×

NMB BANK
NIC ASIA

राजस्व हिनामिना गरेको भन्दै वीरगञ्जका वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत २, २०७८

NTC
Premier Steels

पर्साको वीरगञ्ज महानगरपालिका-१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाले राजस्व हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

Muktinath Bank

वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आरोपसहित उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारले वडाध्यक्ष कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी, सञ्जयकुमार पटेल र कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध मुद्दा दर्ता गरेको हो । 


Advertisment
Nabil box
Kumari

चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यु दर्तालगायतका सिफारिसमा एकभन्दा बढी चलानी गरेको, चलानी नगरी, लिनुपर्ने राजस्व रकम नलिई, लिनुपर्ने भन्दा घटी/बढी राजस्व रकम लिई तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

Vianet communication

दाखिला गर्नुपर्ने राजस्व रकमसमेत दाखिला नगरेको पाइएको हुँदा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । भण्डारीका अनुसार भरतप्रसाद, रफिक, सञ्जयकुमार र जितेन्द्रकुमारको हकमा कार्यरत रहेको अवधिमा १ लाख २ हजार ५८५ रूपैयाँ हिनामिना गरी राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । 

अख्तियारका अनुसार वडा सचिव अनामिका रौनियारको हकमा २०७६ मंसिर १९ देखि २०७८ असार ३१ सम्म कार्यरत रहेको अवधिमा १ लाख ३१ हजार ९० रुपैयाँ हिनामिना गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

त्यसै गरी वडा सचिव राजकुमार सिंहको हकमा २०७७ चैत ५ गतेदेखि हालसम्म कार्यरत रहेको अवधिमा ३२ हजार २३५ रूपैयाँ हिनामिना गरी राजस्व चुहावट गरेको पुष्टि भएको हुँदा उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x