×

NMB BANK
NIC ASIA

महिलाको सहभागिता सुनिश्चितता गर्न प्रदेश सरकारले आरक्षणको व्यवस्था गर्‍यो : मुख्यमन्त्री राउत

चैत १८, २०७८

NTC
Premier Steels

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।

Muktinath Bank

साथसाथै संस्थाले शुक्रवार जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलामा पारेको प्रभाव विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा रहेकाले त्यस विषयमा सबै पक्ष जिम्मेवार भएर सोच्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा महिलाको सहभागिता बढाउन सकिए महिलामाथि हुने हिंसा र अन्यायमा कमी ल्याउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री राउतले महिलाको सबै निकायमा सहभागिता सुनिश्चितता गर्न प्रदेश सरकारले आरक्षणको व्यवस्था गरेको बताए ।


Advertisment
Nabil box
Kumari

सामाजिक बनोट, पुरातनवादी चिन्तन र पितृसत्तात्मक सोचका कारण अझै महिलाको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पहुँच पुग्न नसकेको जिकिर गर्दै मुख्यमन्त्री राउतले सबैले आफ्नो पुरानो सोच र चिन्तनमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए ।

Vianet communication

मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या हुनु र वन जंगलको क्षेत्रफल कम हुनु चिन्ताको विषय भएको चर्चा गर्दै उनले चुरे क्षेत्रमा हुने बालुवा, गिट्टी, ढुंगाको उत्खननलाई नियन्त्रण गर्ने निकायको भूमिका फितलो भएका कारण तराई मधेश क्षेत्र बढी जोखिममा परेकोे औंल्याए ।

‘एकातिर तीव्ररूपमा वन फँडानी, चुरेको दोहन र गिट्टी, ढुंगाको उत्खनन भइरहेको छ भने अर्काेतिर त्यसलाई नियन्त्रण गर्ने, कानूनी कार्यान्वयन गर्ने निकायको भूमिका फितलो छ,’ मुख्यमन्त्री राउतले भने, ‘जसका कारण तराई मधेशमा पानीको हाहाकार देखिन थालेको, उत्पादन घट्दै गएको र बर्सेनि बाढीको समस्या बढ्दै गएको छ ।’

त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले चाहेको भए पनि नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x