×

NMB BANK
NIC ASIA

एक गायिका जसले राजा वीरेन्द्रको जुठो रक्सी खाएर गीत गाइन्

कात्तिक २०, २०७४

NTC
Premier Steels

‘छुट्यो मायाजाल’ शीर्षकको गीत गाउँदा शायद उनलाई लागेको थिएन होला, पहिलो एल्बमको गीतको बोल जस्तै हुन जाला जीवन ।

Muktinath Bank

बिमा कुमारी दुरा नेपाली लोकदोहोरी गायनमा आकाश छोएको नाम हो । लमजुङको दुराडाँडामा २०२८ सालमा जन्मेकी दुराले ६ हजार जति गीतमा आफ्नो सुमधुर स्वर दिएकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लाइछु माया अर्कैको नासो’ भन्ने गीतबाट गायन यात्राको औपचारिक शुरुवात गरेकी दुराको वास्तविक जीवनमा पनि यस्तै नै भयो । आफूले माया गरेको मान्छे अर्कैको नासो भएको थाहा पाएपछि दुरा अहिले एकमात्र छोरीसँग बस्दै आएकी छिन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको भीडभाडबाट टाढा काभ्रेस्थलीमा बस्ने दुरालाई पोहोरको भुँइचालोले नराम्रोसँग तर्साएको रहेछ र त गोंगबुमा भएको आफ्नो साढे चार तले घर भाडामा लगाएर यहाँ टहरा बनाएर बसेकी छिन् ।

Vianet communication

२०४७ सालमा रेडियो नेपालले आयोजना गरेको प्रतियोगितात्मक लोकगीत सम्मेलनमा प्रथम भएपछि उनले आफ्नो सक्रिय गायन यात्राभर कसैसँग प्रतिस्पर्धा गर्नुपरेन ।

‘एक नम्बर’की गायिकाका रूपमा स्थापित गायिका बिमा कुमारी दुरा आफ्नो जमानाकी अब्बल गायिकाको रूपमा रहिरहिन् । उनको पहिलो एल्बम ‘छुट्यो मायाजाल’ त्यतिखेरको सबैभन्दा बढी बिकेको एल्बममा पर्छ । संयोग नै मान्नु पर्छ उनको पहिलो गीत र पहिलो एल्बमले उनको जीवनको वास्तविकता पहिले नै बोलिसकेका थिए ।

विवाहमा धोका

आमाबाबुको सहमतिविना नै दुराले बागलुङका भक्त श्रीषसँग लगनगाँठो कसिन् । तर उनको दुर्भाग्य, आफ्नो सर्वस्व सुम्पेर गएको मान्छे अर्कैको नासो भएको पछि मात्र थाह पाइन् । एउटी छोरी जन्मेपछि उनको श्रीमानसँग बस्ने सपना अधुरै रह्यो । अहिले संसार हेरेर आफूले चित्त बुझाउने गरेको बताउने दुरा आफ्ना श्रोताहरुलाई नै आफ्नो जीवनसाथी भन्न रुचाउँछिन् ।

२०४५ सालमा पहिलोपल्ट काठमाडौं देखेकी बिमा कुमारी दुरा तत्कालीन राजा वीरेन्द्रको जन्मदिनमा दोहोरी गाउन यहाँ आएकी थिइन् । तृतीय पुरस्कार जितेकी दुरालाई त्यसैबेला म्युजिक नेपालले एउटा एल्बम गर्ने अवसर प्रदान गर्‍यो ।

एल्बम रेकर्ड गरेर गाउँ नै फर्केकी उनी रेडियो नेपालको लोकप्रिय कार्यक्रम चौतारीमा गीत गाउन फेरि आइन् काठमाडौं । यसरी काठमाडौं आउने जाने गर्दा गर्दै दुरा नेपालकै चर्चित गायिकाका रूपमा स्थापित भइसकेकी थिइन् ।

नपढेकोमा गुनासो छैन

स्कूलमा पाइला समेत नटेकेकी दुरालाई बाबुले खरानीमा अक्षर लेख्न सिकाएका हुन् । कखरा मात्र सिकेकी दुुरा अहिले सामाजिक सञ्जाल चलाउनुका अलावा अंग्रेजी पनि बुझ्छिन् ।

छोरीलाई पढाउने संस्कार नभएको बेलामा आफ्ना अभिभावकले पनि त्यही संस्कारलाई पछ्याएको  उनको ठम्याइ छ । बेलामा पढ्न पाएको भए आफू देशमा मात्र नभई विदेशमा समेत चर्चित हुने उनको बुझाइ छ । तर पनि पढेका मान्छेले काम नपाएको अहिलेको अवस्था देख्दा नपढेकोमा उनको गुनासो छैन ।

मेलापातमा गीत गाउँदा नै उनको मनमा एउटा सपना थियो, देशको लोकप्रिय गायिका बन्ने । भयो पनि त्यस्तै । रेडियो नेपालका गीतहरू नै उनका प्रेरणाका स्रोत हुन् । उनलाई न गीतको गुरु थाप्नुप-यो न त उनलाई कुनै वाद्ययन्त्र बजाउन नै आउँछ ।

गाउन कुनै रियाजसम्म नगर्ने दुरा साँच्चिकै सरस्वतीको प्रसाद नै हुन् भन्दा अत्युक्ति नहोला । दोहोरी गाउँदा अब्बल ठानिएका गायक गायिकाहरूलाई समेत हराएको अनुभव छ उनीसँग । ‘यो दाजुको मिर्मिरे आँखा’ गायक प्रवीण गुरुङसँग गाएको गीतले त उनलाई अझ नयाँ चिनारी थपिदियो।

वीरेन्द्र सरकारको जुठो रक्सी

गायिकाको रूपमा सांस्कृतिक संस्थानमा जागिर पनि खाइन् दुराले । अस्थायी जागिर पाँच वर्षभन्दा टिकेन । दरबारकी गायिकाको रूपमा समेत दुई वर्ष गीत गाएकी दुरा राजा वीरेन्द्रको अगाडि गीत गाउँदा आफूलाई झन् बढी उत्साह थपिने गरेको अनुभव सुनाउँछिन् । ‘वीरेन्द्र सरकार’सँग बोल्न नपाएपनि  गीत गाउने  क्रममा राजा वीरेन्द्रको जुठो खाएको स्वीकारिन् ।‘सरकारको जुठो रक्सी खाएँ, यो भन्न मलाई लाज लाग्दैन’, सगर्व उनले भनिन् । 

अन्य गायक गायिकाहरूको एल्बममा पर्म गरेर गाउने प्रचलन थियो उतिबेला । बमबहादुर कार्कीसँग बिमाले धेरै गीत गाइन् । उनीहरूको ‘जोडी’ले गाएको दासढुङ्गा एल्बमको बिक्रीको रेकर्ड त नेपालमा अहिलेसम्म कसैले बनाउन नसकेको दुराले बताइन् ।

फुल्यो निमपत्ता, चिनो र छुट्यो मायाजाल एल्बम आफ्ना सबैभन्दा सफल मान्छिन् उनी तर आफूले गाएका सबै गीत अजर रहने उनको दाबी छ ।

एकदिनमा ६ वटासम्म गीत रेकर्ड गरेकी दुराले पछिल्लोपटक आफू चर्चामा रहँदा एउटा गीत गाएको १० हजारसम्म लिन्थिन् । तर सबैसँग उनले यो रकम लिइनन् । कहिलेकाहीँ रहर गरेर एल्बम गर्न खोज्नेलाई सित्तैंमा पनि गाउँथिन् ।

विदेशमा हुने कार्यक्रममा पनि बाक्लै उपस्थिति रह्यो उनको । आफ्नै कमाइमा बनाएको काठमाडौंको घर हेरेर आफ्ना विगतका दुःखका दिन सम्झने दुरा अहिले त्यही घरको भाडाबाट छोरी पढाउँछिन् ।

दुराको स्वरलाई मन पराउने भक्त श्रीषसँग २०५३ सालमा बिहेबन्धनमा बाँधिएकी दुरा अहिले यो कुराले चिमोटिरहन्छ । तीन वर्षको प्रेमपछि लुकीछिपी बिहे गरेकी दुरालाई एउटी छोरी चिनो दिएर भक्त छुट्टिएर बसे ।

सरकारी शिक्षक भक्त श्रीषसँग उनको भेट नभएको पनि अहिले १० वर्ष भइसक्यो । आफ्नो असफल वैवाहिक सम्बन्धलाई लिएर उनलाई कहिले पनि खल्लो लागेको छैन ।

‘राजीखुशी’ले श्रीमान्सँग अलग भएर बसेकी दुराको भविष्यको सहारा आफ्नी एकमात्र छोरी भएको बताउँछिन् । सपनाको संसारलाई ‘हुरीले उडायो’ भन्ने जस्तो लागेपनि गायनमै व्यस्त हुने भएकोले पतिसँग बिछोडिँदा पनि खासै नरमाइलो महसुस नभएको दुराको भनाइ छ ।


अचेल घर व्यवहार चलाउनैमा व्यस्त

आफू जन्मेको ठाउँमा केही गरेर आफूलाई ‘अमर’ बनाउने उनको धोको छ । गाउँमा केही चिनो दिने विचार छ उनको । अबको बाँकी जीवन घरव्यवहार चलाउने, छोरीलाई स्थापित गराउनेमा आफू केन्द्रित रहने दुराले बताइन् ।

आफ्ना शुभचिन्तकको मायाको कारणले आफू स्थापित भएको उनको ठम्याइ छ । श्रोताहरूले माया गरेर गीतहरू सुनिदिएका कारण आफूले मनग्गे पैसा कमाएको दुरा बताउँछिन् । आफ्ना समकक्षीहरूसँग कहिल्यै प्रतिस्पर्धाको सोच नराखेको उनको दाबी छ ।

एकल जीवन बिताउन अलि कठिन हुने उनको अनुभव छ । आफूलाई फेरि नयाँ जीवन शुरु गर्नुपर्छ भनेर उकास्ने मान्छे भएपनि आफूलाई यस विषयमा सोच्ने फुर्सदै नभएको दुरा बताउँछिन् । आमा बाबुले यो कुरामा केही भन्ने आँट नगरेपनि आफूलाई चाहिँ प्रस्ताव राख्लान् कि भनेर डराउँछिन् दुरा ।

अहिलेका गीतहरू जति नै चर्चित भनेपनि उतिखेरका गीत जति कहिल्यै पनि हिट नहुने उनको ठहर छ । प्रविधिमा आएको बदलावले गर्दा गीतहरूमा चोरी हुने भएकोले कलाकार अहिले मर्नेगरेको दुराले बताइन् ।

आफ्ना गीतहरू कहिल्यै पनि नमर्ने उनको दाबी छ । लोकदोहोरी रेष्टुरेन्टहरूमा अहिले पनि आफ्ना गीत गाइने हुनाले नयाँ गीतको भन्दा पुरानै गीत अमर रहने विश्वास दुरामा छ ।

कुराकानीको अन्त्यमा दुराले लोकान्तर मार्फत सञ्चारमाध्यमहरूलाई जथाभावी शब्द र दृश्य भएका गीतहरू प्रसारण नगरिदिन अनुरोध गरिन् । अश्लील प्रकारका शब्द र दृश्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा समेत बदनाम भइरहेकोमा उनको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x