२ लाख  ३० हजार ५०१ रुपैयाँ घाटा भएको छ ।

Vianet communication

अघिल्ला आर्थिक वर्षको वचतबाट जसपाको खातामा ८० लाख २२ हजार ४५१ रुपैयाँ मौज्दात रहेको पार्टीको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

जसपाले सदस्यता शुल्क तथा सदस्यता नवीकरण शुल्कबाट ६० हजार रुपैयाँ, कार्यगत लेभीबाट २८ लाख ८० हजार रुपैयाँ गरी कुल २९ लाख ४० हजार रुपैयाँ सदस्यता तथा लेभीबाट आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक अन्य चन्दा तथा सहयोगबाट ६ लाख ६७ हजार रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी जसपाले जीप बिक्री गरेर ३३ लाख ७९ हजार २ सय रुपैयाँ आम्दानी गरेको छ । तर १ करोड २४ लाख रुपैयाँको सवारी साधन खरिद गरिएको छ ।

क्यान्टिन भाडाबाट १ लाख ६५ हजार रुपैयाँ, बैंकको ब्याजबाट १ लाख ६१ हजार १७६ रुपैयाँ र अन्य सवारी साधन बिक्रीबाट १ लाख ७० हजार ८ सय रुपैयाँ आम्दानी भएको छ ।

पार्टीको प्रवास विशेष समितिबाट २ लाख २१ हजार २३० रुपैयाँ अनुदानबापत आय गरेको प्रतिवेदनमा उल्लेख छ।

केमा कति खर्च ?

जसपाले घर बहालमा मात्र १६ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

स्टेशनरी तथा छपाइमा ४ लाख २४ हजार १० रुपैयाँ, बिजुली तथा पानी महशुलमा १४ हजार २२ रुपैयाँ, यातायात तथा भ्रमणमा ११ हजार ८१७ रुपैयाँ, लेखा परीक्षणमा २२ हजार ६०० रुपैयाँ खर्च भएको छ ।

पार्टीको बैठक सञ्चालन गर्दा जलपान तथा पाहुना खर्च समेतमा १ लाख १२ हजार २३५ रुपैयाँ, अन्य कार्यालय खर्च (मर्मत सम्भार) समेतमा २ लाख ९० हजार ५८७ रुपैयाँ, इन्धनमा ३६ हजार रुपैयाँ, बैंकको ब्याजमा ८ हजार ५८ रुपैयाँ, विविधमा ८ लाख १ हजार ६८ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सेमिनार तथा मिटिङमा २० हजार र आन्दोलन गर्दा १ लाख ६२ हजार १५० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

अन्य कार्यालय खर्च (ह्रास कट्टी)मा २७ लाख ८७ हजार २२३ रुपैयाँ, कार्यालयमा कार्यरत कर्मचारीको तलब तथा दशैं भत्तामा ४ लाख १४ हजार १४२ रुपैयाँ खर्च भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

बैंकमा ८० लाख २२ हजार मौज्दात

विभिन्न बैंक तथा वित्तीय संस्थामा पार्टीका नाममा ८० लाख २२ हजार ४५१ रुपैयाँ मौज्दात छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ६१ लाख ५८ हजार ९७८ रुपैयाँ, कृषि विकास बैंकमा १३ लाख २७ हजार १६१ रुपैयाँ, अन्य नगद, पेटी क्याससहित कुल ८० लाख २२ हजार ४५१ रुपैयाँ नगद मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा भने बैंकमा १ करोड ६७ लाख १ हजार ५१७ रुपैयाँ मौज्दात रहेको थियो । वार्षिक घाटा त्यहीँबाट पूर्ति हुँदा पार्टीको बैंक मौज्दात घटेको हो ।

पण्डित एन्ड एसोसिएट्सका लेखा परीक्षक भक्तबहादुर पण्डितले गरेको लेखा परीक्षणको प्रतिवेदनमा पण्डितसँगै जसपाका अध्यक्ष उपेन्द्र यादव, कार्यालय प्रमुख प्रकाश अधिकारी र लेखा अधिकृत सुरेन्द्रकुमार दीपकको संयुक्त हस्ताक्षर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x