×

NMB BANK
NIC ASIA

४० वर्षमा दुबै मृगौला फेल, उपचार गर्न पैसा छैन

कात्तिक २०, २०७४

NTC
Premier Steels

मगु २३ असार – खत्याड गाउँपालिका वडा नं. ५ चागपाँडेका एक स्थानीइ करिव १५ महिना देखी मृगौला रोगको उपचारका लागी अस्पतालको शैयामा ढलीरहेका छन् ।

साबिकको खमाले गाविस ९ चागपाँडेका ४० बर्षिय चन्द्र बहादुर बुढाको दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले उनले काठमाडौँको बनस्थली स्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा उपचार गराइरहेका छन् । उनी विगत १५ महिनादेखि उपचार गराइरहेका छन् ।

२०७३ वैशाख देखी हालसम्म अस्पतालमै राखेर उपचार गराउँदा करीब १२ लाख रुपैया सकिएको र अव उपचार गर्न आफूहरुसँग पैसा नभएको भार्ई राम बहादुर बुढाले बताए ।

राम बहादुर भन्छन् ‘सानो ब्यापार गरेर कमाएको ५ लाख र आफन्तबाट सरसापट लिएको १२ लाख पैसाले दाजुलाई एक बर्ष सम्म जेनतेन बचायौँ अब पैसा सकिएपछि चन्दा संकलन गर्न हिँडेको छु ।’

उनी आफ्नो दाजुको ज्यान बचाइदिन भन्दै सदरमुकाम गमगढीमा बिभिन्न कागजात तथा फोटाहरु बोकेर सबैसँग चन्दा मागी हात थाप्दै हिडिरहेका छन् ।

चन्द्र बहादुरका अर्का भाई दाइको उपचार खर्च जुटाउन जुम्ला तिर आर्थिक संकलन गर्न हिडेका छन् । यतिबेला उनको घर परिवारमा बिचल्ली छ । तर सञ्चो हुने आशा भने जिवितै रहेको उनी बताउँछन् ।
बिरामी चन्द्र बहादुरका २ छोरी ,२ छोरा र श्रीमती रहेका छन् । सानो ४ महिनाको दुधे छोरा काखमा बोकेर श्रीमती शिबकला गाउँमा श्रीमान बचाउनको लागी सहयोग मागदै हिडिरहेकी छिन् ।

डाइलोसिस सेवा केही समय यता निशुल्क हुदै आएपनि डाक्टरले बुढाको मृगौला प्रत्यारोपण गर्नु पर्ने भनेका छन् । त्यसैले उनकी ३० बर्षिया श्रीमती शिबकलाले आफ्नो एउटा मृगौला श्रीमान चन्द्र बहादुरलाइ दिने भएकी छिन् ।
त्यसैको लागि अहिले आफू आर्थिक सहयोगमा हिँडेको उनले बताइन् । उनले आफ्नो श्रीमानलाई सहयोग गर्नको लागि सबैलाई अनुरोध गरेकी छन् ।

मृगौला प्रत्यारोपण गरेपछि पनि उपचारका लागि ५÷७ लाख रुपैयाँ पैसा आवश्यक पर्ने उनले बताइन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x